Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पर्सामा चरेस र गाँजा बरामद

५ जेठ, वीरगञ्ज । पर्साबाट प्रहरीले चरेसको धुलो र गाँजा बरामद गरेको छ । पटेर्वासुगौली वडा नम्बर ५ स्थित एक गोठबाट १८ केजी चरेसको धुलो र ५ किलो गाँजा बरामद गरेको हो । विशेष सुराकीको आधारमा ऐलानी जमिनमा बनाइको दुईतीन वटा गोठमा छापामारी गर्दा एउटा गोठबाट उक्त परिमाणको चरेसको धुलो र गाँजा बरामद भएको इलाका […]

बारामा कोरोना उपचार : गंगापुरमा अस्पताल, क्वारेन्टाइन पनि दोब्बर पारिने

५ जेठ, काठमाडौं । सोमबार करैयामाईका एक जना पुरुष संक्रमित थपिएपछि बारामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ पुगेको छ । सोमबार पुष्टि भएका ३८ वर्षीय पुरुष पत्रकार हुन् । बारा जिल्लाको पहिलो संक्रमित जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान हुन् । बारामा अब कोरोना संक्रमित व्यक्तिहरुको परीक्षणको दायरा बढेपछि जिल्ला विपत व्यवस्थापन समितिले क्वारेन्टाइनको […]

एमसीसी पास गर्नुपर्छ भन्ने देउवालाई भीम रावलले सम्झाए महाकाली सन्धि

५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट छिटो पास गर्नुपर्छ भन्ने प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले सभापति देउवालाई महाकाली सन्धि सम्झाएका […]

सागमा पदक जिताउने ६८ प्रशिक्षकले पाए सरकारी पुरस्कार

५ जेठ काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलको प्रशिक्षकले नगद पुरस्कार पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा रकम जम्मा गरिदिएको जनाएको छ । प्रशिक्षकहरुले पुरस्कारवापत १ करोड ८६ […]

भारतबाट फर्किने क्रमसँगै रौतहटमा संक्रमित बढे

५ जेठ, रौतहट । पछिल्लो दुई दिनमा मात्र रौतहटमा कोरोना भाइरस (कोभिड–१९) का १८ नयाँ संक्रमित भेटिएका छन् । सोमबार सरकारले घोषणा गरेका ९ मध्ये ८ जना संक्रमित रौतहटका हुन् । उनीहरुमा ईशनाथ नगरपालिकाका ७ र माधवनारायण नगरपालिकाको एक जना छन् । आइतबार रौतहटको ईशनाथ र राजपुर नगरपालिकामा १० संक्रमित भेटिएका थिए । रौतहटबासी रोजगारीका […]

बूढानीलकण्ठको तेञ्जिङ चोक सिल, तारकेश्वरमा प्रवेश निषेध

५ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको तेञ्जिङ चोक सिल गरिएको छ । काठमाडौंकै अर्को स्थानीय तह तारकेश्वर नगरपालिकाले भने प्रवेश निषेध गर्ने निर्णय लिएको छ । बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र बन्द गरिएको हो । तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना […]

‘चिउराकै भरमा नौ दिन हिँडियो, बबईमा प्रहरीले थन्क्यायो’

५ जेठ, सुर्खेत । “रसुवा जिल्लाबाट हिँडेको सोमबार नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको […]

भक्तपुरका २९ पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ

५ जेठ, भक्तपुर । नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पीसीआर मेसिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको […]

श्रमिकलाई वैशाख र जेठको शतप्रतिशत तलब दिन नसक्ने निजी क्षेत्रको अडान

५ जेठ, काठमाडौं । चैतको दोस्रो सातादेखि जारी लकडाउनका कारण देशका अधिकांश उद्योग-प्रतिष्ठान बन्द छन् । ती उद्योगमा दैनिक ज्यालादारीमा काम गर्नेहरू त बेखर्ची छन् भने  नियमित कर्मचारीले पनि मासिक तलब पाइरहेका छैनन् । धेरै उद्योगी व्यवसायीहरूले चैत्र महिनाकै तलब दिन आनाकानी गरिरहेका छन् । वैशाख महिनाको तलब पनि अधिकांश कामदारले पाएका छैनन् । प्रायः […]

