Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीलगायत पक्राउ

३० वैशाख, काठमाडौं । लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् । लैनचौरस्थित भारतीय दूतावासअगाडि मंगलबार बिहान प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको मानव अधिकार तथा शान्ति समाजका एक अभियन्ताले जानकारी दिए ।   

प्रकाश चन्दले कपिलवस्तुमा चलाए नि:शुल्क स्वास्थ्य शिविर

३० वैशाख, कपिलवस्तु । लकडाउनको बेला नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशचन्दसहितका स्वास्थ्यकर्मीहरूले कपिलवस्तुको शिवराज नगरपालिककामा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विप्लवको गृहनगर रहेको शिवराज नगरपालिका-९ का विभिन्न स्थानमा गरिएको शिविरमा ५३० जना बिरामीको उपचार गरिएको प्रकाशले अनलाइनखबरलाई जानकारी दिए । चिकित्सा शिक्षा संघर्ष समिति र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको संयुक्त आयोजनामा गरिएको […]

कृषि विश्वविद्यालयमा बीउ प्रशोधनको चटारो, आफ्नै ब्रान्डमा बेच्ने योजना

३० वैशाख, चितवन । लकडाउनले अन्य क्षेत्र सुस्ताइरहेका बेला चितवनको कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरमा रहेको बीउ प्रशोधन केन्द्र तथा बीउ परीक्षण प्रयोगशालामा भने निकै चटारो र हतारो छ । बर्खा नजिकिएसँगै किसानहरुलाई धानको बीउ दिनुपर्ने भएकोले बीउ प्रशोधनको काम धमाधम भैरहेको छ । प्रतिघण्टा एक टन बीउ प्रशोधन गर्न सक्ने क्षमता भएको केन्द्र […]

पेस्तोलसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत फेला

३० वैशाख, सुर्खेत । पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्तले मंगलबार  बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दुरीमा फेला […]

प्रदेश १ को बजेटको आकार घट्ने, कृषि र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

३० वैशाख, विराटनगर । प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण प्रक्रिया जारी राखेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भए पनि कृषि, साना मझौला व्यवसायहरुलाई राहत दिने र स्वास्थ्य तथा शिक्षालाई […]

भारतमा कोरोना संक्रमित ७० हजार नाघे

३० वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भायरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरानो […]

प्रदेश १ को बजेट अधिवेशन १३ जेठमा आह्वान गर्ने तयारी, दुरी कायम गराउन समस्या

३० वैशाख, विराटनगर । प्रदेश नं. १ को वर्षे अधिवेशन (बजेट अधिवेशन) आगामी जेठ १३ गते आह्वान गर्ने तयारी भएको छ । हालको बैठक कक्ष साँघुरो भएकाले सामाजिक दुरी कसरी कायम गराउने भन्ने समस्या आइपरेको छ । सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन सुरु गर्ने विषयमा मुख्यमन्त्री शेरधन राईसहित सरकारका मन्त्री, प्रमुख विपक्षी दलका नेता र सत्तारुढ […]

बाँकेका पहिलो संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ

३० वैशाख, कोहलपुर (बाँके) । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका-७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ […]

कुखुराको अण्डाले दिएको सुख : विदेशिनु परेन, राज्यसँग गुनासो छैन

३० वैशाख, काठमाडौं । लकडाउन लागेको डेढ महिना नाघिसक्यो । थाहा छैन, कहिलेसम्म लम्बिन्छ । जहिलेसम्म लम्बियोस्, ललितपुरको गोदावरीमा बस्ने गजेन्द्र नेम्वाङ र श्रीमती सविता नेम्वाङलाई लकडाउनले खासै अत्याएको छैन । उनीहरु निरन्तर काममै व्यस्त छन् । गोदाबरीमा विगत १० वर्षदेखि कुखुरापालन गर्दै आएका उनीहरुको व्यस्तता लकडाउनले कम गराउन सकेको छैन । कुखुरा पाल्नका लागि […]

लहानमा टाउको काटिएको अवस्थामा शव फेला

३० वैशाख, जनकपुरधाम । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मार्किङ, सेवा सुरु गर्ने तयारी हो ?

३० वैशाख, काठमाडौं । डेढ महिना नाघ्यो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुले जहाजमा चढी आफ्नो गन्तब्यमा जान नपाएको । कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि सरकारले चैत पहिलो साताबाटै अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगायो । ११ चैतमा लकडाउन शुरु भएपछि भने आन्तरिक उडान समेत बन्द भयो । त्यसयता विमानस्थलमा आकस्मिक रुपमा हुने चार्टर्ड तथा रेस्क्यू उडानबाहेक […]

मेडिकल कलेज सञ्चालक भन्छन्- आर्थिक संकटमा पर्‍यौं, राहत चाहियो

३० वैशाख, चितवन । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण ठूला मेडिकल कलेज सन्चालकहरुले आर्थिक संकटमा परेको बताएका छन् । बिरामी नै आउन छाडेकाले आर्थिक संकटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् । देशभर १८ वटा मेडिकल कलेज छन् । हरेकजसो मेडिकल कलेजमा दैनिक करीब १५ सय बिरामीले उपचार सेवा लिने […]

