Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ब्राजिलमा कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै बढी

७ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । यससँगै ब्राजिलमा कोरोना […]

तरकारी बोक्ने गाडीमा काठमाडौं आएका थिए मकवानपुरका संक्रमित

७ जेठ, काठमाडौं । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरको एकजनामा संक्रमण पुष्टि भएको भनिएका व्यक्ति टिष्टुङकै भएको थाहा भएको छ । सवारी चालकको पेशा गर्दै काठमाडौं बाफलमा बस्दै आएका पुरुषलाई कोरोना पुष्टि भएको छ । […]

राष्ट्र बैंकले उठायो करिब डेढ खर्ब आन्तरिक ऋण

७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा उठाउनु पर्ने आन्तरिक ऋण मध्ये करिब डेढ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकले उठाएको छ । राष्ट्र बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । भट्टका अनुसार यसका अतिरिक्त केहिदिन भित्रै थप ४ अर्ब रुपैयाँ आन्तरिक ऋण […]

अमलेखगञ्ज डिपोमा अवरोध गर्न खोजिएको भन्दै निगमले माग्यो सुरक्षा

६ वैशाख, काठमाडौं । पूर्वी र मध्य नेपालको पेट्रोलियम पदार्थ वितरणको लाइफलाईन अमलेखगन्ज डिपो बन्द गराउन दबाव आएको भन्दै नेपाल आयल निगमले सुरक्षा माग गरेको छ ।कोरोना संक्रमणको जोखिमलाई कारण बनाउँदै स्थानीयहरुले डिपो बन्द गराउन दबाव दिएको भन्दै निगमले गम्भीर आपत्ति जनाएको हो । स्थानीय असंगठित समूहले जसरी पनि डिपोको भिडभाड बन्द गराउनुपर्ने भन्दै दबाब […]

भक्तपुरका कोरोना संक्रमित व्यक्ति काठमाडौं महानगरको गाडी चालक

७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति वडा नम्बर ५ का बासिन्दा हुन् । उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख […]

डब्ल्यूएचओले भन्यो– हामी जवाफदेही चाहान्छौं

७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले युरोपेली युनियनको प्रस्तावको स्वागत गरेका छन् जसमा कोरोना महामारीको विषयमा विश्वभरबाट व्यक्त प्रतिक्रियाको समीक्षा गर्ने भनिएको छ । सो प्रस्तावमा कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनको भूमिकाको मात्र होइन युरोपेली युनियनको समेत व्यापक समीक्षाको कुरा छ । विश्व स्वास्थ्य सम्मेलनको समापन समारोहमा […]

थप ३२ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना

६ जेठ, काठमाडौं । मं‌गलबार ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै धनकुटामा ५ जना रहेका छन् । केही दिनअघि संक्रमण पुष्टि भएकी जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको […]

केपी ओली गणितमा कमजोर, तर कागको कुरो बुझ्ने !

६ जेठ, काठमाडौं । नेपालीमा एउटा गीत छ– ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ ।’ संसदमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफले यही गीतलाई सम्झायो । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रतिनिधिसभामा उपस्थित प्रधानमन्त्री ओलीले करिब अढाइ घण्टा बोले । तर, सांसदहरुको प्रश्न एकातिर केन्द्रित थियो, प्रधानमन्त्रीको जवाफचाहिँ अर्कैतिर । […]

कोरोना फैलाउने अखडा बन्दैछ क्वारेन्टाइन स्थल !

६ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । तर, आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरू सँगै बसे । यो क्वारेन्टाइन स्थल त्यही हो, जहाँ बसेका २५ वर्षीय युवकलाई समयमै अस्पताल लैजान नसक्दा आइतबार मृत्यु भएको थियो । उनी कोरोनाका कारण मृत्यु […]

नक्सा त छापियो, अब के गर्ने ?

६ जेठ, काठमाडौं । सरकारले नेपालको अतिक्रमित भू-भागलाई समेटेर नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल-भारतबीच दुई सय वर्ष पहिला भएको सुगौली सन्धिलगायतका तथ्य तथा प्रमाणका आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेको हो । तर, नक्सा सार्वजनिक गर्नु नै सबथोक भने होइन । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नक्सा छापेर मात्रै […]

विदेशबाट ह्वारह्वारी ल्याउने पक्षमा छैनौं : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूको उद्धार भने जस्तो सजिलो नभएको बताएका छन् । यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको उनले बताए । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार […]

राहतमा जनप्रतिनिधि र हुनेखानेको निर्लज्जता

६ जेठ, सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका– १, भारदहले वडाका अतिविपन्नलाई प्रतिपरिवार ११ सय ५० रुपैयाँको राहत प्याकेजमा १५ किलो चामल, दुई किलो दाल, एक लिटर खानेतेल र एक किलो नुन वितरण गर्‍यो । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा लकडाउन गरेको बेला वडा कार्यालयले वितरण गरेको राहत लिन भारदह चोक पुगेका २५ जनाभन्दा बढी […]

धनकुटामा ३ स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण

६ जेठ, काठमाडौं । धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना […]

बाराका संक्रमित पत्रकार भन्छन्– कोरोना जितेरै घर फर्किन्छु

६ जेठ, वीरगञ्ज । कोरोना भाइरसको महामारी फैलिँदै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेहरु नै बढी जोखिममा हुन्छन् । नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा ५ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जका दुई जना पत्रकारमा वैशाख ३१ गते पहिलो पटक पुष्टि भएको थियो । त्यसयता […]

विश्व बैंकले घोषणा गर्‍यो अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज

६ जेठ, काठमाडौं । विश्व बैंक समूहले कोभिड १९ को प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्व बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर -१९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी) रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ । विश्वमा […]

सूचना आयोगको आदेश : कोरोना संक्रमितको ठेगाना स्पष्ट खुलाऊ

६ जेठ, काठमाडौं । सूचना आयोगले कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको स्थान सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संक्रमितको स्थायी ठेगानामात्र दिँदा अन्योल भएको भन्दै संक्रमण हुँदाको स्थानसमेत सार्वजनिक गर्न आदेश दिएको हो । ‘…कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण […]

भारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

६ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए । उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र […]

कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई पनि कोरोना संक्रमण

६ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए । उनी तिनै डाक्टर हुन् । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न […]

चीनले भन्यो : कालापानीको विवाद नेपाल र भारतको हो

६ जेठ, काठमाडौं । चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । र, दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा […]

एमसीसी पास गर्ने कि नगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । तर, लप्सीफेदी-रातमाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए । जेठ २ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी-रातमाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल […]

नरभानेको अभिव्यक्तिमाथि नेपाली सेना बोल्दैन : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकको विषयमा भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको नेपाली सेनाले ंप्रतिक्रिया नदिने बताएका छन् । मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतको सेनाले प्रतिक्रिया दियो भन्दैमा नेपालले त्यसको प्रतिवाद नगर्ने बताएका हुन् । ‘नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद […]



from समाचार – Online Khabar https://ift.tt/2WJCWdr
via IFTTT
Powered by Blogger.