Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२९ वैशाख, कैलाली । कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । से १ क ९४५ नम्बरको ट्रकले सुपप्र ०१–००८ प ४४७४ नम्बरको मोटरसाइकललाई बर्दगोरिया गाँउपालिका ४ मा ठक्कर दिँदा जोशीपुर गाउँपालिका-६ का २१ वर्षीय शेरबहादुर डगौंराको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले […]

सांसदको आरोप : अर्थमन्त्रीले हामीलाई हेपे

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गाँजा खेती विस्तार गर्नुपर्नेदेखि अर्थमन्त्रीले सांसदहरुलाई हेपेकोसम्मका कुराहरु उठेका छन् । प्रिबजेट छलफलमा आफ्नो धारणा राख्दै सांसदहरुले गाँजा खेतीका लागि मार्ग प्रशस्त गर्नुपर्ने र अर्थमन्त्रीले सांसदहरुलाई हेपेको कुरा उठाएका हुन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले गाँजा खेती विस्तारका […]

मदिरा व्यवसायी भन्छन्- भाटभटेनीले रक्सी बेच्यो, सरकार भन्छ- समात्छौं !

३० वैशाख, काठमाडौं । लकडाउनका बेला सुपरमार्केटहरुबाट मदिरा बिक्री गरिएकोे तर, साना पसलहरुलाई रोकिएको भन्दै मदिरा व्यवसायीहरुले सरकारको आलोचना गरेका छन् । देशभरका मदिरा व्यवसायीहरुको छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघले सुरक्षा उपाय अपनाएर मदिरा व्यवसाय सञ्चालन गर्न दिन सरकारको वैशाख २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् । मार्ट र सुपर […]

कोरोना अति प्रभावित जिल्लामा पत्रकारको पीसीआर टेस्ट गर : पत्रकार महासंघ

३० वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । वीरगञ्जमा पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि विज्ञप्ति जारी गरी महासंघले पत्रकारलाई आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न पनि माग गरेको छ । मंगलबार पुष्टि भएका ५७ जना कोरोना संक्रमितमा […]

लत्रिएको तारबाट करेन्ट लागेर धादिङमा १ जनाको मृत्यु

३० वैशाख, धादिङ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१०, जयपुरीमा लत्रिएको तार छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएका ठाउँमा करेन्ट लागेर १६ वर्षीया विपना चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिइन् । गाउँमा लगिएको विद्युत्को नाङ्गो तार […]

सिन्धुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

३० वैशाख, काठमाडौं । सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–८ बसतपुर बस्ने ५२ वर्षीय रणवहादुर सुनुवार रहेका छन् । मंगलबार डुमरियास्थित सडकमा पैदल हिँडिरहेको समयमा मे.१ ज १५४३ नम्बरको जिपले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल […]

प्यूठानमा ११ जनामा कोरोना एन्टिबडी पोजेटिभ

३० वैशाख, प्यूठान । जिल्लाको प्यूठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएकोमा एन्टिबडी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेकामध्ये ११ को एन्टिबडी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकाको परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो । उनीहरु […]

उपत्यका विकास प्राधिकरणले नयाँ आयोजना सुरु नगर्ने

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले यो वर्ष नयाँ आयोजना निर्माण अघि नबढाउने भएको छ । प्राधिकरणले लकडाउनअघि ठेक्का लागिसकेका र काम अन्तिम चरणमा पुगेका आयोजना पूरा गर्नमा ध्यान दिने जनाएको छ । प्राधिकरणले ठेक्का लागिसकेका सडक विस्तार, सार्वजनिक जग्गा सरंक्षण र जग्गा आयोजना विकासका काम सार मसान्तसम्म सक्ने गरी अघि बढाएको छ […]

घर फर्किन चाहने नेपालीको आवश्यक व्यवस्था मिलाउन उत्तर प्रदेशका मुख्यमन्त्रीको निर्देशन

३० वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनको कार्यालयले उल्लेख गरे अनुसार आदित्यनाथले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् । काम, पढाइ तथा अन्य […]

१० दिनमा वुहानका सबै मानिसको कोरोना परीक्षण गर्दै चीन

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानका सबै नागरिकको परीक्षण गराउने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले १ करोड १० लाख जनसंख्या भएको यो सहरका सबै मानिसमा कोरोना परीक्षण गर्ने योजना बनाएको हो । चीनले अहिले अघि सारेको योजना प्रारम्भिक चरणमा देखिएको छ । वुहानका सबै जिल्लाहरुलाई १० दिनमा कसरी […]

