Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोनाका कारण ३ लाख ७ हजारको मृत्यु, अमेरिकामा ८७ हजार

३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित भएका छन् भने ८७ हजार […]

आजबाट जिल्लाभित्रका सवारी पास रद्द, विकल्प के छ ?

३ जेठ, काठमाडौं । लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको […]

नीति तथा कार्यक्रममा रोजगारीका के छन् योजना ?

२ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहने युवाहरूलाई यस्तो सुविधा दिने घोषणा गरिन् । नयाँ उद्यम गर्न सरकारले युवाहरूलाई पनि सुरुआती पुँजी उपलब्ध गराइने […]

कोरोना संक्रमितको संख्या २६७ पुग्यो, शुक्रबार १८ जना थपिए

२ जेठ, काठमाडौं । नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । शुक्रबार बिहान र साँझ ९/९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज […]

नीति तथा कार्यक्रम– कृषि, उद्योग र वाणिज्यमा अधिकांश पुरानै

२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम शुक्रबार संयुक्त सदनमा प्रस्तुत गरेको छ । देश झण्डै दुई महिनादेखि लकडाउनको अवस्थामा रहेको र कोरोना महामारीको सम्भावित असरसमेत पूर्वमूल्याकंन नभईसकेको अवस्थामा सरकारको नीति तथा कार्यक्रमलाई जानताले चाख पूर्वक हेरेका थिए । अझ जनताको जीवन निबार्ह तथा जिबिका र तथा निजी क्षेत्रलाई […]

सशस्त्र प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप

२ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीका एक जना प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप लागेको छ । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक सागर मल्ल ठकुरीमाथि बलात्कारको आरोप लागेको हो । स्थानीय १४ र १६ वर्षीया दुई जना युवतीलाई ललाई फकाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप पीडितका आफन्तले उनीमाथि लगाएका छन् […]

नरभानेको अभिव्यक्तिप्रति नेपाली सेनाको जवाफ ‘उपयुक्त समयमा’

२ जेठ, काठमाडौं । नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ । साथै, नेपाली सेनाले उपयुक्त समयमा नरभानेलाई जवाफ दिने पनि जंगीअड्डा स्रोतले जनाएको छ । नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि […]

जनप्रतिनिधिले एम्बुलेन्समा ल्याएका दुई जनामा देखियो कोरोना संक्रमण

२ जेठ, दाङ । दाङमा शुक्रबार भेटिएका तीन जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये दुई जना भारतबाट आएको खुलेको छ । गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई जनालाई स्थानीय जनप्रतिनिधिले नेपाल-भारत सीमा क्षेत्रमा पर्ने कपिलवस्तुको कृष्णनगरस्थित एक क्वारेन्टाइनबाट एम्बुलेन्समा राखेर ल्याएका थिए । आफ्नै गाउँपालिकाका दुई जना व्यक्ति अलपत्र परेको खबर आएपछि वडा […]

सरकारलाई प्रमुख तीन दलको सुझाव– सीमा नियमन गर्ने रणनीति बनाऊ

२ जेठ, काठमाडौं । प्रमुख तीन दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले सीमा नियमन रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले शुक्रबार कानुन मन्त्रालयमै तीन दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेकी थिइन्  । सीमा नियमन गर्नुपर्छ भन्नेमा […]

मृग शिकार गरेको आरोपमा गोरखामा सात जना पक्राउ

२ जेठ, गोरखा । रतुवा मृगको शिकार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । गण्डकी गाउँपालिका–८ सिउरेनीटारका खुमबहादुर माझी, मधु भुजेल, दुर्गाबहादुर भुजेल, शिव रेग्मी, पूर्णबहादुर माझी, डिबी सापकोटा र रोल्पा घर भई हाल सिउरेनीटार बस्ने इन्द्रजित ओलीलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । जंगलमा मृगको शिकार गरी घरमा ल्याएर काटिरहेको […]

भारतमा कन्ट्याक्ट ट्रेसिङ एप किन विवादित छ ?

२ जेठ, काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गन सहज होस् भनेर ‘आरोग्य सेतु’ नामक कन्ट्याक्ट ट्रेसिङ एप ल्याएको छ । यो १० करोडभन्दा धेरै डाउनलोड भइसकेको भारतको सूचना प्रविधि मन्त्रालयले बताएको छ । यद्यपि यो एपबारे मानिसहरूको गोपनीयताको चासो भने बढेको छ । ‘आरोग्य सेतु’ संस्कृत शब्द हो । यसको अर्थ ‘स्वास्थ्यको […]

