समाचार
डिसी । ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ । उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उनलाई उक्त सम्मान दिएको हो । सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन् । गत […]
३० वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८० हजार नाघेको छ । संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न थालेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ […]
३० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट एक असामान्य परिस्थितिमा आउँदैछ । यस अवस्थामा १५ जेठका लागि सरकारले तयारी थालेको बजेटको सिद्धान्त र प्राथमिकताले भने आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट फेरि पनि पुरानै ढर्रा, शैली र प्राथमिकतामा टेकेर आउने स्पष्ट देखिएको छ । यसबेला खास गरी स्वास्थ्यजन्य, मानवीय र आर्थिक, तीन […]
२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् । ‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको […]
२९ वैशाख, काठमाडौं । भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार साँझ काठमाडौंमा राँके जुलुस निकालेको छ । काठमाडौंको थलीमा नेविसंघको एक समूहले राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
२९ वैशाख, कैलाली । गत ५ फागुनमा महोत्सव उद्घाटन गर्न दार्चुला पुगेका उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सीमा ‘निरीक्षण गर्न’ हेलिकप्टर चढेर कालापानीतर्फ गए । १४ जनाको टोलीमा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी पनि थिइन् । भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमण बढाएको चर्चा चलेकै बेला सरकारका उपप्रधानमन्त्रीले सीमा निरीक्षण गरेको समाचारले […]
२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्वसनीयतामा प्रश्न उठे पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीवडी परीक्षण नरोकिने बताएका छन् । सोमबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको वैठकमा उनले आरडीटी विधिको विश्वसनीयता र कमजोरीमा ध्यान दिँदै निरन्तरता दिने बताएका हुन् । ‘आरडीटी टेष्टलाई […]
२९ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि लिपुलेकमा सीमा विवाद फेरि बल्झिएको छ । यो पटक दक्षिणी छिमेकी भारतसँगै उत्तरी छिमेकी चीनमाथि पनि प्रश्न उठेको छ । सन् २०१५ मा भारत र चीनले नेपाललाई थाहै नदिई लिपुलेकलाई द्विदेशीय व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए । त्यसबेला नेपालले दुवै देशलाई कूटनीतिक नोट […]
२९ वैशाख, सुनसरी । इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई जोडेर यो साता एउटा भिडियो सनसनीपूर्ण बनाइयो । भिडियोमा उपमहानगरपालिकाको जयनेपाल टोलस्थित एक दलित महिलाका घरअगाडि उपमेयर लक्ष्मी गौतम उभिएकी छिन् । लक्ष्मीलाई भीडले घेरेको छ । भीडबाट एकजना बोल्छन्, ‘बुढो विदेश गएका बेला मेयरलाई भाले काटेर खुवाउने यो कस्तोखालकी …. हो ?’ अर्की महिला बोल्छिन्, […]
२९ वैशाख, काठमाडौं । सरकारले बन्द उद्योग खुलाउने निर्णय गरेको तेस्रो दिन बित्दा पनि सरकारकै व्यवस्थापनमा सञ्चालित औद्योगिक क्षेत्रभित्रका उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन् । गत शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय कार्यान्वयनमा आएपनि देशभरिका १० वटा औद्योगिक क्षेत्रमा थप उद्योग सञ्चालनमा नआएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । बालाजु, पोखरा, हेटौंडा, नेपालगञ्जसहितका […]
२९ वैशाख, काठमाडौं । जुम्लाका सांसद गजेन्द्र महतले लकडाउनका कारण धेरै मानिसको अवस्था दयनीय भएको भन्दै मानव समाजलाई कोरोना भाइरसबाट लुकाएर राख्न नसकिने बताएका छन् । ‘लकडाउनले ठूलो राहत दिएको महसुस तपाईहरुले गरिरहनुभएको छ हामीले थला परेको महसुस गरेका छौ । कोरोनाबाट लुकाएर मानवसमाजलाई राख्न सकिन्छ कि सकिदैन ? बहसको विषय बनाउनुहोस्’ सांसद महतले प्रश्न […]
