Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेकपा एकताको दुई वर्ष : विचारमा वर्णसंकर मति, संगठनमा सर्वनाशको गति

३ जेठ, काठमाडौं । केही दिनअघि आफूलाई भेट्न पुगेका केही मन्त्रीसँग नेकपा उपाध्यक्ष बामदेव गौतमले भनेका थिए– पार्टी एकता लामो समयसम्म जान्छ भन्ने विश्वास त अब मलाई छैन । तर, पनि  पार्टी फुट्न नदिन पटक–पटक धोका पाए पनि यसपटक फेरि केपी ओलीलाई साथ दिएको हुँ । प्रधानमन्त्री बनाउँछन् भन्ने त मलाई छैन । तत्कालीन नेकपा […]

भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा धेरै, ८५ हजार नाघे

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्याको आधारमा भारतले चीनलाई पछि पारेको छ । भारतमा संक्रमितको संख्या ८५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार नौ सय ४० पुगेको हो । चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार नौ […]

ओली र प्रचण्डले भने : मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ

३ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति […]

‘मेरो सरकार’ र ‘यस सरकार’ को नीति कार्यक्रम : केही उस्तै, केही दुरुस्तै !

३ जेठ, काठमाडौं । झण्डै तीन घण्टा लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिन् । देश र सिंगै विश्व असामान्य परिस्थितिबाट गुजि्रएका बेला सरकारको नीति-कार्यक्रम कस्तो आउला भन्ने धेरैको चासो थियो । शाब्दिक हिसाबले भद्दा र लम्बेतान नीति तथा कार्यक्रम अन्तरवस्तुमा कमजोर देखियो । कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख भए […]

१३ जना कोरोना संक्रमित काठमाडौंका अस्पतालमा

३ जेठ, काठमाडौं । नेपालका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन् । टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालका अधिकारीहरुले जनाएका छन् । त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षकी बालिका र अर्का एक व्यक्तिको […]

शुक्रबारदेखि हराइरहेका व्यक्ति पुल्चोकमा फेला परे

३ जेठ, काठमाडौं । शुक्रबारदेखि परिवारका सदस्यबाट सम्पर्कविहीन भएका ८० वर्षीय अर्जुनप्रसाद अधिकारी ललितपुरको पुल्चोकमा फेला परेका छन् । उनी निदान अस्पतालको अगाडि सडक किनारमा लडिरहेको अवस्थामा फेला परेका हुन् । उनका छोरा प्रकाश अधिकारीले शंखमुलका एक जना व्यक्तिले दिएको सूचनाका आधारमा पछ्याउँदै जाँदा पुल्चोकमा शनिबार बिहान करिब पौने १० बजेतिर बुवालाई फेला पारेको जानकारी […]

थप ६ जनामा कोरोना संक्रमण, सिराहामा पनि भेटियो

३ जेठ, काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका- […]

लकडाउनमा टेकराजको कृषि जाँगर

३ जेठ, कैलाली । खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उखान चरितार्थ गर्न तल्लिन लाग्छन्, कैलालीको घोडाघोडी नगरपालिका- १, भालुफाटाका टेकराज मगर । कोरोनाको महामारीका कारण सारा मानिस घरभित्रै सिमित भएको बेला उनलाई भने बारिमा तरकारी स्याहार्न भ्याईनभ्याई छ । दुई बिघा पाँच कट्ठा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु उनले यो लकडाउनको समयलाई अवसरको […]

सीमाका नेपाली भन्छन्– पानीसमेत पाएनौं

३ जेठ, सुर्खेत । नेपाल–भारत सीमाना बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२, हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिए । ‘हामीलाई सीमाबाट फर्काइएपछि […]

उदयपुरमा भुल्केबाहिर पहिलो पटक संक्रमण

३ जेठ, विराटनगर । ३२ जना कोरोना संक्रमित भेटिएको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको मुस्लिम बस्ती बाहिर नयाँ संक्रमित फेला परेका छन् । उदयपुरको भुल्के प्रदेश १ मा कोरोनाको केन्द्रबिन्दु हो । शुक्रबार भुल्केबाहिरका २५ वर्षका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी पत्रकार हुन् । प्रदेश १ मा पहिलो पटक पत्रकारलाई कोरोना […]

विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्

३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना […]

उद्योगधन्दा खुल्ने-नखुल्नेमा सरकार आफैं अनभिज्ञ

२ जेठ, काठमाडौं । सरकारले घोषणा गरेको सुरक्षा विधि अपनाएर खुल्न सक्ने उद्योगको सूचीमा मुद्रण उद्योग पनि छ । सरकारको यो निर्णयपछि मुद्रण उद्योग संघका अध्यक्ष शंखर खड्कालाई देशभरबाट फोनमा प्रश्न ओइरिएको छ- प्रेस चलाउन पाइने नै हो त ? पास कसरी र कहाँ पाइन्छ ? पासबारे बुझ्न काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका खड्काले उद्योग […]

कोरोनाका कारण ३ लाख ७ हजारको मृत्यु, अमेरिकामा ८७ हजार

३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित भएका छन् भने ८७ हजार […]

आजबाट जिल्लाभित्रका सवारी पास रद्द, विकल्प के छ ?

३ जेठ, काठमाडौं । लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको […]

दाङ तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

३ जेठ, बुटवल । दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जानकारी दिए । उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ । यसअघि टिचिङ […]

नीति कार्यक्रममाथि अर्थविदको टिप्पणी : बजेट भद्दा बन्ने भो !

२ जेठ, काठमाडौं । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रमको बाचन गर्दागर्दै राष्ट्रपति थकित मुद्रामा देखिइन् । करिब १५६ मिनेट वाचनमा खर्चिएर गरिएको नीति तथा कार्यक्रमको घोषणाले आगामी आर्थिक वर्षको बजेटमा सरकारबाट कस्ता योजना आउलान् भन्ने लगभग छर्लङ्ग भएको छ । सरकारको नीति तथा कार्यक्रम वर्तमान अवस्थाको वास्तविक मूल्यांकन नगरी आएको अर्थ व्यवस्थाका […]

नीति तथा कार्यक्रममा रोजगारीका के छन् योजना ?

२ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहने युवाहरूलाई यस्तो सुविधा दिने घोषणा गरिन् । नयाँ उद्यम गर्न सरकारले युवाहरूलाई पनि सुरुआती पुँजी उपलब्ध गराइने […]

कोरोना संक्रमितको संख्या २६७ पुग्यो, शुक्रबार १८ जना थपिए

२ जेठ, काठमाडौं । नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । शुक्रबार बिहान र साँझ ९/९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज […]

नीति तथा कार्यक्रम– कृषि, उद्योग र वाणिज्यमा अधिकांश पुरानै

२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम शुक्रबार संयुक्त सदनमा प्रस्तुत गरेको छ । देश झण्डै दुई महिनादेखि लकडाउनको अवस्थामा रहेको र कोरोना महामारीको सम्भावित असरसमेत पूर्वमूल्याकंन नभईसकेको अवस्थामा सरकारको नीति तथा कार्यक्रमलाई जानताले चाख पूर्वक हेरेका थिए । अझ जनताको जीवन निबार्ह तथा जिबिका र तथा निजी क्षेत्रलाई […]

सशस्त्र प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप

२ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीका एक जना प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप लागेको छ । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक सागर मल्ल ठकुरीमाथि बलात्कारको आरोप लागेको हो । स्थानीय १४ र १६ वर्षीया दुई जना युवतीलाई ललाई फकाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप पीडितका आफन्तले उनीमाथि लगाएका छन् […]

कारबाहीको ‘नीति’ आयो, राहतको ‘कार्यक्रम’ आएन

२ जेठ, काठमाडौं । कोरोना संकटबाट आहत भएर लकडाउनमा थुनिएका जनताले कम्युनिस्ट सरकारबाट गतिलो राहतको प्याकेज आउला भन्ने सोचिरहेका छन् । तर, सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कानुनी कारवाहीको धम्की आयो, राहतको प्याकेज आएन । शुक्रबार संसदमा प्रस्तुत ६३ पृष्ठ लामो नीति तथा कार्यक्रममा ‘राहत’ शब्दै छैन । २७६ वटा बुँदाहरु रहेको […]



from समाचार – Online Khabar https://ift.tt/3bFbmSO
via IFTTT
Powered by Blogger.