Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लहानमा टाउको काटिएको अवस्थामा शव फेला

३० वैशाख, जनकपुरधाम । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार […]

मेडिकल कलेज सञ्चालक भन्छन्- आर्थिक संकटमा पर्‍यौं, राहत चाहियो

३० वैशाख, चितवन । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण ठूला मेडिकल कलेज सन्चालकहरुले आर्थिक संकटमा परेको बताएका छन् । बिरामी नै आउन छाडेकाले आर्थिक संकटमा परेको भन्दै मेडिकल कलेज सञ्चालकहरुले सरकारसँग राहत माग गरेका छन् । देशभर १८ वटा मेडिकल कलेज छन् । हरेकजसो मेडिकल कलेजमा दैनिक करीब १५ सय बिरामीले उपचार सेवा लिने […]

१०१ वर्ष पुगे सत्यमोहन जोशी, अमेरिकी राजदूतले दिए शुभकामना

३० बैशाख, काठमाडौं । ललितपुर निवासी शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् । जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी […]

दशगजाबाट लुकिछिपी आएका थिए रुपन्देहीका ६ जना संक्रमित, एकजना भैरहवासम्म पुगेका थिए

३० वैशाख, बुटवल । कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका ६ जना लकडाउनकै बीचमा भारतीय सीमा क्षेत्रबाट लुकिछिपी रुपन्देही आएको खुलेको छ । भारतको मुम्बई, नयाँदिल्लीलगायतका शहरबाट दशगजासम्म आइपुगेका उनीहरु सुरक्षाकर्मीको आँखा छलेर एक हप्ताअघि नेपाल भित्रिएका हुन् । सोमबार कोरोना संक्रमण पुष्टि भएका ६ जनामध्ये ४ जना भारतसँग सीमा जोडिएको सम्मरीमाई गाउँपालिका-७ का र २ […]

कोरोना कहरबीच भारतमा रेल सेवा सुरु, दिल्ली मेट्रो पनि सुरु गर्ने तयारी

३० वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो । मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ । यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म […]

कर्णालीमा पनि लकडाउन खुकुलो, नाकामा क्वारेन्टाइन

३० वैशाख, काठमाडौं । गत साता सबै नाका सिल गरेको कर्णाली प्रदेश सरकारले लकडाउन खुकुलो बनाइएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन खुकुलो हुने गरी विभिन्न निर्णयहरु गरेको हो । बैठकले यसअघि सिल गरिएका नाकामा आवतजावतलाई कडाइ मात्रै गर्ने निर्णय गरेको छ भने कृषि तथा विकास […]

दुई दिन घरमा बसेर क्वारेन्टाइनमा गएका थिए कपिलवस्तुका कोरोना संक्रमित

३० बैशाख, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का तीनजना कोरोना संक्रमित व्यक्ति भारतबाट आएर दुई दिन घरमा बसेपछि मात्रै क्वारेन्टाइनमा गएको खुलेको छ । भारतको मुम्बईबाट रेल र ट्रकमा यात्रा गर्दै उनीहरु लकडाउनकै बीचमा सुरक्षाकर्मीलाई छलेर एकहप्ता अघि घर आएका थिए । भारतबाट नेपाल प्रवेश गरेर दुई दिनसम्म घरमा बसेको छिमेकीले थाहा पाएपछि मात्रै उनीहरुलाई […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

३० बैशाख कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र.०२–००३ प.३३२७ नम्वरको मोटरसाइकल गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित बनबेहडा नजिकै दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्वर १ बस्ने ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ मोटरसाइकलमा सवार १५ वर्षीय माइकल शाही घाइते भएका छन् । जिल्ला प्रहरी […]

ललितपुरकी कन्चन अमात्यलाई लन्डनमा शाही सम्मान

डिसी । ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यले बेलायतको शाही सम्मानका साथ मानवता सेवा पुरस्कार प्राप्त गरेकी छन् । उनले मानव सेवामा गरेको कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उक्त पुरस्कार दिएको हो । यो सम्मान पाउने उनी सम्भवत पहिलो नेपाली युवा नेतृत्व हुन् । गत वर्ष २०१९ मा […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो, ह्वाइट हाउसमा पनि मास्क प्रयोग सुरु

३० वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८० हजार नाघेको छ । संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न थालेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ […]

