समाचार
५ जेठ, विराटनगर । कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए । आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । […]
५ जेठ, विराटनगर । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । यद्यपि यो विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै अर्का […]
५ जेठ, काठमाडौं । एक जना सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएपछि सिन्धुपाल्चोक त्रासमा छ । बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएपछि उनको घर, माइती र आसपासका क्षेत्र सिल गरेर सम्भावित जोखिम क्षेत्रका व्यक्तिहरूबाट स्वाबको नमूना संकलन गरिएको छ । २०७२ सालको भूकम्पमा सबैभन्दा धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी अहिले कोरोना संक्रमणबाट पहिलो मृत्यु […]
५ जेठ, काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का कारण ऋणीहरूलाई ठूलो असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका ऋणीहरूलाई ब्याजमा सहुलियत, किस्ता तिर्ने अवधिमा थप, पुनर्कर्जा आदि विभिन्न सहुलियत प्रदान गर्न निर्देशनसमेत जारी गरिसकेको छ । राष्ट्र बैङ्कले ल्याएको सहुलियत छँदैछ । यसका अतिरिक्त एनआईसी एसिया बैङ्कले आफ्ना ग्राहकहरूका […]
५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । […]
बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समितिका पदाधिकारीमाथि छानविन हुने भएको छ । ‘माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा‘ शीर्षकमा अनलाइनखबरले सनसनीपूर्ण खुलासा गरेपछि एनआरएनए केन्द्रले छानबिन समिति गठन गरेको हो । छानविन समितिमा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, उपसंयोजकहरु मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आइसीसी सदस्य […]
५ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन् । यसैगरी […]
५ जेठ, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै […]
५ जेठ, काठमाडौं । कोरोना संक्रमणको आधारमा ब्राजिलले स्पेन र इटालीलाई पनि पछि पारेको छ । अब सबैभन्दा धेरै संक्रमित व्यक्तिको आधारमा ब्राजिल विश्वका देशहरुको सूचीमा चौथो नम्बरमा छ । शनिबार ब्राजिलका अधिकारीहरुले बितेको २४ घण्टामा १४ हजार ९ सय १९ जना संक्रमित फेला परेको बताएका थिए । यससँगै ब्राजिलमा कूल संक्रमित व्यक्तिहरुको संख्या २ […]
४ जेठ, कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो । क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा […]
४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन पूर्णतः असफल भएको बताएको छ । कांग्रेसले जेठ २ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले अहिलेको समयको सही विश्लेषण गर्न नसकेको बताएको हो । आइतबारदेखि प्रतिनिधिसभा बैठकमा सुरु भएको […]
४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ? ‘म साउदीबाट सर ।’ सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ? ‘हजुर, हजुर ।’ त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ? ‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’ तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, […]
४ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय […]
४ जेठ, काठमाडौं । घटना १ : बिहीबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार साँझ घोषणा गर्यो । उनी ९ दिनकी सुत्केरी थिइन् । कोभिड–१९ का कारण नेपालमा भएको यो पहिलो मृत्यु समेत हो । तीन महिनाअघिसम्म बालाजुमा तरकारी पसल चलाउने उनी […]
४ जेठ काठमाडौं । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले शुक्रबार काठमाडौं आउने क्रममा नागढुंगामा दुर्व्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘टोले गुण्डा’हरुले उनको गाडी रोकेर बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरिरहेको उक्त भिडियोमा देखिन्छ । सो घटनामा प्रहरीले चन्द्रागिरीका एक युवकलाई पक्राउ गरेको छ । तर, अनलाइनखबरसँगको कुराकानीमा डा. कार्कीले प्रहरीकै […]
४ जेठ, विराटनगर । विश्वभर फैलिएको कोरोनाको त्रास व्यापक छ । संक्रमणको त्रासका कारण धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिन मानेका छैनन् । तर, झापाको भद्रपुर नगरपालिका– ५ की प्रमिला ढकाल (परी) ले उपचारमा खटिन आनाकानी गरिनन् । पेसाले नर्स उनी २९ महिनाको दुधे छोरा छाडेर कोरोना संक्रमितको उपचारमा खटिन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत […]
४ जेठ, काठमाडौं । सरकारले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, आवागमनका क्रममा दुर्व्यवहार गर्नेजस्ता गतिविधि नगर्न आग्रह गरेको छ । कोरोना संक्रमणविरुद्ध सतर्कता अपनाएको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेकालाई निकाल्ने गरेको भन्दै गृह मन्त्रालयले त्यसो गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । ‘विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी […]
४ चैत, काठमाडौं । दुई महिनादेखि जारी लकडाउनका कारण काठमाडौं उपत्यका ठप्प जस्तै छ । मानिसहरुको आवत जावत लगभग रोकिएको छ । गृह प्रशासनले पनि मानिसहरुलाई घरभित्रै बस्न र अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको छ । तर काठमाडौंको प्युखा न्यूरोड लगायतका भित्री गल्लीमा मानिसहरुमा कोरोना भाइरस (कोभिड–१९) को त्रास कम भएको छैन । त्यसैले […]
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश […]
४ जेठ, काठमाडौं । बिनासकारी भूकम्प आउँदा सबैभन्दा धेरै क्षति व्यहोरेको सिन्धुपाल्चोक जिल्लाले कोरोना महामारीका बेलामा पनि पहिलो मानवीय क्षति व्यहोरेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ वर्षीया महिलाको शनिबार धुलिखेल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणकै कारण ज्यान गुमाउने उनी नेपालको पहिलो व्यक्ति हुन् । काठमाडौंको टोखा […]
४ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारबाट संघीय संसदका दुबै सभामा छलफल सुरु भएको छ । सरकारको एक वर्षे कार्यक्रममा संविधान संशोधनदेखि संघीयता खारेजीको व्यवस्था गर्नुपर्ने मागसहितको संशोधन दर्ता भएका छन् । नीति कार्यक्रममाथि बिभिन्न राजनीतिक दलका तर्फबाट सात वटा संशोधन प्रस्ताव पनि दर्ता भएको छ । एकल र संयुक्त […]
from समाचार – Online Khabar https://ift.tt/2AveXpF
via IFTTT






















