समाचार
७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । बुधबार विहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताएका छन् । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन […]
७ जेठ, झापा । जिल्लाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना संक्रमित भएसँगै ५ वडा मंगलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् । शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, […]
७ जेठ, काठमाडौं । काठमाडौंमा मंगलबार भेटिएका तीन जना कोरोना संक्रमितमध्ये एकजना गोकर्णेश्वर नगरपालिका–४ को रहेको खुलेको छ । डेढ हप्ताअघि भैरहवाबाट तरकारी बोक्ने गाडी चढेर काठमाडौं आएका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । गोकर्णेश्वर नगरपालिकाले हालै बाहिरी जिल्लाबाट आएका मानिसको खोजी गर्दा उनलाई भेटेर परीक्षण गर्न पठाएको थियो […]
७ जेठ, घोराही । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित व्यक्तिहरुको उपचार सुरु हुने भएपछि बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ । प्रतिष्ठानले सूचना जारी गरी बहिरंग सेवा बन्द गरिएकाले अन्य बिरामीहरुलाई तुलसीपुर प्रादेशिक अस्पताल वा अरु कुनै स्वास्थ्य संस्थामा जान भनेको छ । साथै आफ्नो आकस्मिक कक्ष तथा अन्य वार्डमा रहेका बिरामीहरुको व्यवस्थापन […]
७ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ । हुम्लाका पाँच स्थानबाट ६००, कालीकोटका नौ स्थानबाट ६५३ जनाको र मुगुका दुई स्थानबाट पनि हेलिकोप्टरबाट स्वाब जुम्ला ल्याइएको हो । गाडीबाट ल्याइएको थप ५०० जनाको गरी एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको […]
७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित दिनानुदिन बढ्दै छन् । त्यसैले स्वाभाविकरुपमा नै विश्वभरका कोभिड अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ । यस्तोमा धेरै अस्पतालहरूको अवस्था यस्तो भइसकेको छ कि उपचारको लागि बेड, भेन्टिलेटर र औषधिको अभाव पनि देखिएको छ । अन्तिम श्वास लिँदा पनि बिरामीलाई बचाउने प्रयास गर्नु डाक्टरको धर्म हो […]
७ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । यससँगै ब्राजिलमा कोरोना […]
७ जेठ, काठमाडौं । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरको एकजनामा संक्रमण पुष्टि भएको भनिएका व्यक्ति टिष्टुङकै भएको थाहा भएको छ । सवारी चालकको पेशा गर्दै काठमाडौं बाफलमा बस्दै आएका पुरुषलाई कोरोना पुष्टि भएको छ । […]
७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये करिब डेढ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ। राष्ट्र बैङ्कले एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । भट्टका अनुसार यसका अतिरिक्त केही दिनभित्रै थप ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठ्दैछ । चार […]
६ वैशाख, काठमाडौं । पूर्वी र मध्य नेपालको पेट्रोलियम पदार्थ वितरणको लाइफलाईन अमलेखगन्ज डिपो बन्द गराउन दबाव आएको भन्दै नेपाल आयल निगमले सुरक्षा माग गरेको छ ।कोरोना संक्रमणको जोखिमलाई कारण बनाउँदै स्थानीयहरुले डिपो बन्द गराउन दबाव दिएको भन्दै निगमले गम्भीर आपत्ति जनाएको हो । स्थानीय असंगठित समूहले जसरी पनि डिपोको भिडभाड बन्द गराउनुपर्ने भन्दै दबाब […]
७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति वडा नम्बर ५ का बासिन्दा हुन् । उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख […]
७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोना पोजेटिभ देखिएको हो । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार दुवै […]
७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले युरोपेली युनियनको प्रस्तावको स्वागत गरेका छन् जसमा कोरोना महामारीको विषयमा विश्वभरबाट व्यक्त प्रतिक्रियाको समीक्षा गर्ने भनिएको छ । सो प्रस्तावमा कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनको भूमिकाको मात्र होइन युरोपेली युनियनको समेत व्यापक समीक्षाको कुरा छ । विश्व स्वास्थ्य सम्मेलनको समापन समारोहमा […]
६ जेठ, काठमाडौं । मंगलबार ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै धनकुटामा ५ जना रहेका छन् । केही दिनअघि संक्रमण पुष्टि भएकी जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको […]
६ जेठ, काठमाडौं । नेपालीमा एउटा गीत छ– ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ ।’ संसदमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफले यही गीतलाई सम्झायो । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रतिनिधिसभामा उपस्थित प्रधानमन्त्री ओलीले करिब अढाइ घण्टा बोले । तर, सांसदहरुको प्रश्न एकातिर केन्द्रित थियो, प्रधानमन्त्रीको जवाफचाहिँ अर्कैतिर । […]
६ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो । तर, आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरू सँगै बसे । यो क्वारेन्टाइन स्थल त्यही हो, जहाँ बसेका २५ वर्षीय युवकलाई समयमै अस्पताल लैजान नसक्दा आइतबार मृत्यु भएको थियो । उनी कोरोनाका कारण मृत्यु […]
६ जेठ, काठमाडौं । सरकारले नेपालको अतिक्रमित भू-भागलाई समेटेर नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल-भारतबीच दुई सय वर्ष पहिला भएको सुगौली सन्धिलगायतका तथ्य तथा प्रमाणका आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेको हो । तर, नक्सा सार्वजनिक गर्नु नै सबथोक भने होइन । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नक्सा छापेर मात्रै […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूको उद्धार भने जस्तो सजिलो नभएको बताएका छन् । यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको उनले बताए । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार […]
६ जेठ, सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका– १, भारदहले वडाका अतिविपन्नलाई प्रतिपरिवार ११ सय ५० रुपैयाँको राहत प्याकेजमा १५ किलो चामल, दुई किलो दाल, एक लिटर खानेतेल र एक किलो नुन वितरण गर्यो । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा लकडाउन गरेको बेला वडा कार्यालयले वितरण गरेको राहत लिन भारदह चोक पुगेका २५ जनाभन्दा बढी […]
६ जेठ, काठमाडौं । धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना […]
६ जेठ, वीरगञ्ज । कोरोना भाइरसको महामारी फैलिँदै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेहरु नै बढी जोखिममा हुन्छन् । नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा ५ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जका दुई जना पत्रकारमा वैशाख ३१ गते पहिलो पटक पुष्टि भएको थियो । त्यसयता […]
from समाचार – Online Khabar https://ift.tt/2LItBML
via IFTTT





