असम्भव छैन नेपाल-भारत सीमा समस्याको समाधान

२९ वैशाख, काठमाडौं । सन् २०१५ जूनमा भएको ‘ल्याण्ड बाउन्ड्री एग्रिमेन्ट’ पछि भारत र बंगलादेशबीचको सिमाना विवाद अन्त्य भयो । ढाकामा भएको सम्झौतापछि बंगलादेशले ४२ हजार ८४४ विघा (१७, १६० एक्कड) पायो भने भारतले १७ हजार ७५२ विघा (७१,११० एक्कड) भूभाग प्राप्त गर्‍यो । ४१ वर्षदेखिको सीमा विवाद अन्त्य गर्ने क्रममा भारतले २५ हजार विघाभन्दा […]

भारतमा लकडाउन खुकुलो हुँदा दशगजामा नेपालीको चाप

२९ वैशाख, काठमाडौं । नेपाल-भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली जम्मा भएको पाइएको छ । तीमध्ये २ हजार ३ सय ८५ जना विभिन्न प्रदेशका नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । अरु सीमा क्षेत्रको क्वारेन्टाइनमा राखिएका छन् । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरणअनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ […]

सिद्धान्त हेर्दै थाहा भो, यसपालिको बजेट पनि पुरानै ढर्राको !

३० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट एक असामान्य परिस्थितिमा आउँदैछ । यस अवस्थामा १५ जेठका लागि सरकारले तयारी थालेको बजेटको सिद्धान्त र प्राथमिकताले भने आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट फेरि पनि पुरानै ढर्रा, शैली र प्राथमिकतामा टेकेर आउने स्पष्ट देखिएको छ । यसबेला खास गरी स्वास्थ्यजन्य, मानवीय र आर्थिक, तीन […]

भारतसँग विवाद गरिरहनुभन्दा सिमानामा पर्खाल लगाउनु राम्रो : माधव नेपाल

२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् । ‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको […]

भारतलाई नेपालको प्रतिउत्तर : लिपुलेकबारे वार्ता गर्न कोरोना अन्त्यसम्म पर्खिन सक्दैनौं

२९ वैशाख, काठमाडौं । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ । साथै, त्यसलाई यथास्थितिमा राख्न पनि नेपालले माग गरेको छ । जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गर्दै सीमा समस्याबारे कोरोना […]

लिपुलेकमा भारतले सडक बनाएको विरोधमा नेविसंघको राँके जुलुस

२९ वैशाख, काठमाडौं । भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार साँझ काठमाडौंमा राँके जुलुस निकालेको छ । काठमाडौंको थलीमा नेविसंघको एक समूहले राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ संक्रमित

२९ वैशाख, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार भेटिएका संक्रमितको संख्या २४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । कपिलवस्तुमा एकैदिन […]

रक्षामन्त्रीसँगै हेलिकप्टरमा कालापानी हेर्न गएकी उपसभामुख भन्छिन्- हामी गोविन्द गौतम बन्न चाहन्नौं !

२९ वैशाख, कैलाली । गत ५ फागुनमा महोत्सव उद्घाटन गर्न दार्चुला पुगेका उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सीमा ‘निरीक्षण गर्न’ हेलिकप्टर चढेर कालापानीतर्फ गए । १४ जनाको टोलीमा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी पनि थिइन् । भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमण बढाएको चर्चा चलेकै बेला सरकारका उपप्रधानमन्त्रीले सीमा निरीक्षण गरेको समाचारले […]

विश्वसनीयतामा प्रश्न उठे पनि सरकारले आरडीटी टेस्ट नरोक्ने

२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्वसनीयतामा प्रश्न उठे पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीवडी परीक्षण नरोकिने बताएका छन् । सोमबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको वैठकमा उनले आरडीटी विधिको विश्वसनीयता र कमजोरीमा ध्यान दिँदै निरन्तरता दिने बताएका हुन् । ‘आरडीटी टेष्टलाई […]

कालापानी नजिकै हेलिकप्टरबाट पुर्‍याइँदैछ सशस्त्र प्रहरी

२९ वैशाख, काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी  नजिकैको छाङरुमा सशस्त्र प्रहरीको […]

लिपुलेकमा सरकारको रणनीति : भारतसँग छिनोफानोपछि चीनसँग वार्ता

२९ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि लिपुलेकमा सीमा विवाद फेरि बल्झिएको छ । यो पटक दक्षिणी छिमेकी भारतसँगै उत्तरी छिमेकी चीनमाथि पनि प्रश्न उठेको छ । सन् २०१५ मा भारत र चीनले नेपाललाई थाहै नदिई लिपुलेकलाई द्विदेशीय व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए । त्यसबेला नेपालले दुवै देशलाई कूटनीतिक नोट […]



from समाचार – Online Khabar https://ift.tt/2WmOnYf
via IFTTT
Powered by Blogger.