Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सहुलियत दिन ऋणीको वर्गीकरण गर्दैछन् बैंकहरु

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मारमा परेकालाई सहुलियत दिन बैंकहरुले ऋणीको वर्गीकरण थालेका छन् । ऋणीलाई रेड (रातो), यल्लो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिममा वर्गीकरण गरी फरक फरक सहुलियत दिने बैंकहरुको तयारी छ । कोरोना महामारीपछि उत्पन्न परिस्थितिका कारण सबैभन्दा धेरै असर परेका ऋणीलाई ‘रेड’, थोरै असर परेकालाई […]

भारतमा क्वारेन्टाइनमा बसेका २ सय ४२ लाई नेपाल ल्याइयो

३० वैशाख, भीमदत्तनगर । भारतमा ४५ दिन क्वारेन्टाइन बसेका २ सय ४२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो । आइतबार र सोमबार राति गरी दुई दिन सीमावर्ती भारतीय बजार वनवासाको स्कूलमा क्वारेन्टाइन बसेका २५१ जनामध्ये पहिलो दिन ७५ र सोमबार राति १६७ जनालाई भारतीय पक्षसित समन्वय गरी […]

सप्तरीका संक्रमित युवकको सम्पर्कमा आएका १७ जना क्वारेन्टाइनमा

३० वैशाख, सप्तरी । सप्तरीमा कोरोना संक्रमित देखिएका युवकसँग सम्पर्कमा आएका १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ वर्षीय युवकमा संक्रमण भएको पाइएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका १२ जनासहित १७ जनालाई पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको वडा अध्यक्ष प्रदीप साहले जानकारी दिए । लकडाउनको समयमा गत वैशाख ९ गते चितवनबाट […]

सरकारले बजेटमा कोरोना महामारीलाई नजरअन्दाज गर्दैछ : पूर्वअर्थमन्त्री कार्की

३० वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोना महामारीलाई नजरअन्दाज गर्दै बजेट ल्याउन लागेको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले कोरोनालाई नजरअन्दाज गरेर सरकारले परम्परागत ढंगबाट बजेट ल्याउने तयारी गरेको बताए । नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र […]

रुसको कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

३० वैशाख, काठमाडौं । रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १ सय ५० मानिसको उद्धार भएको छ । रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा […]

पौडेल दम्पत्तीले बिहे खर्च कटाएर गरे कोरोना कोषमा सहयोग 

३० वैशाख, चितवन । वैशाखको महिना बिहेवारीको सिजन मानिन्छ । तर कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले जारी गरेको लकडाउनका कारणले विहे गर्ने पूर्वयोजना बनाएका धेरै जोडीहरुले बिहे गर्न पाएनन् । तर कतिपयले भने लकडाउनकै बेलामा समेत थोरै संख्यामा जन्ती गएर बिहे गरेका छन् । यस्तै एक जोडीमा पर्दछन् भरतपुर महानगरपालिका वडा नम्बर १० का […]

बजेट राष्ट्रिय सुरक्षा र कृषिमा केन्द्रित हुनुपर्छ : भीम रावल

३० वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने बताएका छन् । कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । देश र जनता सुरक्षित नभई कुनै पनि […]

पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

३० वैशाख, वीरगञ्ज । पत्रकार तिवारी यादव माथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग राख्दै पर्साका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जराले मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेका हुन् । सरकारी निकायले बिभिन्न […]

नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे

३० वैशाख, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको […]

दिल्लीबाट हिँडेरै जोगवनी, भारतीय प्रहरीले सीमा कटायो

३० वैशाख, विराटनगर । भारतको नयाँ दिल्लीबाट ११ दिनको पैदल यात्रापछि ११ युवा विराटनगरको सीमावर्ती क्षेत्र रानी आइपुगेका छन् । लकडाउनका कारण खान समस्या भएपछि उनीहरु ११ दिन पैदल र केही स्थानमा ट्रक चढेर नेपाली भूमि आएका हुन् । राति करिब १२ बजे सीमावर्ती क्षेत्र जोगवनी आइपुगेकाहरुलाई भारतीय प्रहरीले २ बजे चोरबाटो हुँदै नेपाल पठाएको […]

डेढ महिनापछि खुलेको सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’

३० वैशाख, काठमाडौं । लकडाउनकै बीच मंगलबार खुलेको सेयर बजार नेगेटिभ सर्किट ब्रेकल लागेर बन्द भएको छ । २ प्रतिशत घटे बन्द हुने नयाँ व्यवस्था अनुसार १२ बजेर २३ मिनेट जादा बजारमा नेगेटिभ सर्किट लागेर बन्द भएको हो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ३० अंकले घटेर १ हजार २ सय २६ […]

भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीलगायत पक्राउ

३० वैशाख, काठमाडौं । लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् । लैनचौरस्थित भारतीय दूतावासअगाडि मंगलबार बिहान प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको मानव अधिकार तथा शान्ति समाजका एक अभियन्ताले जानकारी दिए । प्रदर्शनमा उत्रिएकाहरूले ‘लिपुलेक सडक […]

प्रकाश चन्दले कपिलवस्तुमा चलाए नि:शुल्क स्वास्थ्य शिविर

३० वैशाख, कपिलवस्तु । लकडाउनको बेला नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशचन्दसहितका स्वास्थ्यकर्मीहरूले कपिलवस्तुको शिवराज नगरपालिककामा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विप्लवको गृहनगर रहेको शिवराज नगरपालिका-९ का विभिन्न स्थानमा गरिएको शिविरमा ५३० जना बिरामीको उपचार गरिएको प्रकाशले अनलाइनखबरलाई जानकारी दिए । चिकित्सा शिक्षा संघर्ष समिति र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको संयुक्त आयोजनामा गरिएको […]

कृषि विश्वविद्यालयमा बीउ प्रशोधनको चटारो, आफ्नै ब्रान्डमा बेच्ने योजना

३० वैशाख, चितवन । लकडाउनले अन्य क्षेत्र सुस्ताइरहेका बेला चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा रहेको बिउ प्रशोधन केन्द्र तथा बिउ परीक्षण प्रयोगशालामा भने निकै चटारो र हतारो छ । बर्खा नजिकिएसँगै किसानहरूलाई धानको बिउ दिनुपर्ने भएकोले बिउ प्रशोधनको काम धमाधम भैरहेको छ । प्रतिघण्टा एक टन बीउ प्रशोधन गर्न सक्ने क्षमता भएको केन्द्र […]

पेस्तोलसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत फेला

३० वैशाख, सुर्खेत । पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्तले मंगलबार  बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दुरीमा फेला […]

प्रदेश १ को बजेट आकार घट्ने, कृषि र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

३० वैशाख, विराटनगर । प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण प्रक्रिया जारी राखेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भए पनि कृषि, साना मझौला व्यवसायहरूलाई राहत दिने र स्वास्थ्य तथा शिक्षालाई उच्च […]

भारतमा कोरोना संक्रमित ७० हजार नाघे

३० वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार छ सय नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै, भारतमा कोरोना भाइरसका […]

प्रदेश १ को बजेट अधिवेशन १३ जेठमा आह्वान गर्ने तयारी, दुरी कायम गराउन समस्या

३० वैशाख, विराटनगर । प्रदेश नं. १ को वर्षे अधिवेशन (बजेट अधिवेशन) आगामी जेठ १३ गते आह्वान गर्ने तयारी भएको छ । हालको बैठक कक्ष साँघुरो भएकाले सामाजिक दुरी कसरी कायम गराउने भन्ने समस्या आइपरेको छ । सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन सुरु गर्ने विषयमा मुख्यमन्त्री शेरधन राईसहित सरकारका मन्त्री, प्रमुख विपक्षी दलका नेता र सत्तारुढ […]

बाँकेका पहिलो संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ

३० वैशाख, कोहलपुर (बाँके) । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित व्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका-७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा‍‍. प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा संक्रमण पुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा […]

कुखुराको अण्डाले दिएको सुख : विदेशिनु परेन, राज्यसँग गुनासो छैन

३० वैशाख, काठमाडौं । लकडाउन लागेको डेढ महिना नाघिसक्यो । थाहा छैन, कहिलेसम्म लम्बिन्छ। जहिलेसम्म लम्बियोस्, ललितपुरको गोदावरीमा बस्ने गजेन्द्र नेम्वाङ र श्रीमती सविता नेम्वाङलाई लकडाउनले खासै अत्याएको छैन । उनीहरू निरन्तर काममै व्यस्त छन्। गोदावरीमा विगत १० वर्षदेखि कुखुरापालन गर्दै आएका उनीहरूको व्यस्तता लकडाउनले कम गराउन सकेको छैन । कुखुरा पाल्नका लागि उनीहरूले ७ […]

लहानमा टाउको काटिएको अवस्थामा शव फेला

३० वैशाख, जनकपुरधाम । सिराहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दुरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार […]



from समाचार – Online Khabar https://ift.tt/2WmhXx7
via IFTTT
Powered by Blogger.