Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भिसा अवधि नाघेका विदेशीले तीन महिनाभित्र यूएई छाड्नुपर्ने

१ जेठ काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा  उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन […]

कोरोना भाइरसको अन्त्य नहनु पनि सक्छ : डब्ल्यूएचओ

१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो । खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने उनको भनाइ छ । अहिलेसम्म कोरोना भाइरसका […]

कमलले जिते विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण

१ जेठ, काठमाडौं । नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । विश्वमा अहिले कोभिड-१९ महामारील गर्दा लकडाउनको अवस्था भएको बेला अनलाइनबाटै भएको उक्त प्रतिस्पर्धामा नेपालका कमलले ३० वर्षमुनिको विधामा स्वर्ण जितेका हुन् । कमलले गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि तेक्वान्दोको पुम्सेमै स्वर्ण […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू सेवा सुरु

१ जेठ, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आईसीयु सेवा सुरु भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार आईसीयू उदघाटन गरे । प्रदेशसभा चुनाब जितेर मुख्यमन्त्री भएपछि पहिलोपटक प्रतिष्ठानमा पुगेका मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकास र हितका लागि सबै सहयोग गर्न तयार रहेको बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई […]

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

१ जेठ, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । एसपी गंगा पन्तले एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिएको जानकारी दिइन् । तीमध्ये एक जनालाई हिँडिरहेको अवस्थामा र […]

लकडाउनका बीच पनि चल्दैछन् खाद्य उद्योगहरु

१ जेठ, काठमाडौं । कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन गरिएको बुधबार ५७ दिन पुगेको छ । कोरोना संक्रमण नियन्त्रण भन्दा पनि थप जटिल बन्दै जाँदा अर्थतन्त्रमा गहिरो प्रभाव देखिन थालेको छ । लकडाउनसँगै उद्योग कलकारखाना पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । सरकारले लकडाउन अवधिमा पनि खाद्यन्न र अतिआवश्यक सामाग्री उत्पादन र बिक्रि गर्ने उद्योग […]

भारतमा कोरोना : २४ घण्टामा १३४ को मृत्यु, ३ हजार ७२२ संक्रमित

१ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७८ हजार ३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा […]

एक नेपाली बराबर ४० हजार रुपैयाँ सार्वजनिक ऋण

१ जेठ, काठमाडौं । नेपालको सार्वजनिक ऋण १२ खर्ब नजिक पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक (चैत मसान्त)सम्म नेपालले लिएको ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो ऋणलाई बुधबारसम्म केन्द्रिय तथ्यांक विभागकाे तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९९ लाख ५३ हजार २ सय ९० जनाले भाग लगाउँदा […]

स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमितको संख्या

१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र […]

प्रदेश २ र बागमती प्रदेशको मुख्य नाका चुरियामाईमा कडाइ

१ जेठ, काठमाडौं । प्रदेश २ र बागमती प्रदेश आउ-जाउ गर्ने प्रमुख नाका मकवानपुरको चुरियामाइ क्षेत्रमा चेक जाँच कडा बनाइएको छ । नाका सुरक्षाकर्मीहरु राखेर अत्यावश्यक सेवाका गाडीहरुलाई मात्र प्रवेश गर्न दिइएको छ । मकवानपुरका एसपी सुशील सिंह राठौरले प्रदेश २ मा कोरोना संक्रमित व्यक्तिहरु धेरै भेटिएकाले निगरानी जाँच कडा पारिएको बताए । ‘मकवानपुर प्रदेश […]

टिचिङ अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना

१ जेठ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे […]

घरमै रहेकी कपिलवस्तुकी बालिकामा कोरोना संक्रमण

१ जेठ, बुटवल । कपिलवस्तुकी कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका-४ ठाकुरापुर की रहेको खुलेको छ । घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भनेर स्थानीय आश्चर्यमा परेका छन् । ‘बालिकाको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र उनी पनि घर बाहिर टाढा कतै नगएको उनका अभिभावकले बताएका छन्,’ वडा अध्यक्ष गणेश क्षेत्रीले भने, […]

