समाचार
२८ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता एवं सांसद सुरेन्द्र यादव अपहरण काण्डको अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको टोलीलाई जिम्मेवारी दिएको छ । उक्त टोली आइतबार जनकपुरधाम आएर अनुसन्धान सुरु गरेको हो । पहिलो चरणमा अपहरण मुद्दाका साक्षी रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण […]
२८ वैशाख, धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५, फूलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गंगाजमुना एकेडेमीका प्रअ ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई गिरफ्तार गरेको छ । विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान […]
२८ वैशाख, जुम्ला । कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका–१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएका छन् । उनीहरुलाई सो गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । क्वारेन्टाइनमा रहनेका लागि सो वडाले खाना र स्वास्थ्य व्यवस्थापन गरेको वडाध्यक्ष गणेश ऐडी जानकारी दिए । पशु सेवा केन्द्रको भवन र […]
२८ वैशाख, कपिलवस्तु । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए […]
२८ वैशाख, विराटनगर । कटहरी गाउँपालिका ४ का कृषक शिवनाथ सिंहले पाँच बिघा जमिनमा तरकारी खेती गरेका छन् । खेतीका लागि उनले बैङ्कबाट ऋण पनि लिएका छन् । शिवनाथको खेतसँगै नरेशकुमार सिंहले ६ बिघा जग्गामा तरकारी खेती गरेका छन् । विराटनगरसँगै जोडिएको गाउँपालिका कटहरीमा शिव र नरेशजस्तै सयौं कृषकको दैनिकी तरकारी खेतीबाट चल्दै आएको छ […]
२८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूमिमा एक पक्षीय ढंगले सडक बनाएर मिचाहा प्रवृत्ति देखाएको भन्दै विरोध जनाएको छ । राप्रपाका अध्यक्षहरु पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको अविभाज्य क्षेत्र लिम्पियाधुरा, कालापानी, लिपुलेकमा राखेको सेना हटाउनुका सट्टा झन् सडक बनाउनु मिचाहा प्रवृत्ति भन्दै विरोध जनाएको हो […]
२८ वैशाख, काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार, आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर […]
२८ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एयरलिफ्टिङ गरेर चिकित्सक पठाएको छ । कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले आज प्रदेशअन्तर्गत १० जिल्लाका २७ स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेश सरकारले शनिबार डोल्पा र आज हुम्लामा एयरलिफ्टिङ गरेर चिकित्सक टोली पठाएको जनाएको छ। […]
२७ वैशाख, जनकपुरधाम । कोरोना भाइरसको महामारीका कारण नेपालले वैदेशिक रोजगारीको धेरै अवसर गुमाउँदैछ । हाल रोजगारीमा रहेका कतिपयले रोजगारी गुमाएर फर्किनेछन् भने थप युवा विदेश जानबाट रोकिनेछन् । यसले नेपालमा ठूलो समस्या ल्याउन सक्ने जानकारहरु बताउँछन् । वैदेशिक रोजगारीमा जानेमा नेपालमा प्रदेश २ का वासिन्दा बढी छन् । त्यसैले वैदेशिक रोजगारीमा आउने संकुचनको असर […]
२८ वैशाख, काठमाडौं । दुग्ध पदार्थ बिक्रिवितरण गर्ने सवारी साधनमा टाईमकार्ड लागू नर्गन व्यवसायीले माग गरेका छन् । निजी क्षेत्रका दूग्ध व्यवसायीहरुको संस्था नेपाल डेरी एशोसिएसनले आईतबार एक विज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । टाइमकार्डको व्यवस्थाले ढुवानी खर्च बढ्ने भन्दै व्यवसायीहरुले पानी र औषधीलाई जस्तै दूग्ध पदार्थ विक्रिको वातावरण बनाउन सरकारसँग आग्रह गरेको […]
२८ वैशाख, काठमाडौं । पूर्वसांसद मञ्च, नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको संज्ञा दिएको छ । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल नेपाली भूभाग फिर्ता गर्न माग गरे । सुगौली सन्धिकालीन आधिकारिक नक्साले नै लिपुलेक–कालापानीलगायत भूभाग नेपालको पुष्टि गरेको हुँदा यो […]