कोरोना संक्रमित भागे गोली हान्ने निर्णयबाट पछि हट्यो पर्सा प्रशासन

२ जेठ, काठमाडौं । कोरोना संक्रमित व्यक्ति भागे प्रहरीले गोली चलाउने निर्णयबाट जिल्ला प्रशासन कार्यालय, पर्सा पछि हटेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बिहान बसेको संकट व्यवस्था समिति बैठकले  कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने निर्णय गरेकाे थियाे । प्रशासनकाे निर्णयकाे मानव अधिकारवादी संस्थाबाट विरोध भएपछि केही घन्टामै संशोधन गरिएको […]

राहतमा अनियमितता गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

२ जेठ, सप्तरी । राहतमा अनियमितता गरेको भन्दै सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नबर १ सिस्वाबेल्हीका बासिन्दाले शुक्रबार प्रदर्शन गरेका छन् । वडा अध्यक्ष धिरेन्द्र यादवले रातिको समयमा आफ्ना नजिककालाई मात्रै राहत दिएको भन्दै स्थानीयले प्रदर्शन गरी वडा कार्यालयमा तालबन्दीसमेत गरेका छन् । वडा अध्यक्ष यादवले गत वैशाख २९ गते राति ९ बजे आफ्ना नजिकका […]

निषेधाज्ञाले वीरगञ्जमा राहत वितरण रोकियो, फोहोर उठेन

२ जेठ, वीरगञ्ज । पर्सामा निषेधाज्ञा जारी भएका कारण विपन्नलाई राहत वितरण कार्यक्रम प्रभावित भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले सम्पर्कमा आउनेलाई राहत दिन सकिने भए पनि वडास्तरमा राहत वितरण रोकिएको छ । हालसम्म ३ करोड ५० लाखको खर्चमा ३४ हजार परिवारलाई राहत वितरण गरेको भए पनि अहिले निषेधाज्ञाले वितरण गर्न नसकिएको महानगरपालिकाले […]

पर्सामा कन्ट्याक्ट ट्रेसिङका लागि संयुक्त कार्यदल गठन

२ जेठ, वीरगञ्ज । पर्सामा कोभिड–१९ संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि संयुक्त कार्यदल गठन गरिएको छ । स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर प्रसाद चौरसियाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाली सेना, नेपाल प्रहरीका प्रहरी निरीक्षक, वीरगञ्ज महानगरपालिकाका हेल्थ असिस्टेन्ट २/२ जना, सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख सदस्य छन् । शुक्रबार बसेको […]

मास्कमय संसद, राष्ट्रपति आउँदा बग्गी देखिएन

२ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको दिन शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा विगतमा भन्दा केही फरक दृष्य देखिए । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई न्यून गर्न ११ चैत २०७६ देखि लकडाउन सुरु भएयता संघीय संसदमा शुक्रबार हालसम्मकै ठूलो जमघट थियो । राष्ट्रपति विद्यादेवी भण्डारी मास्क र पञ्जा लगाएर नीति तथा […]

नीति तथा कार्यक्रमकाे प्राथमिकतामा स्वास्थ्य क्षेत्र, के-के आए कार्यक्रम ?

२ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । कोरोना भाइरसको महामारीका बीच शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधारको विकास र उपचार सेवा प्रभावकारी बनाउने विषय उल्लेख गरिएको छ । सरकारले प्रदेशस्तरमा ५ सय शय्याको विशिष्टिकृत केन्द्रीय अस्पताल विकास गर्ने घोषणा गरेको छ । प्रदेश १ को कोशी, प्रदेश […]

छाङरु पुग्यो सेनाको फौज पनि

२ जेठ, काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै आलोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो । यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको […]

मर्निङ वाकमा निस्किएका वृद्ध हराए

२ जेठ, काठमाडौं । रौतहटको चन्द्रपुर घर भइ काठमाडौंको बल्खु बस्दै आएका एक जना वृद्ध हराएका छन् । शुक्रबार बिहान साढे ७ बजे मर्निङ वाकका लागि भनेर निस्किएका ८० वर्षीय अर्जुनप्रसाद अधिकारी हराएका हुन् । अधिकारी बेपत्ता भएपछि उनका परिवारले महानगरीय प्रहरी परिसर, टेकुमा खोजतलासका लागि निवेदन दिएका छन् । उनलाई देख्नेले नजिककै रहेको प्रहरी […]

भारतबाट आएका थिए बाँकेका आठै जना संक्रमित

२ जेठ, नेपालगञ्ज । बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ । उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । ‘१४/१५ दिन अगाडि भारतबाट आएका हुन् । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने । ८ जना फरक फरक […]

अब काठमाडौंका गल्लीमा निस्किए पनि पक्राउ पर्ने

२ जेठ, काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण […]



from समाचार – Online Khabar https://ift.tt/2Z9SqsH
via IFTTT
Powered by Blogger.