समाचार
२८ वैशाख, काठमाडौं । संसदीय समितिले भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमाले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताइन् । […]
२८ वैशाख, काठमाडौं । नेपालमा पहिलो कोरोना संक्रमणको (कोभिड-१९) केस देखिएको ५८ दिनपछि चैत १० गते दोस्रो केस भेटियो । पहिलो केस कोरोनाको इपिसेन्टर मानिएको चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा देखिएको थियो भने दोस्रो संक्रमित युवती फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनीसँगै कतार एयरवेजको क्युआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुई जनामा […]
२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ । आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो । सरकारले […]
२८ वैशाख, विराटनगर । नहरको डिलमा मृत अवस्थामा फेला परेका १८ वर्षका आयुष गिरीको मृत्यु सवारी दुर्घटनाबाट भएको प्रहरीले बताएको छ । बिहीबार बिहान सुनसरी मोरङ सिञ्चाई आयोजनाको बेलबारी– ७ खण्डमा मृत भेटिएका आयुषको हत्या नभएको प्रहरीले निश्कर्ष निकालेको हो । प्रहरीले दुर्घटनामा संलग्न भएको आरोपमा को २ त १२२५ नम्बरको ट्याक्टर र ट्याक्टर चालक […]
२८ वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्जका पत्रकार तिवारी यादवलाई रिहा गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं २ समितिसहित पत्रकारसम्वद्ध संघसंस्थाले दबाव दिएपछि उनी रिहा भएका हुन् । वीरगञ्जको लिंकरोडस्थित नारायणी एफएम स्टेशनको प्रवेशद्वार अगाडिबाट आइतबार दिउँसो २ बजेतिर पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो । एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवको मोटरसाइकल […]
२८ वैशाख, काठमाडौं । प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । काठमाडौँंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा शुक्रबार उनीहरुले प्रहरीलाई […]
२८ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्रमा देखापरेको शिथिलता अन्त्यगरी आर्थिक गतिविधि अगाडि बढाउने गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । अर्थतन्त्रलाई थप गतिशील बनाउन रोजगारी […]
२१ वैशाख, काठमाडौं । आइतबार प्रतिनिधिसभाका अन्तराष्ट्रिय सम्बन्ध समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसे । राज्य व्यवस्था समितिको बैठक बिहान सवा ८ बजे बोलाइएको थियो, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान साढे ८ बजे । एजेण्डा एउटै थियो– लिपुलेक क्षेत्रमा भारतद्धारा निर्मित सडक । दुबै समितिले यस विषयमा छलफल गर्नका लागि तीन जना […]
२८ वैशाख, गोरखा । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गोरखामा राँके जुलुस निकालेको छ । आइतबार साँझ बिसौनी मोडको भित्री बाटोबाट घ्याम्पेशाल चोक हुँदै हरमटारी चोकसम्म जुलुस निकालेको हो । जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, […]
२८ वैशाख, पोखरा । एउटा गुलाबी झुल टाँगिएको छ । झुलमा आधा घाम परेको छ, आधा छाया । घाम सर्दैसर्दै सन्तोष मानन्धर (३६) को निधारमा पर्छ । उनी केही पर सर्न खोज्छन् । वैशाखको पोल्ने घामले उनीहरूलाई पछ्याउन छोड्दैन । पोल्ने घाम, चिस्याउने रातभन्दा बढी गुनासो आफ्नै गरिबीसँग छ र गरिबहरूको पक्षमा कहिल्यै नउभिएको यो […]
२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै […]
२८ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता एवं सांसद सुरेन्द्र यादव अपहरण काण्डको अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको टोलीलाई जिम्मेवारी दिएको छ । उक्त टोली आइतबार जनकपुरधाम आएर अनुसन्धान सुरु गरेको हो । पहिलो चरणमा अपहरण मुद्दाका साक्षी रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण […]
२८ वैशाख, काठमाडौं । सरकारले ४२ प्रकारका उद्योग सञ्चालन गर्न अनुमति खुला गरेको दुईदिन बित्दा पनि देशभरका अधिकांश उद्योग धन्दा भने चल्न सकेका छैनन् । उद्योग सञ्चालन गर्नेबारे सरकारी निर्णय छलफल बिनानै आएको भन्दै उद्योगीहरुले सरकारको आलोचना गरेका छन् । उद्योग सञ्चालन गर्न सरकारले तोकेको मापदण्ड, उपलब्ध पूर्वाधार, कानूनी व्यवस्था र विभिन्न व्याहारिक कठिनाई उद्योग […]
२८ वैशाख, धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५, फूलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गंगाजमुना एकेडेमीका प्रअ ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई गिरफ्तार गरेको छ । विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान […]
२८ वैशाख, जुम्ला । कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका–१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएका छन् । उनीहरुलाई सो गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । क्वारेन्टाइनमा रहनेका लागि सो वडाले खाना र स्वास्थ्य व्यवस्थापन गरेको वडाध्यक्ष गणेश ऐडी जानकारी दिए । पशु सेवा केन्द्रको भवन र […]
२८ वैशाख, कपिलवस्तु । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए […]
२८ वैशाख, विराटनगर । कटहरी गाउँपालिका ४ का कृषक शिवनाथ सिंहले पाँच बिघा जमिनमा तरकारी खेती गरेका छन् । खेतीका लागि उनले बैङ्कबाट ऋण पनि लिएका छन् । शिवनाथको खेतसँगै नरेशकुमार सिंहले ६ बिघा जग्गामा तरकारी खेती गरेका छन् । विराटनगरसँगै जोडिएको गाउँपालिका कटहरीमा शिव र नरेशजस्तै सयौं कृषकको दैनिकी तरकारी खेतीबाट चल्दै आएको छ […]
२८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूमिमा एक पक्षीय ढंगले सडक बनाएर मिचाहा प्रवृत्ति देखाएको भन्दै विरोध जनाएको छ । राप्रपाका अध्यक्षहरु पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको अविभाज्य क्षेत्र लिम्पियाधुरा, कालापानी, लिपुलेकमा राखेको सेना हटाउनुका सट्टा झन् सडक बनाउनु मिचाहा प्रवृत्ति भन्दै विरोध जनाएको हो […]
२८ वैशाख, काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार, आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर […]
२८ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एयरलिफ्टिङ गरेर चिकित्सक पठाएको छ । कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले आज प्रदेशअन्तर्गत १० जिल्लाका २७ स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेश सरकारले शनिबार डोल्पा र आज हुम्लामा एयरलिफ्टिङ गरेर चिकित्सक टोली पठाएको जनाएको छ। […]
२७ वैशाख, जनकपुरधाम । कोरोना भाइरसको महामारीका कारण नेपालले वैदेशिक रोजगारीको धेरै अवसर गुमाउँदैछ । हाल रोजगारीमा रहेका कतिपयले रोजगारी गुमाएर फर्किनेछन् भने थप युवा विदेश जानबाट रोकिनेछन् । यसले नेपालमा ठूलो समस्या ल्याउन सक्ने जानकारहरु बताउँछन् । वैदेशिक रोजगारीमा जानेमा नेपालमा प्रदेश २ का वासिन्दा बढी छन् । त्यसैले वैदेशिक रोजगारीमा आउने संकुचनको असर […]
from समाचार – Online Khabar https://ift.tt/2SPgbCn
via IFTTT






