मनमोहन अस्पताललाई अढाइ लाख जरीवाना, नर्भिकसँग लिखित जवाफ माग

३० वैशाख, काठमाडौं । सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै वाणिज्य विभागले मनोमोहन मेमोरियल अस्पताल ठमेललाई जरिवाना गराएको छ । यस्तै बढी शुल्क असुलेको उजुरीपछि नर्भिक अन्तराष्ट्रिय अस्पतालसँग विभागले लिखित स्पष्टीकरण माग गरेको छ । मंगलबार गरिएको अनुगमनमा अल्ट्रा साउण्ड (यूएसजी) सेवा दिँदा धेरै नाफा लिएको पाइएपछि दुई लाख पचास हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति […]

उपराष्ट्रपतिको स्वाबको नमुना संकलन

३० वैशाख, काठमाडौं । संघीय संसदको छैटौं अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमुना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी […]

भारतीय अतिक्रमणविरुद्ध हेटौंडामा प्रदर्शन

३० वैशाख, हेटौंडा । भारतले नेपाली भूमि मिचेर सडक बनाएको भन्दै हेटौंडामा बिरोध प्रदर्शन भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बुद्ध चौकमा भेला भएर युवाहरुले मंगलबार  प्रदर्शन गरेका हुन् । ‘खराब छिमेकी चाहिँदैन, सीमा मिच्न पाइँदैन’, ‘लिपुलेक हाम्रै हो’, ‘ए सरकार भारतीय हस्तक्षेपलाई अन्तराष्ट्रिय करण गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् […]

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी, बाग्मती पुछारमा

३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको छ । गत आवमा प्रदेश नं २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको […]

प्रचण्डले जिम्मा लिएपछि नेकपामा स्थायी कमिटी बैठक, के छ एजेण्डा ?

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको […]

गर्भवती र सुत्केरीलाई राहतमा सरसफाई किटसँगै पौष्टिक आहार

३० वैशाख, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली–४ की लालमती देवीको परिवारका पुरुष सदस्यहरु ज्याला मजदुरी गर्न जान्थे । एक हप्तामा पैसा ल्याएर चामल, दाल, नुन, तेल किनेर खाने गर्थे । लकडाउन भएदेखि काम बन्द थियो । परिवारलाई छाक टार्न गाह्रो भइरहेको थियो । लकडाउनमै गाउँमा गहुँ कटान सुरु भयो, त्यसवापत आएको गहुँले केही दिन गुजारा […]

कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम फाले

३० वैशाख, पोखरा । पोखरा महानगरपालिका ८ बस्दै आएका सोलुखुम्बुका अभिषेक बस्नेत करिब तीन महिनाअघि कामका लागि भारतको कर्नाटक क्षेत्र गएका थिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनमा उनी परे । लकडाउन लम्बिरह्यो । त्यसैले उनले हिँडेरै नेपाल आउने निर्णय गरे । ७ दिनमा उनी कर्नाटकबाट नेपाल भारत सीमा आए […]

प्रिबजेट छलफलमा सांसदले खोजे प्रधानमन्त्री र अर्थमन्त्री

३० वैशाख, काठमाडौं । सांसदहरुले प्रतिनिधिसभामा भइरहेको बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा प्रधानमन्त्री र अर्थमन्त्रीको उपस्थिति हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले विश्व कोरोनासँग लडिरहेका बेला मुलुकलाई कसरी चलाउने, जनताको जीवनरक्षा कसरी गर्ने भन्ने विषयमा जनप्रतिनिधिले राय दिइहेका बेला प्रधानन्त्रीेको उपस्थिति संसदमा हुनुपर्ने बताए । ‘अहिलेको अवस्था, आम नागरिक, चिकित्सकहरुको धारणा, श्रमिकहरुको […]

वीरगञ्जमा दुई पत्रकारलाई पनि कोरोना संक्रमण

३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । […]

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको […]

भारतको विरोध गर्दा मसालका १३ नेता कार्यकर्ता समातिए

३० वैशाख काठमाडौं । लिपुलेकमा भारतले गरेको सीमा अतिक्रमविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनमोर्चाका १३ जना नेता÷कार्यकर्ता मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मसालका प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, विद्यार्थी नेता विमल पोख्रेल, जनजाति नेता निमबहादुर बुढा, रामबहादुर बुढा, लक्ष्मणदेव पाण्डे, नारायण आचार्य, मनु बिक, धर्म सिमाली, विकास भुसाल, विष्णु ओली, […]



from समाचार – Online Khabar https://ift.tt/3crUgZY
via IFTTT
Powered by Blogger.