२८ वैशाख, काठमाडौं । कोभिड–१९ को जोखिम औंल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका ४ हजार ८ सय ७४ विदेशी नागरिक आ–आफ्नो मुलुक फर्किएका हुन् । सरकारले गत चैत ११ देखि लकडाउन […]
२८ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले लकडाउन खुकुलो गर्ने आइतबारदेखि कास्कीमा ढुवानीमा सहज हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार सूचना जारी गरी निश्चित क्षेत्रको ढुवानीका लागि पाससमेत नचाहिने जानकारी दिएको हो । कास्कीमा विकास निर्माण, उद्योग, कृषि तथा अन्य उत्पादनशील कार्यमा संलग्न व्यक्तिले सवारी साधनका लागि प्रशासनबाट पास लिनु नपर्ने भएको […]
२८ वैशाख, वीरगञ्ज । सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिक रूपमा खेती गरेका तर्बुजा बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब रु. पाँच करोड मूल्यबराबरको खर्बुजा खेतमै कुहिएको बताइएको छ । सिरहा नगरपालिका–१७ का करिब ५ सय भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० […]
२८ वैशाख, काठमाडौं । नेपालमा हालसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर प्रविधि (प्रयोगशालामा) कोरोना संक्रमण परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ । पछिल्लो केही दिनयता विदेशबाट परीक्षण किट ल्याएपछि सरकारले पीसीआर परीक्षण बढाएको छ । विदेशबाट फर्किएका, संक्रमितको […]
२८ वैशाख, काठमाडौं । काठमाडौंको गोर्कर्णेश्वर नगरपालिकाले विपन्न तथा असहायहरूका लागि सञ्चालन गरेको निःशुल्क खाना वितरण कार्यक्रम स्थगित गरेको छ । लकडाउनपछि नगरपालिकाले जोरपाटी, नारायणटार, माकलबारीलगायत १० स्थानमा स्थानीय युवाहरूसँग मिलेर निःशुल्क खाना वितरण गर्दै आएको थियो । यस्ताे कार्यक्रमले कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढेकाे भन्दै नगरपालिकाले स्थगित गरेकाे हाे । गत बिहीबार बसेको […]
२८ वैशाख, काठमाडौं । संसदीय समितिले भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमाले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताइन् । […]
२८ वैशाख, काठमाडौं । चैत २६ गतेदेखि बन्द पूर्वको मेची नाका सञ्चालनमा आएको छ । तर, भारतबाट सामान आउन थालेपनि नेपालबाट सवारी भारततर्फ जान भने अझै रोक कायमै छ । भारतको पश्चिम बंगाल सरकारले कोरोना त्रासका कारण एकलौटी रुपमा बन्द गरेको नाका नेपालको कुटनीतिक दबावपछि शनिबारबाट सञ्चालनमा आएको मेची भन्सार प्रमुख ध्रुब विश्वकर्माले अनलाइनखबरलाई बताए […]
२८ वैशाख, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले लकडाउनका कारण भारतमा दुःख पाएका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेका छन् । पूर्वमन्त्री महतले भने, ‘सबैलाई एकैचोटि ल्याउन सम्भव नहोला, त्यसमा जोखिम पनि हुन्छ, अत्यधिक समस्यामा परेकाहरुलाई प्राथमिकीकरण गरेर ल्याउनुपर्छ । यसको समन्वय गर्ने जिम्मेवारी भारतस्थित नेपाली राजदूतावासको हो ।’ डा. महत […]
२८ वैशाख, विराटनगर । विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् । वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एक/एक जना आइतबार डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा […]
२८ वैशाख काठमाडौं । हेभी इक्युपमेन्ट व्यवसायीहरुले आफूहरुलाई पनि काम गर्न दिन आग्रह गरेका छन् । निर्माणका कामहरु सरकारले सुरु गर्ने निर्णय गरे पनि ठेकेदार कम्पनीको मात्रै काम सुरु भएको उनीहरुले बताएका छन् । उपभोक्ता समितिहरुमार्फत हुने विकास निर्माणका काम तथा व्यक्तिगत कामहरु समेत गर्न नपाएको कारण समस्यामा परेको व्यवसायीहरुले बताएका छन् । हेभी इक्युपमेन्ट […]
from समाचार – Online Khabar https://ift.tt/3cmHTyd
via IFTTT






















