Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्रीको असन्तुष्टिपछि गृह सचिव र प्रहरी प्रमुख नाका निरीक्षणमा

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउन खुकुलो भएको भन्दै मन्त्रिपरिषद बैठकमा असन्तुष्टि जनाएपछि गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरुको टोली नागढुंगा नाकाको निरीक्षणमा निस्किएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं […]

कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि

३० वैशाख, काठमाडौं । कर्णाली प्रदेशले प्रदेश सभाको छैटौँ अधिवेशन जेठ ११ गतेको लागि बोलाएको छ । शुक्रबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिउँसो तीन बजे प्रदेश सभा भवन, सुर्खेतमा बस्नेगरी आह्वान गर्न सिफारिस गरेको हो […]

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपीडी सेवा सुरु

३० वैशाख, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपीडी मंगलबारबाट पुनः सुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) लकडाउनका कारण ओपीडी सेवा एक महिनादेखि बन्द थियो । ‘ओपीडी सेवा आजदेखि सुरु गरेका छौं । तर, पहिलेजस्तो सहजरुपमा भने होइन,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रमुख अर्जुन आचार्यले भने, ‘ओपीडीमा पनि केही जटिल […]

उपचाररत अनिल विरहीको स्वास्थ्यबारे बाबुराम भट्टराईको चासो

३० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख अनिल शर्मा विरहीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । नेता विरही चितवनको भरतपुर अस्पतालमा उपचाररत छन् । गत वैशाख २३ गते घरमै लडेर घाइते भएका विरहीलाई प्रहरीले अस्पतालबाट पक्रेको थियो। उनको […]

निको भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक

३० वैशाख, बुटवल । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए । गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार (आज) नै डिस्चार्ज गर्न लागिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन […]

भैरहवा विमानस्थल, मेलम्ची र तामाकोसीमा सरकारलाई धक्का

३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा ३ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सक्ने सरकारी लक्ष्य थियो । तर, सरकारको यो लक्ष अवरुद्ध भएको छ । लामो समयदेखि पटक–पटक म्याद थपिँदै आएका आयोजनाहरुमध्ये माथिल्लो तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तार्राष्ट्रिय विमानस्थल यसै वर्ष सक्ने घोषणा चालु आर्थिक वर्षको बजेटमै गरिएको […]

भारतले फेरि रोक्यो नेपालबाट निर्यात हुने पाम तेल

३० वैशाख, काठमाडौं । भारतले फेरि नेपालबाट निर्यात हुने पाम तेलमा पुनः प्रतिबन्ध लगाएको छ । विभिन्न मुलुकबाट कच्च्ाापदार्थ आयात गरेर नेपालमा प्रशोधनपछि पाम तेल भारत पठाइन्छ । जसले नेपालको निर्यात बढाउन यो वर्ष ठूलो मद्धत गरेको छ । साफ्टा सुबिधाअन्र्तगत नेपाल र बंगलादेशबाट आयात हुने ठूलो परिमाणको प्रशोधित पाम तेलमा रोक लगाइएको रोयटर्सले जनाएको […]

सावधानी अपनाउँदैनन् सांसद, संसद सचिवालयले गर्‍यो ताकेता

२९ वैशाख, काठमाडौं । वजेट अधिवेशन सुरु हुनुअघि संसद सचिवालयले सबै सांसद र कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्‍यो । उनीहरुमा कोरोना संक्रमण नभएको पाइएपछि स्वास्थ्यसम्बन्धी सतर्कता अपनाएर बैठक सञ्चालन भइरहेको छ । संसद बैठकमा सहभागी हुने सांसदका लागि संसद सचिवालयले चिकित्सकहरुको सुझावका आधारमा आचारसंहिता बनाएको छ । तर सांसदहरुले पालना नगरेको पाइएको छ । हाल […]

कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२९ वैशाख, कैलाली । कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । से १ क ९४५ नम्बरको ट्रकले सुपप्र ०१–००८ प ४४७४ नम्बरको मोटरसाइकललाई बर्दगोरिया गाँउपालिका ४ मा ठक्कर दिँदा जोशीपुर गाउँपालिका-६ का २१ वर्षीय शेरबहादुर डगौंराको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले […]

सांसदको आरोप : अर्थमन्त्रीले हामीलाई हेपे

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गाँजा खेती विस्तार गर्नुपर्नेदेखि अर्थमन्त्रीले सांसदहरुलाई हेपेकोसम्मका कुराहरु उठेका छन् । प्रिबजेट छलफलमा आफ्नो धारणा राख्दै सांसदहरुले गाँजा खेतीका लागि मार्ग प्रशस्त गर्नुपर्ने र अर्थमन्त्रीले सांसदहरुलाई हेपेको कुरा उठाएका हुन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले गाँजा खेती विस्तारका […]

मदिरा व्यवसायी भन्छन्- भाटभटेनीले रक्सी बेच्यो, सरकार भन्छ- समात्छौं !