नवलपरासीका संक्रमित भारतबाट लुकिछिपी आएका थिए

१ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको धमौलीबाट खेतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेको […]

सेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

१ जेठ, काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको अनलाइनखबरलाई बताए । बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको थियो । लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको […]

रामनारायण बिडारी भन्छन्- म डराएँ, अब बैठक राख्दिनँ

१ जेठ, काठमाडौं । संसदको विषयगत समितिका बैठक दिनहुँजसो बसिरहेका छन् । बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी विभिन्न ६ वटा विषयगत समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालयले संसद बैठकमा सहभागी हुनेहरुका लागि आचारसंहिता बनाएर लागू गरेको छ । साबुन पानीले हात धुनुपर्ने, ज्वरो परीक्षण गरेर मात्रै प्रवेश गर्नुपर्ने, सामाजिक दुरी कायम गरेर राखिएका […]

फ्रन्टलाइनमा नेपाली नर्स : छिमेकीले घर नआऊ भने, छोराहरु भोकै छन् कि भनेर चिन्ता लाग्छ

१ जेठ, विराटनगर । विराटनगरको कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र)मा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीको टोलीको एक सदस्य नर्स पुनम साह पनि हुन् । साह विराटनगर १० की बासिन्दा हुन् । साना दुई छोरालाई घरै छाडेर उनी संक्रमितको सेवामा खटिएकी छन् । ‘घरमा दुई छोरा र म […]

भारतले रेल सेवा सुरु गर्दा प्रदेश १ मा २० हजार भित्रिने अनुमान, नाकामा ‘होल्डिङ एरिया’ बनाइने

१ जेठ, विराटनगर । भारतमा रेल सेवा सुरु भएसँगै प्रदेश १ मा २० हजार भित्रिने अनुमान गरिएको छ । अहिले पनि केही मानिस आइरहेकोमा रेल सेवा सुरु भएसँगै ठूलो संख्यामा नेपालीहरू भित्रिने अनुमान प्रदेश सरकारले गरेको हो । रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामध्ये तत्काल २० हजार फर्कने सम्भावना रहेको प्रदेश १ का आन्तरिक मामिला […]

सीमामा नेपालीलाई अलपत्र छाड्ने भारतीय शैली डब्ल्यूएचओको मापदण्ड विपरीत : शंकर पोखरेल

१ जेठ, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरूलाई सीमामा अलपत्र छाडेको भन्दै रोष प्रकट गरेका छन् । उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताएका छन् । बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्ल्यूएचओको मापदण्ड विपरीत छ […]

स्वास्थ्य मन्त्रालयले भन्यो – संक्रमितको संख्या २४५

१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिवश दोहोरिएको भन्दै आँकडा सच्याएको हो ।  

कोरोनाविरुद्ध लड्न इजरायलमा बन्यो राष्ट्रिय सरकार, नेतान्याहु पाँचौंपटक प्रधानमन्त्री

१ जेठ, काठमाडौं । कोरोना भाइरस संकटका बीच बेन्जामिन नेतान्याहु एकपटक फेरि इजरायलको प्रधानमन्त्री बनेका छन्। भ्रष्टाचारको आरोप लाग्दा र तीन पटकको चुनावमा बहुमत नपाउँदा पनि उनले राजनीतिक गठबन्धनको आधारमा फेरि प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् । नेतान्याहुले पाँचौ पटक प्रधानमन्त्री बन्ने अवसर पाएका छन्। प्रधानमन्त्रीको रुपमा उनको यो लगातार चौथो कार्यकाल हो । नेतान्याहु […]

कोरोना संक्रमित महिला केही घण्टा बसेको कैलालीको एक टोललाई सिल गरियो

१ जेठ, कैलाली । कञ्चनपुरबाट कैलालीको अत्तरिया हुँदै काठमाडौं गएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ । वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौं जाँदा उनी बसेको स्थानलाई बुधबार सिल गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । ‘काठमाडौँ जान हिँडेकी महिला यहाँ बसेकी थिइन् […]



from समाचार – Online Khabar https://ift.tt/3bqxosl
via IFTTT
Powered by Blogger.