२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता राधेश्याम अधिकारीले कोरोना भाइरस (कोभिड–१९) लागेको भएपनि स्वदेश फर्किन चाहने नेपालीहरुलाई रोक्न नहुने बताएका छन् । सरकारले जहाँ छ, त्यहीँ रहन आग्रह गर्दै आएको बेला अधिकारीले भने त्यसो गरे विदेशमा रहेका नेपालीहरुमा राष्ट्रियताप्रतिको धारणा बदलिन सक्ने बताए । ‘चाहेपनि नचाहेपनि खुला सीमा […]
३० वैशाख, पोखरा । गण्डकी प्रदेशले कोरोना महामारीपछि विदेशबाट रोजगारी गुमाएर आफ्नो प्रदेशमा ५० हजार युवा फर्किने अनुमान गरेको छ । उनीहरुलाई कृषि क्षेत्रमा अभिप्रेरित गर्ने गरी बजेट ल्याउने प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताएका छन् । ‘कोरोनाले विदेशमा कार्यरत लाखौंको रोजगार गुम्ने निश्चितजस्तो भइसक्यो । विदेशमा रोजगारी गुमाएर पनि बेरोजगार हुने […]
२९ वैशाख, बर्दिया । बर्दियामा किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण प्रभावित भएको हो । र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । स्वास्थ्यकर्मीले लगाउने […]
२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले ओम्नी ग्रुपको बचाउ गरेका छन् र, चीनबाट स्वास्थ्य सामग्री नल्याएको भए नेपालको अवस्था भयावह हुने जिकिर गरेका छन् । स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे सोमबार राज्य व्यवस्था समितिमा भएको छलफलमा सचिव कोइरालाले ओम्नी ग्रुपले ल्याएको स्वास्थ्य सामग्रीकै कारण कोरोना रोकथामका काम हुन सकेको […]
२९ वैशाख, काठमाडौं । सर्लाही र सुनसरीमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-१ नन्देश्वरी बस्ने ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँस्थित सामुदायिक वनमा घाँस काटन रुखमा चढेको अवस्थामा हाइटेक पावरको तारमा छुन गई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर […]
२९ वैशाख, काठमाडौं । स्याङजामा भिरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलिबजार नगरपालिका-१२ पेल्काचौर बस्ने २२ वर्षीया सुष्मा मल्ल रहेकी छन् । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर टाढा रहेको बग्रे भिरमा सोमबार बिहान घाँस काट्ने क्रममा लडेर उनी गम्भीर घाइते भएकी थिइन् । जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा उनको मृत्यु […]
२९ वैशाख, सप्तरी । सप्तरीमा कोरोना संक्रमित युवकको गाउँलाई सिल गरिएको छ । सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए । लकडाउनको समयमा गत वैशाख ९ गते घर आएका युवकमा सोमबार कोरोना संक्रमण देखापरेको […]
२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले सरकारको बजेट सिद्धान्त र प्राथमिकता कोरोना महामारी र यसका असरमा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले बजेट परम्परागत हिसाबले नै ल्याउन खोजिएको भन्दै असन्तुष्टि जनाए । ‘कोरोनाको प्रभावमा केन्द्रित भएर समाधान गर्नुभन्दा पनि सबै […]
२९ वैशाख, काठमाडौं । सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्येष्टिको अनुमति मागेको छ । विदेशमा मृत्यु भएकाहरूको शव ल्याउन चासो नदिएको सरकारले उतै अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । अहिले विदेशमा करिब १११ वटा शव अलपत्र छ । कोभिड-१९ लागेर मृत्यु भएकाहरूको अन्त्येष्टि […]
२९ वैशाख, काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर भएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि स्वतः नेपालले पाउन ढिला नगरी भारतसँग वार्ता गर्नुपर्ने र नेपालले आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने हो भने यो मुद्दा अन्तर्राष्ट्रियकरण गरी भूमि फिर्ता ल्याउन परमादेश माग गर्दै रिट दायर […]
from समाचार – Online Khabar https://ift.tt/3bq4MiU
via IFTTT






