३० वैशाख, काठमाडौं । लकडाउनका बेला सुपरमार्केटहरुबाट मदिरा बिक्री गरिएकोे तर, साना पसलहरुलाई रोकिएको भन्दै मदिरा व्यवसायीहरुले सरकारको आलोचना गरेका छन् । देशभरका मदिरा व्यवसायीहरुको छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघले सुरक्षा उपाय अपनाएर मदिरा व्यवसाय सञ्चालन गर्न दिन सरकारको वैशाख २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् । मार्ट र सुपर […]

कोरोना अति प्रभावित जिल्लामा पत्रकारको पीसीआर टेस्ट गर : पत्रकार महासंघ

३० वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । वीरगञ्जमा पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि विज्ञप्ति जारी गरी महासंघले पत्रकारलाई आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न पनि माग गरेको छ । मंगलबार पुष्टि भएका ५७ जना कोरोना संक्रमितमा […]

लत्रिएको तारबाट करेन्ट लागेर धादिङमा १ जनाको मृत्यु

३० वैशाख, धादिङ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१०, जयपुरीमा लत्रिएको तार छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएका ठाउँमा करेन्ट लागेर १६ वर्षीया विपना चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिइन् । गाउँमा लगिएको विद्युत्को नाङ्गो तार […]

सिन्धुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

३० वैशाख, काठमाडौं । सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–८ बसतपुर बस्ने ५२ वर्षीय रणवहादुर सुनुवार रहेका छन् । मंगलबार डुमरियास्थित सडकमा पैदल हिँडिरहेको समयमा मे.१ ज १५४३ नम्बरको जिपले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल […]

प्यूठानमा ११ जनामा कोरोना एन्टिबडी पोजेटिभ

३० वैशाख, प्यूठान । जिल्लाको प्यूठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएकोमा एन्टिबडी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेकामध्ये ११ को एन्टिबडी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकाको परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो । उनीहरु […]

उपत्यका विकास प्राधिकरणले नयाँ आयोजना सुरु नगर्ने

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले यो वर्ष नयाँ आयोजना निर्माण अघि नबढाउने भएको छ । प्राधिकरणले लकडाउनअघि ठेक्का लागिसकेका र काम अन्तिम चरणमा पुगेका आयोजना पूरा गर्नमा ध्यान दिने जनाएको छ । प्राधिकरणले ठेक्का लागिसकेका सडक विस्तार, सार्वजनिक जग्गा सरंक्षण र जग्गा आयोजना विकासका काम सार मसान्तसम्म सक्ने गरी अघि बढाएको छ […]

घर फर्किन चाहने नेपालीको आवश्यक व्यवस्था मिलाउन उत्तर प्रदेशका मुख्यमन्त्रीको निर्देशन

३० वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनको कार्यालयले उल्लेख गरे अनुसार आदित्यनाथले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् । काम, पढाइ तथा अन्य […]

१० दिनमा वुहानका सबै मानिसको कोरोना परीक्षण गर्दै चीन

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानका सबै नागरिकको परीक्षण गराउने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले १ करोड १० लाख जनसंख्या भएको यो सहरका सबै मानिसमा कोरोना परीक्षण गर्ने योजना बनाएको हो । चीनले अहिले अघि सारेको योजना प्रारम्भिक चरणमा देखिएको छ । वुहानका सबै जिल्लाहरुलाई १० दिनमा कसरी […]

मनमोहन अस्पताललाई अढाइ लाख जरीवाना, नर्भिकसँग लिखित जवाफ माग

३० वैशाख, काठमाडौं । सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै वाणिज्य विभागले मनोमोहन मेमोरियल अस्पताल ठमेललाई जरिवाना गराएको छ । यस्तै बढी शुल्क असुलेको उजुरीपछि नर्भिक अन्तराष्ट्रिय अस्पतालसँग विभागले लिखित स्पष्टीकरण माग गरेको छ । मंगलबार गरिएको अनुगमनमा अल्ट्रा साउण्ड (यूएसजी) सेवा दिँदा धेरै नाफा लिएको पाइएपछि दुई लाख पचास हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति […]

उपराष्ट्रपतिको स्वाबको नमुना संकलन

३० वैशाख, काठमाडौं । संघीय संसदको छैटौं अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमुना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी […]

भारतीय अतिक्रमणविरुद्ध हेटौंडामा प्रदर्शन

३० वैशाख, हेटौंडा । भारतले नेपाली भूमि मिचेर सडक बनाएको भन्दै हेटौंडामा बिरोध प्रदर्शन भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बुद्ध चौकमा भेला भएर युवाहरुले मंगलबार  प्रदर्शन गरेका हुन् । ‘खराब छिमेकी चाहिँदैन, सीमा मिच्न पाइँदैन’, ‘लिपुलेक हाम्रै हो’, ‘ए सरकार भारतीय हस्तक्षेपलाई अन्तराष्ट्रिय करण गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् […]



from समाचार – Online Khabar https://ift.tt/2yPodEK
via IFTTT
Powered by Blogger.