समाचार
७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले युरोपेली युनियनको प्रस्तावको स्वागत गरेका छन् जसमा कोरोना महामारीको विषयमा विश्वभरबाट व्यक्त प्रतिक्रियाको समीक्षा गर्ने भनिएको छ । सो प्रस्तावमा कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनको भूमिकाको मात्र होइन युरोपेली युनियनको समेत व्यापक समीक्षाको कुरा छ । विश्व स्वास्थ्य सम्मेलनको समापन समारोहमा […]
६ जेठ, काठमाडौं । मंगलबार ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै धनकुटामा ५ जना रहेका छन् । केही दिनअघि संक्रमण पुष्टि भएकी जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको […]
६ जेठ, काठमाडौं । नेपालीमा एउटा गीत छ– ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ ।’ संसदमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफले यही गीतलाई सम्झायो । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रतिनिधिसभामा उपस्थित प्रधानमन्त्री ओलीले करिब अढाइ घण्टा बोले । तर, सांसदहरुको प्रश्न एकातिर केन्द्रित थियो, प्रधानमन्त्रीको जवाफचाहिँ अर्कैतिर । […]
६ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । तर, आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरू सँगै बसे । यो क्वारेन्टाइन स्थल त्यही हो, जहाँ बसेका २५ वर्षीय युवकलाई समयमै अस्पताल लैजान नसक्दा आइतबार मृत्यु भएको थियो । उनी कोरोनाका कारण मृत्यु […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूको उद्धार भने जस्तो सजिलो नभएको बताएका छन् । यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको उनले बताए । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार […]
६ जेठ, सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका– १, भारदहले वडाका अतिविपन्नलाई प्रतिपरिवार ११ सय ५० रुपैयाँको राहत प्याकेजमा १५ किलो चामल, दुई किलो दाल, एक लिटर खानेतेल र एक किलो नुन वितरण गर्यो । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा लकडाउन गरेको बेला वडा कार्यालयले वितरण गरेको राहत लिन भारदह चोक पुगेका २५ जनाभन्दा बढी […]
६ जेठ, काठमाडौं । धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना […]
६ जेठ, वीरगञ्ज । कोरोना भाइरसको महामारी फैलिँदै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेहरु नै बढी जोखिममा हुन्छन् । नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा ५ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जका दुई जना पत्रकारमा वैशाख ३१ गते पहिलो पटक पुष्टि भएको थियो । त्यसयता […]
६ जेठ, काठमाडौं । विश्व बैंक समूहले कोभिड १९ को प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्व बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर -१९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी) रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ । विश्वमा […]
६ जेठ, काठमाडौं । सूचना आयोगले कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको स्थान सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संक्रमितको स्थायी ठेगानामात्र दिँदा अन्योल भएको भन्दै संक्रमण हुँदाको स्थानसमेत सार्वजनिक गर्न आदेश दिएको हो । ‘…कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण […]
६ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए । उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र […]
६ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए । उनी तिनै डाक्टर हुन् । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न […]
६ जेठ, काठमाडौं । सरकारले नेपालको अतिक्रमित भू-भागलाई समेटेर नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल-भारतबीच दुई सय वर्ष पहिला भएको सुगौली सन्धिलगायतका तथ्य तथा प्रमाणका आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेको हो । तर, नक्सा सार्वजनिक गर्नु नै सबथोक भने होइन । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नक्सा छापेर मात्रै […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । तर, लप्सीफेदी-रातमाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए । जेठ २ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी-रातमाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकको विषयमा भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको नेपाली सेनाले ंप्रतिक्रिया नदिने बताएका छन् । मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतको सेनाले प्रतिक्रिया दियो भन्दैमा नेपालले त्यसको प्रतिवाद नगर्ने बताएका हुन् । ‘नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद […]
६ वैशाख, काठमाडौं । विदेशबाट फर्काएर क्वारेन्टाइनमा राखिने नेपालीका लागि आवश्यक खाद्यान्नको प्रवन्ध खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत गरिने भएको छ । क्वारेन्टाइनमा राख्नु पर्ने हजारौं नेपालीका लागि आवश्यक पर्ने सबै खाले खाद्यान्नको उचित प्रवन्ध गर्न तयारी थालिएको कम्पनी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । ‘कोभिड-१९ रोकथाम उच्चस्तरीय समिति तथा मन्त्रिपरिषद् बैठकमा भएको सहमतिबमोजिम उनीहरूको […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय उठाउँदै आएको एउटा विषय हो– आदरार्थी शब्दको प्रयोग । केही समयअघि प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले ‘तपाईं’ नभनेर ‘तिमी’ भनेको भन्दै आलोचना गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर कतिपयले ब्यङ्ग्य गरे, कतिपयले ‘ठीकै हो’ पनि भने । त्यसकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रियसभाका सदस्यमाझ […]
७ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले कृषि क्षेत्रमा लगानी बढाउनका लागि उद्योगीहरुसँग आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको वेबिनारमा बोल्दै मन्त्री भुसालले यस्तो आग्रह गरेका हुन् । महामारीकै कारण १५ लाख अतिरिक्त श्रमशक्ति थपिने, ३० प्रतिशत पहाडी जमिन बाँझो भएको र सरकारले समेत कृषि क्षेत्रमा लगानी […]
६ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले थप ३०५ आइसोलेसन बेड तयार गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्न सक्ने औंल्याउँदै सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवम् समन्वय समितिको मंगलबार बसेको बैठकले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रबक्ता […]
६ जेठ, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना महामारीका बीचमा पनि जीवन खोज्न सबैलाई अपिल गरेका छन् । मन्त्रिपरिषदले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका काम सुचारु गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी खुलाएको मन्त्री पुनले स्मरण गरे । उनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण […]
६ जेठ, विराटनगर । सुनसरी–मोरङको सीमावर्ती क्षेत्रमा एक हजार भन्दा बढी नेपाली स्वदेश फर्किन पाउने आशामा छन् । त्यस्तै झापासँग सीमा जोडिएको पानीटंकीमा करिब आठ सय नेपाली रोकिएका छन् । तर स्थानीय प्रशासनले उनीहरुको उद्धार गर्न सकेको छैन । नाकामा नेपाल फर्किनेको चाप बढे पनि स्थानीय प्रशासनले आफैं अग्रसर भएर ल्याउन सकेका छैनन् । मोरङका […]
from समाचार – Online Khabar https://ift.tt/3e0UuYj
via IFTTT




















