Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विदेशमा रहेका नेपालीको कसरी उद्धार गर्ने ? यस्तो छ कांग्रेसको रोडम्याप

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसको रोकथामका लागि गरिरहेको लकडाउनका कारण भारत तथा श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरुको समस्या बढ्दो छ । उनीहरुलाई उद्धार गर्न सरकारमाथि दबाव बढिरहेको छ । यूएई लगायतका देशले नेपालमै ल्याएर छाडिदिन्छौं भन्न थालेका छन् भने भारतमा रहेकाहरु सीमा नाकामा आउन थालेका छन् । प्रमुख विपक्षी […]

गाउँपालिका अध्यक्षको विज्ञप्ति : बर्दियाको कोरोना संक्रमित दाङको अस्पतालमा नल्याऊ

३१ वैशाख, बुटवल । दाङको शान्तिनगर गाउँपालिकाले बर्दियाका कोरोना संक्रमित बिरामीलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउन नपाइने भनी विज्ञप्ति जारी गरेपछि त्यसले तरंग ल्याएको छ । शान्तिनगर गाउँपालिका अध्यक्ष कमासिंह डांगीले बर्दियाको कोरोना संक्रमित बिरामी उपचारका लागि दाङ ल्याउन नपाइने भन्दै कोरोना फैलिएमा त्यसको जिम्मेवारी सरोकारवाला पक्षले नै लिनुपर्ने चेतावनी दिएका छन् । ‘… […]

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा पुग्यो २ अर्ब ३० करोड

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेटमध्ये दुई अर्ब ३० करोड ३२ लाख रुपैयाँ स्थानीय तहमा पठाइएको छ । सरकारले स्थानीय तहलाई सशर्त अनुदानका रुपमा यो रकम बाँडफाँट गर्छ । स्थानीय तहले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गर्नेगरी यो रकम खर्च गर्नुपर्ने हुन्छ। अर्थ मन्त्रालयका अनुसार श्रम […]

वीरगञ्जका १८ जना संक्रमित अस्पतालबाहिर

३१ वैशाख, काठमाडौं । कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा  शय्या अभाव भएपछि १८ जना कोरोना संक्रमित अस्पतालबाहिर रहेका छन् । मंगलबार नै संक्रमण पुष्टि भए पनि शय्याको अभावले उनीहरुलाई अस्पताल लान नसकिएको हो । नरायणी अस्पतालको स्रोत अनुसार अहिले अस्पतालमा ६९ जना कोभिड  १९ का बिरामी उपचाररत छन् । बाँकी १८ जना अझैसम्म क्वारेण्टाइनस्थल […]

भक्तपुरको शंखधर चोक वरपर सिल

३१ वैशाख, काठमाडौं । मंगलबार एक महिलामा संक्रमण भेटिएपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो । सिल गरिएको क्षेत्रमा […]

कहीँ नभएको जात्रा धनगढीमा ! सालको रूखमुनि कालोपत्रे !

३१ वैशाख, धनगढी । शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २०७३ फागुन र चैतमा विज्ञापन गरेर ५० किलोमिटर सडक कालोपत्रे गर्न बोलपत्र आह्वान गर्‍यो । पाँचवटा प्याकेजमा निकालिएको त्यो बोलपत्रको ठेक्का धनगढीकै दुईवटा ठेकेदार कम्पनी रोयल जेभी, केएस जेभीले पाए । रोयल जेभी निर्माण व्यवसायी संघ कैलालीका […]

क्वारेन्टाइनको चटारो : बारबर्दिया नगरपालिकाबाट सिकौं

३१ वैशाख, बर्दिया । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि लकडाउन छिचोल्दै शहरबाट मानिसहरु गाउँ फर्किए । शहरका मानिस गाउँ फर्किँदा उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चटारो स्थानीय तहलाई पर्यो । सरकारले देशभर लकडाउन गरेपछि कतिपय मानिसहरु हिँडेरै भए पनि गाउँ फर्किए । कतिपय स्थानीय तह र जनप्रतिनिधिले अलपत्र परेकाहरुलाई गाडीको व्यवस्था गरेर गाउँ फर्काए । […]

नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ

३१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ । नेपाल एयरलाइन्सले पछिल्लो समय यात्रु तथा कार्गो उडानका दौरान चार्टर्ड उडानहरु गरिरहेको छ । यस परीक्षणले थप सुरक्षित महसुश गराएको उनले बताएका छन् । […]

आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान नारायणकाजीको आग्रह

३१ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत् नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका छन् । उनले आफूले खतरा महसुस नगरेको र आफ्नोभन्दा राष्ट्रको […]

रुपन्देहीका सात स्थानीय तहमा निषेधाज्ञा

३१ वैसाख, बुटवल । जिल्लामा कोरोना संक्रमित बढेपछि रुपन्देही प्रशासनले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको […]

