समाचार
३१ वैशाख, वीरगञ्ज । वीरगञ्जको सिद्धार्थ माध्यमिक विद्यालयमा दुई सय बेडको सेमी अइसोलेसन वार्ड निर्माण गरिने भएको छ । प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि सो विद्यालयमा दुई सय बेडको सेमी आइसोलेसन वार्ड निर्माण गरिने भएको हो । बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सिद्धार्थ माध्यमिक विद्यालयमा सेमी आइसोलेसन वार्ड निर्माण गर्ने […]
३१ वैशाख, बुटवल । भारतका विभिन्न सहरबाट स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीको उद्धार गरी रुपन्देही ल्याइएको छ । भारतको मुम्बई, दिल्ली, हरिद्वार, राजस्थान, कानपुरलगायत ठाउँबाट आएका उनीहरू नौतनवाको क्वारेन्टाइनमा २१ दिनको बसाइँ पूरा गरी नेपाल फर्किएका हुन् । उनीहरुलाई बुधबार साँझ बेलहिया नाकाबाट बसमार्फत रुपन्देही ल्याइएको हो । […]
३१ वैशाख, काठमाडौं । सरकारले प्रशोधनविना सिधै नदीमा ढल मिसाउनेलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्थासहितको कानुनको तयारी गरेको छ । सरकारले यो व्यवस्थासहितको खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक, २०७६ माथि संसदीय समितिले लगभग सहमति जुटाएको छ । विधेयकमा मानव मलमूत्र खोलामा मिसाए, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनाधिकार पानी प्रयोग गरे, अनुमति प्राप्त संस्थाले […]
३१ वैशाख, पोखरा । कोरोनाको संक्रमण बढेसँगै सन्त्रास पनि बढिरहेका बेला पोखराका निजी क्षेत्र धान्नै नसक्ने गरी आर्थिक संकट बेहोर्नुपर्ने स्थिति आइपरेकाले भन्दै अत्तालिएका छन् । अर्बौंको लगानी जोखिममा परेको, मजदुरको रोजीरोटी गुम्ने अवस्था आइपरेको र किस्ता तिर्न नसकेर बैंकमा तालाचाबी बुझाउने स्थिति आइपर्न लागेको भन्दै सरकारसँग राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् । […]
३१ वैशाख, जनकपुरधाम । बारा प्रहरीले १३ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका १२ रामाथलीबाट पश्चिम पिलुवातर्फ जाँदै गरेको बा ३३ प ७८७७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ रामथलीकै २६ […]
३१ वैशाख, काठमाडौं । बन्द भएको ५० औं दिनमा मंगलबार खुलेको सेयर बजार २५ अंकले ओरालो लाग्यो । लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भयो । अझ बुधबार त बजार खुलेको ४० मिनेटमा नै सर्किट ब्रेक लागेर बन्द भयो […]
३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतसँगको सीमा विवाद समाधानका लागि कुटनैतिक र राजनैतिक रूपमा उच्चस्तरमा पहल गर्न आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उनले सीमा समस्या समाधानका लागि वक्तव्यवाजीमात्र नगरी उच्च स्तरमा सार्थक एवं परिणाममुखी पहल गर्न आग्रह गरेका छन् । देउवाले नेपालका लागि अहिलेसम्ममै सबै […]
३१ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुई जना मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार अस्पतालकै वरपरको क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो । डीएसपी शाहीले अनलाइनखबरसँग भने, ‘प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएर अस्पताल लैजाँदै छ । उनी अस्पतालबाट किन भागेका हुन् भन्नेबारे […]
३१ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ । आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा […]
३१ वैशाख, चितवन । चितवनकी ६३ वर्षीया वृद्धा कोरोनामुक्त भएर घर फर्किएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी वृद्धा र उनको छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । […]
३१ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर्याउन ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन […]
३१ वैशाख, पोखरा । क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका भारतको कर्नाटकदेखि पोखरा आएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । १२ दिन लगाएर मंगलबार पोखरा आइपुगेका उनलाई क्वारेन्टाइनमा राख्न प्रहरी लिन आउँदा घरको छतबाट हामफालेर भाग्न खोजेका थिए । २१ वर्षका ती युवकमाकोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु […]
३१ वैशाख, काठमाडौं । नेपाल आयल निगमले करिब १० लाख लिटर हवाई इन्धनलाई मटितेलका रुपमा बेच्न भएको छ । लकडाउनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रि ठप्प भएपछि हवाई इन्धनलाई मटितेलमा ‘डाउन ग्रेड’ गर्न छलफल थालिएको निगमले जनाएको छ । ‘हवाई इन्धन खपत बढ्यो भने भरसक ट्यांकरको इन्धन भण्डारणमै खन्याउने भन्ने हो, तर भण्डारण […]
३१ वैशाख, काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ ले कोरोना परीक्षणविना कसैलाई पनि घरमा नराख्न सम्बन्धित आफ्नो वडाभित्रका सबै घरबेटीहरूलाई निर्देशन दिएको छ। लकडाउनअघि घर गएका र बीचमा विभिन्न तरिकाले उपत्यका छिरेका सबैलाई स्वास्थ्य परीक्षणविना घरमा नराख्न घरधनीहरूलाई वडापालिकाले निर्देशन दिएको हो । ‘विभिन्न तरिकाले उपत्यका छिरेका जो कोहीलाई पनि स्वास्थ्य परीक्षणविना घरमा […]
३१ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले औषधि पसल पनि विहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । बुधबार बसेको नगरस्तरीय बैठकले औषधि पसल, खाद्यान्न पसललगायत अत्यावश्यक वस्तुका पसल पनि विहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो । मेयर मदन सुन्दर श्रेष्ठले विज्ञप्ति निकालेर अत्यावश्यकबाहेक अरु पसल भने अनिवार्य बन्द […]
३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको करिब ३ अर्ब रुपैयाँ स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणमा खर्च गर्न आग्रह गरेको छ । विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारले […]
३१ वैशाख, काठमाडौं । बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना […]
३१ वैशाख, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेका नेपालीहरूलाई फर्काउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको बताएका छन् । सीमापारि रहेका नेपालीलाई फर्काउनेबारे थप छलफल आवश्यक रहेको खतिवडाले बताए । यसमा भावना मात्र नहेरी कठिनाइ एवं स्वास्थ्यको जोखिमलाई समेत विचार गर्नुपर्ने मन्त्री खतिवडाको तर्क छ । बुधबार संसदमा विनियोजन […]
३१ वैशाख, काठमाडौं । नागार्जुन नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिए । उनले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराइएको […]
३१ वैशाख, काठमाडौं । एक महिलामा कोरोना संक्रमण भेटिएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ९ कार्यालयले तरकारी बेच्न पनि प्रतिबन्ध लगाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका ९ […]
३१ वैशाख, काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सीमा विवाद समाधानका लागि विगत ४ महिनामा भएका कामको विवरण सात दिनभित्र दिन निर्देशन दिएको छ । भारतले गत मंसिरमा नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो भूभागमा समेटेको भन्दै नेपालमा विरोध चर्किएको थियो । […]
from समाचार – Online Khabar https://ift.tt/3buZ93d
via IFTTT





















