समाचार
२ जेठ, काठमाडौं । साझा पार्टीले नेपाल-भारत सिमाना तारबारसहित बन्द गर्न सरकारलाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गरी साझा पार्टीले सीमा क्षेत्रका स्थानीय वासिन्दालाई समस्या नपर्ने गरी नेपाल-भारत सीमाका निश्चित नाकामा अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र बाँकी ठाउँ तारबारसहित बन्द गर्न माग गरेको हो । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी […]
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा फोहोरमैला संकलन गर्नेहरुमा शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ । काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्नेहरुमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुबै विधिबाट परीक्षण गर्न लागिएको हो । शुक्रबार काठमाडौंको टेकुमा उनीहरुको आरडीटी परीक्षण र पीसीआरका लागि स्वाब संकलन गरिएको छ ।
२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा […]
२ जेठ, चितवन । लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदलाई प्रहरीले फर्काइदिएको छ । प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले शुक्रबार बिहान फर्काइदिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले नारायणी पुलबाट कनौडियालाई फर्काइदिएको जानकारी दिए । प्रशासनका अनुसार, कनौडिया सवारी अनुमतिपत्र नलिई आएका थिए । उनलाई सम्झाएर पठाएको सिम्खडाले बताए […]
१ जेठ, काठमाडौं । सरकारले बिहीबारदेखि लकडाउन कसिलो बनाए पनि खाद्यन्न बिक्री वितरणका लागि किराना र औषधि पसल भने सञ्चालन गर्न दिने भएको छ । सुरक्षाका उपाय अपनाएर खाद्यन्नको कारोबार गर्ने किराना र औषधि पसल सञ्चालन पनाईने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिए […]
२ जेठ, काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ […]
२ जेठ, काठमाडौं । बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ । धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् । धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार उनलाई कोरोना संक्रमण परीक्षणकै लागि काठमाडौं पठाइएको छ […]
२ जेठ, नेपालगञ्ज । बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ । उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । ‘१४/१५ दिन अगाडि भारतबाट आएका हुन् । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने । ८ जना फरक फरक […]
२ जेठ, काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा ठाउँ नभएपछि लक्षण नदेखिएका कोरोना संक्रमितलाई विद्यालयमा सारिने भएको छ । कोरोना संक्रमितको उपचारका लागि तोकिएको नारायणी अस्पतालमा सबै संक्रमित नअटेपछि वीरगञ्जकै सिद्धार्थ माविमा बनाइएको आइसोलेसनमा पनि संक्रमितलाई राखिएको छ । हाल नारायणी अस्पतालमा ७० जना र सिद्धार्थ माविमा १७ जनालाई राखिएको छ । अब लक्षण नदेखिएका संक्रमितलाई […]
२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ । शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए । ‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही […]
२ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन् । सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने राय प्रमुख जिल्ला अधिकारीहरुको छ । बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो सुझाव […]
२ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना प्रभावित जिल्ला उदयपुरका लागि २ सय थान पीपीई उपलब्ध गराएको छ । मन्त्री लेखराज भट्टले बिहीबार उक्त पीपीई उदयपुर–काठमाडौं सहजकरण समिति तथा उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद सुरेशकुमार राईलाई हस्तातन्तरण गरे । कोरोना संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा […]
२ जेठ, नयाँ दिल्ली । कोरोना भाइरसको नियन्त्रणका लागि घोषित लकडाउन तथा विविधि प्रकारका प्रतिवन्धपछि संकटमा परेको अर्थतन्त्र उकास्न भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार घर र्फकन नपाएका मजदुर, मूल्य नपाएका कृषकलगायत लागि तेस्रो चरणको प्याकेज घोषणाको तयारी गरिएको छ । वित्त मन्त्री निर्मला सीतारमणले तेस्रो […]
२ जेठ, काठमाडौं । बंगलादेशको रोहिंग्या शिविरका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । कोक्स बजारमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा करिब १० लाख रोहिंग्या शरणार्थी बस्छन् । यस्तोमा शिविरभर कोरोना भाइरसको महामारी फैलिने चिन्ता बढेको छ । अधिकारीहरुका अनुसार, अहिले संक्रमण भेटिएका दुई जनालाई आइसोलेसनमा राखिएको छ । साथै करिब […]
२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने एक नेताले बताए । त्यस्तै वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनेछ । […]
२ जेठ, काठमाडौं । आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुने छ । तर यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी […]
२ जेठ, काठमाडौं । लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको अनलाइनखबरलाई बताए । पूर्वराजाका […]
२ जेठ, काठमाडौं । लकडाउनको मौका छोपी रसायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् । कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका हुन् । रासायनिक मलको मूल्यवृद्धि गरी कालोबजारी गरेको […]
२ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची अनुसार सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । सांसद र अन्य आगन्तुक सबैलाई पौने चार बजेभित्रै आसन ग्रहण गरिसक्न संसद सचिवालयले सूचित गरेको छ […]
२ जेठ, काठमाडौं । बागलुङको गलकोट नगरपालिकामा १२० जनाको कोरोना संक्रमण परीक्षणका लागि थ्रोट स्वाब संकलन सुरु गरिने भएको छ । गलकोटका विभिन्न स्थानमा काम गर्ने वीरगञ्जका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका १२० जनाको पहिचान गरी परीक्षण गर्न लागिएको हो । नगरपालिकाको वडा नम्बर ५, ३, ६, ७ र ९ का […]
२ जेठ, उदयपुर । चट्याङ लागेर उदयपुरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घरनजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले […]
from समाचार – Online Khabar https://ift.tt/3dO0e7A
via IFTTT





