१०१ वर्ष पुगे सत्यमोहन जोशी, अमेरिकी राजदूतले दिए शुभकामना

३० बैशाख, काठमाडौं । ललितपुर निवासी शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् । जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी […]

दशगजाबाट लुकिछिपी आएका थिए रुपन्देहीका ६ जना संक्रमित, एकजना भैरहवासम्म पुगेका थिए

३० वैशाख, बुटवल । कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका ६ जना लकडाउनकै बीचमा भारतीय सीमा क्षेत्रबाट लुकिछिपी रुपन्देही आएको खुलेको छ । भारतको मुम्बई, नयाँदिल्लीलगायतका शहरबाट दशगजासम्म आइपुगेका उनीहरु सुरक्षाकर्मीको आँखा छलेर एक हप्ताअघि नेपाल भित्रिएका हुन् । सोमबार कोरोना संक्रमण पुष्टि भएका ६ जनामध्ये ४ जना भारतसँग सीमा जोडिएको सम्मरीमाई गाउँपालिका-७ का र २ […]

कर्णालीमा पनि लकडाउन खुकुलो, नाकामा क्वारेन्टाइन

३० वैशाख, काठमाडौं । गत साता सबै नाका सिल गरेको कर्णाली प्रदेश सरकारले लकडाउन खुकुलो बनाइएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन खुकुलो हुने गरी विभिन्न निर्णयहरु गरेको हो । बैठकले यसअघि सिल गरिएका नाकामा आवतजावतलाई कडाइ मात्रै गर्ने निर्णय गरेको छ भने कृषि तथा विकास […]

दुई दिन घरमा बसेर क्वारेन्टाइनमा गएका थिए कपिलवस्तुका कोरोना संक्रमित

३० बैशाख, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का तीनजना कोरोना संक्रमित व्यक्ति भारतबाट आएर दुई दिन घरमा बसेपछि मात्रै क्वारेन्टाइनमा गएको खुलेको छ । भारतको मुम्बईबाट रेल र ट्रकमा यात्रा गर्दै उनीहरु लकडाउनकै बीचमा सुरक्षाकर्मीलाई छलेर एकहप्ता अघि घर आएका थिए । भारतबाट नेपाल प्रवेश गरेर दुई दिनसम्म घरमा बसेको छिमेकीले थाहा पाएपछि मात्रै उनीहरुलाई […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

३० बैशाख कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र.०२–००३ प.३३२७ नम्वरको मोटरसाइकल गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित बनबेहडा नजिकै दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्वर १ बस्ने ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ मोटरसाइकलमा सवार १५ वर्षीय माइकल शाही घाइते भएका छन् । जिल्ला प्रहरी […]

ललितपुरकी कञ्चन अमात्यलाई लन्डनमा शाही सम्मान

डिसी । ललितपुर जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कञ्चन अमात्यले बेलायतको शाही सम्मानका साथ मानवता सेवा पुरस्कार प्राप्त गरेकी छन् । उनले मानव सेवामा गरेको कामको मूल्याङ्कन गर्दै बेलायती शाही परिवारले उक्त पुरस्कार दिएको हो । यो सम्मान पाउने उनी सम्भवत: पहिलो नेपाली युवती हुन् । गत वर्ष २०१९ मा अमात्य […]

कोरोना कहरबीच भारतमा रेल सेवा सुरु, दिल्ली मेट्रो पनि सुरु गर्ने तयारी

३० वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ सहरहरूमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ । यसअघि लकडाउनका कारण अलपत्र परेकाहरूलाई उनीहरूको गाउँघरसम्म […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो, ह्वाइट हाउसमा पनि मास्क प्रयोग सुरु

३० वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीले पनि मास्क प्रयोग गर्न थालेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार सात सय २३ पुगेको छ भने ८० हजार तीन सय ५२ […]

असम्भव छैन नेपाल-भारत सीमा समस्याको समाधान

२९ वैशाख, काठमाडौं । सन् २०१५ जुनमा भएको ‘ल्याण्ड बाउन्ड्री एग्रिमेन्ट’ पछि भारत र बंगलादेशबीचको सिमाना विवाद अन्त्य भयो । ढाकामा भएको सम्झौतापछि बंगलादेशले ४२ हजार ८४४ विघा (१७, १६० एकड) पायो भने भारतले १७ हजार ७५२ विघा (७,११० एकड) भूभाग प्राप्त गर्‍यो । ४१ वर्षदेखिको सीमा विवाद अन्त्य गर्ने क्रममा भारतले २५ हजार विघाभन्दा […]



from समाचार – Online Khabar https://ift.tt/2yEmPF2
via IFTTT
Powered by Blogger.