समाचार
५ जेठ, भक्तपुर । नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पीसीआर मेसिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको […]
५ जेठ, काठमाडौं । चैतको दोस्रो सातादेखि जारी लकडाउनका कारण देशका अधिकांश उद्योग-प्रतिष्ठान बन्द छन् । ती उद्योगमा दैनिक ज्यालादारीमा काम गर्नेहरु त बेखर्ची छन् भने नियमित कर्मचारीको पनि मासिक तलब पाइरहेको छैनन् । धेरै उद्योगी व्यवसायीहरुले चैत्र महिनाकै तलव दिन आनाकानी गरिरहेका छन् । वैशाख महिनाको तलब पनि अधिकांश कामदारले पाएका छैनन् । प्रायः […]
५ जेठ, सर्लाही । लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेका सप्तरीका स्थानीयको घर हात्तीले भत्काइदिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन वटा हात्तीको समूहले गएराति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६, मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ । हात्तीले घर भत्काइ अन्नसमेत खाइदिएपछि गरिब एवं वृद्ध विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताए । रूपनी गाउँपालिका–६ […]
५ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]
५ जेठ, वीरगञ्ज । बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्र र सिञ्चाई डिभिजन कार्यालयको भवनलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । उपमहानगरपालिका–३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र वडा नम्बर–५ स्थित सिञ्चाई डिभिजनको भवनलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले दुवै स्थानमा ५०/५० शय्याको कोरोना अस्पताल […]
५ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) का १७ लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १७ लाख ३३ हजार नौ सय ६३ संक्रमित निको भएर घर फर्किएका हुन् । अहिलेसम्म विश्वभर संक्रमितको संख्या ४७ लाख १३ हजार ७६९ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी […]
५ जेठ, विराटनगर । कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए । आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला […]
५ जेठ, विराटनगर । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । यद्यपि यो विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै अर्का […]
५ जेठ, काठमाडौं । एक जना सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएपछि सिन्धुपाल्चोक त्रासमा छ । बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएपछि उनको घर, माइती र आसपासका क्षेत्र सिल गरेर सम्भावित जोखिम क्षेत्रका व्यक्तिहरूबाट स्वाबको नमूना संकलन गरिएको छ । २०७२ सालको भूकम्पमा सबैभन्दा धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी अहिले कोरोना संक्रमणबाट पहिलो मृत्यु […]
५ जेठ, काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का कारण ऋणीहरूलाई ठूलो असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका ऋणीहरूलाई ब्याजमा सहुलियत, किस्ता तिर्ने अवधिमा थप, पुनर्कर्जा आदि विभिन्न सहुलियत प्रदान गर्न निर्देशनसमेत जारी गरिसकेको छ । राष्ट्र बैङ्कले ल्याएको सहुलियत छँदैछ । यसका अतिरिक्त एनआईसी एसिया बैङ्कले आफ्ना ग्राहकहरूका […]
५ जेठ, काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको […]
५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । […]
बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समितिका पदाधिकारीमाथि छानविन हुने भएको छ । ‘माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा‘ शीर्षकमा अनलाइनखबरले सनसनीपूर्ण खुलासा गरेपछि एनआरएनए केन्द्रले छानबिन समिति गठन गरेको हो । छानविन समितिमा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, उपसंयोजकहरु मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आइसीसी सदस्य […]
५ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन् । यसैगरी […]
५ जेठ, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै […]
५ जेठ, काठमाडौं । कोरोना संक्रमणको आधारमा ब्राजिलले स्पेन र इटालीलाई पनि पछि पारेको छ । अब सबैभन्दा धेरै संक्रमित व्यक्तिको आधारमा ब्राजिल विश्वका देशहरुको सूचीमा चौथो नम्बरमा छ । शनिबार ब्राजिलका अधिकारीहरुले बितेको २४ घण्टामा १४ हजार ९ सय १९ जना संक्रमित फेला परेको बताएका थिए । यससँगै ब्राजिलमा कूल संक्रमित व्यक्तिहरुको संख्या २ […]
४ जेठ, कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो । क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा […]
४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन पूर्णतः असफल भएको बताएको छ । कांग्रेसले जेठ २ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले अहिलेको समयको सही विश्लेषण गर्न नसकेको बताएको हो । आइतबारदेखि प्रतिनिधिसभा बैठकमा सुरु भएको […]
४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ? ‘म साउदीबाट सर ।’ सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ? ‘हजुर, हजुर ।’ त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ? ‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’ तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, […]
४ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय […]
४ जेठ, काठमाडौं । घटना १ : बिहीबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार साँझ घोषणा गर्यो । उनी ९ दिनकी सुत्केरी थिइन् । कोभिड–१९ का कारण नेपालमा भएको यो पहिलो मृत्यु समेत हो । तीन महिनाअघिसम्म बालाजुमा तरकारी पसल चलाउने उनी […]
from समाचार – Online Khabar https://ift.tt/3dWu6yY
via IFTTT






