सप्तरीको उत्तरी भेगमा हात्ती आतंक

५ जेठ, सप्तरी। लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेका सप्तरीका स्थानीयको घर हात्तीले भत्काइदिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन वटा हात्तीको समूहले गएराति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६, मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ । हात्तीले घर भत्काइ अन्नसमेत खाइदिएपछि गरिब एवं वृद्ध विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताए । रूपनी गाउँपालिका–६ मा […]

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

५ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]

बारामा शैक्षिक तालिम केन्द्रलाई कोरोना अस्पताल बनाइने

५ जेठ, वीरगञ्ज । बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्र र सिञ्चाई डिभिजन कार्यालयको भवनलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । उपमहानगरपालिका–३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र वडा नम्बर–५ स्थित सिञ्चाई डिभिजनको भवनलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले दुवै स्थानमा ५०/५० शय्याको कोरोना अस्पताल […]

कोरोनाका १७ लाखभन्दा धेरै संक्रमित निको भए

५ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) का १७ लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १७ लाख ३३ हजार नौ सय ६३ संक्रमित निको भएर घर फर्किएका हुन् । अहिलेसम्म विश्वभर संक्रमितको संख्या ४७ लाख १३ हजार ७६९ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी […]

विराटनगरमा संक्रमित भेटिएको दुई टोल सिल

५ जेठ, विराटनगर । कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए । आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला […]

औषधि व्यवसायी दुलालको हत्यामा श्रीमतीको संलग्नता !

५ जेठ, विराटनगर । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । यद्यपि यो विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै अर्का […]

त्रासमा छ सिन्धुपाल्चोक, प्रतिक्षा रिपोर्टको

५ जेठ, काठमाडौं । एक जना सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएपछि सिन्धुपाल्चोक त्रासमा छ । बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएपछि उनको घर, माइती र आसपासका क्षेत्र सिल गरेर सम्भावित जोखिम क्षेत्रका व्यक्तिहरूबाट स्वाबको नमूना संकलन गरिएको छ । २०७२ सालको भूकम्पमा सबैभन्दा धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी अहिले कोरोना संक्रमणबाट पहिलो मृत्यु […]

‘हामी बाँचाैं र बचाऔं भन्ने अभियानमा केन्द्रित भएका छौं’

५ जेठ, काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का कारण ऋणीहरूलाई ठूलो असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका ऋणीहरूलाई ब्याजमा सहुलियत, किस्ता तिर्ने अवधिमा थप, पुनर्कर्जा आदि विभिन्न सहुलियत प्रदान गर्न निर्देशनसमेत जारी गरिसकेको छ । राष्ट्र बैङ्कले ल्याएको सहुलियत छँदैछ । यसका अतिरिक्त एनआईसी एसिया बैङ्कले आफ्ना ग्राहकहरूका […]

बजेट जाम भयो, खर्च गर्ने मोडलमा नगए थला पर्छौं

चीनको बुहान सहरमा कोरोना भाइरस कोभिड १९ को उदय हुँदा सुरुमा कसैले अनुमानसमेत गरेको थिएन कि यसले विश्वब्यापी महामारीको रुप लिन्छ । विश्वकै शक्तिराष्ट्र चीनलाई कोरोना संक्रमणले हायल कायल बनाउँदा अरु शक्ति राष्ट्र आरोप-प्रत्यारोपमा थिए । कोरोना भाइरसका अनेक अनुमान चलिरहँदा यो चीनबाट अन्य राष्ट्रमा पनि फैलिँदै गयो र मैं हुँ भन्ने शक्ति राष्ट्रलाई पनि […]

स्रोत छैन, खर्च कटौती गरौं, मितव्ययी बनौं

ठूला–ठूला पूर्वाधार निर्माण आ–आफ्नै तह र क्षेत्राधिकारको रुपान्तरणकारी आयोजनासहित दोहोरो अंकको आर्थिक बृद्धि दर पुर्‍याउने महत्वाकांक्षी जस्तै लाग्ने वजेट विगत २ आर्थिक बर्ष तीनै तहको सरकारले प्रस्तुत गरेका थिए । अहिले संविधानको मर्म र भावना अनुसार संघीयताको कार्यवन्यन र दोहोरो अंकको आर्थिक बृद्धि दरसहित समृद्धिको तिब्र गतिलाई कोभिड १९ को महामारीले गम्भीर धक्का लागेको छ […]

रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए

५ जेठ, काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको […]

अमेरिकन आइडलको उपविजेता बने दिवेश

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । […]



from समाचार – Online Khabar https://ift.tt/2XaMcWW
via IFTTT
Powered by Blogger.