नेप्से ओरालो लागेपछि ४० मिनेटमै सेयर बजार बन्द

३१ वैशाख, काठमाडौं । सेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको […]

ललितपुरको आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल

३१ वैशाख, काठमाडौं । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो । कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल […]

भारतमा २४ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट निको हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा २४ हजार तीन सय ८५ संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार नौ सय ३० जना संक्रमित निको भएर फर्किएका हुन् । यद्यपि निको हुनेको संख्याभन्दा थपिएका नयाँ संक्रमितको […]

जनकपुरका पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि

३१ वैशाख, जनकपुरधाम । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । ४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई […]

जसपाको पहिलो वरीयतामा महन्थ, आठ सदस्यीय निर्देशक समिति गठन प्रस्ताव

३१ वैशाख, काठमाडौं । अघिल्लो साता एकीकरण भएको जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व व्यवस्थापनबारे छलफल सुरु गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) बीच एकीकरण भएको तीन हप्तापछि नेतृत्वमा को-को बस्ने भन्ने विषयमा छलफल गरेका हुन् । एकीकृत पार्टीमा ८ जनाको निर्देशक समिति बनाउने विषयमा छलफल भइरहेको एक नेताले जानकारी […]

चिनियाँ सेनाले आफ्नै विमानमार्फत नेपाल ल्याइदियो मेडिकल सामग्री

३१ वैशाख, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो । मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो । यसमा मास्क, गगल्स, […]

सीमामा भारतीय सुरक्षाकर्मीको असहयोग

३१ वैशाख, रौतहट । लकडाउनमा भारततर्फ रोकिएका नेपाली तथा नेपालतर्फका भारतीयलाई यथास्थानमै व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । तर भारततर्फ रोकिएका नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीले नै सीमापार गर्न लगाइरहेका छन् । मंगलबार राति भारतीय सुरक्षाकर्मीले रौतहटको नेपाल–भारत सीमाक्षेत्र इशनाथको औरैयामा १७ नेपालीलाई सीमापारि पठाइदिएका छन् । सीमाक्षेत्रमा भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) र नेपालतर्फ सशस्त्र प्रहरी बलले […]

सर्लाहीका कोरोना संक्रमित मानसिक सन्तुलन गुमाएका व्यक्ति

३१ वैशाख, जनकपुरधाम । पछिल्लो पटक सर्लाहीमा फेला परेका कोरोना संक्रमित ४५ वर्षीय पुरुष मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति सार्वजनिक गरेको २६ जना संक्रमितको सूचीमा एक जना सर्लाहीका व्यक्ति पनि छन् । उनी हरिपूर्वा नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । ४५ वर्षीय ती पुरुषको […]

अमेरिकाबाट गायक हिमाल सागर : अभरमा परेँ, नेपाल फर्किन पाउँ

३० वैशाख, काठमाडौं । सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका गएका गायक हिमाल सागर लकडाउनका कारण ७० दिनदेखि त्यहीँ ‘अलपत्र’ परेका छन् । आफू र आफूजस्तै अभरमा परेका नेपालीहरुलाई नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग उनको आह्वान छ । अमेरिकामा बस्ने नेपाली समुदायको निमन्त्रणमा गत २८ फेब्रुअरीमा एक महिने यात्राका लागि उनी अमेरिका पुगेका थिए । नेपाली नयाँ […]

भीम रावल भन्छन्– मेरो परीक्षण भइसकेको छ, दुवाकोटका स्थानीयलाई जाँचौं

३१ वैशाख, काठमाडौं । नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदाय कोरोना सरेको हुन सक्ने नेता रावलको दाबी छ । तपाईका सुरक्षा गार्डलाई कारोना संक्रमण भएको हो ? अनलाइनखबरको प्रश्नमा रावलले भने, ‘उनी दुवाकोटतिर बस्दै आएका थिए, त्यहीँबाट […]

काठमाडौंकी कोरोना संक्रमित महिला मच्छेगाउँकी, महेन्द्रनगरबाट आएकी थिइन्

३१ वैशाख, काठमाडौं । काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको भएको खुलेको छ । उनी कन्चनपुरको महेन्द्रनगरबाट २९ गते काठमाडौं आएकी थिइन् । उनी सशस्त्र प्रहरी अस्पताल सतुंगलमा कार्यरत स्वास्थ्यकर्मीको परिवार भएको बताइएको छ । काठमाडौं आएलगत्तै उनी स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गएकी थिइन् । परीक्षण ग्रर्दा कोरोना पोजेटिभ पाइएको […]



from समाचार – Online Khabar https://ift.tt/35WOn4z
via IFTTT
Powered by Blogger.