समाचार
२९ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुबैसँग संवाद गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुबै मित्रराष्ट्रसँग प्रष्ट धारणा र एतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको रणनीति हुनुपर्ने बताए । ‘दुबै छिमेकी मित्र राष्ट्र संग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका […]
२९ वैशाख, काभ्रे । न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइए त्यस्ता उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो । यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भए नभएको त्यसको अनुगमन गर्ने […]
२९ वैशाख, काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको पीसीआर प्रविधिबाट परीक्षण बढेको छ । पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । […]
२९ वैशाख, काठमाडौं । भारत–चीनको लिफु भञ्ज्याङ्गलाई व्यापारिक मार्ग बनाउने भारत र तीनको सम्झौता रद्द गर्न निर्णायक वार्ता गर्न र नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन सार्वजनिकको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, मिनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइलीले संकल्प प्रस्ताव दर्ता गरेका […]
२९ वैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघ महामन्त्री वलदेव तिमिल्सिनाको नेतृत्वमा प्रदर्शनमा उत्रिएका २ दर्जन बढी विद्यार्थीलाई सोमबार अपराह्न ४ बजे माइतीघर मण्डलाबाट नियन्त्रणमा लिइएको हो । सीमा अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका एक विद्यार्थीले जानकारी दिए । […]
२९ फागुन, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ मा प्रेमिका गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै एक युवकविरुद्ध उजुरी परेको छ । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवती गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै युवतीले स्थानीय १९ बर्षका विशालबाबु चौधरीविरुद्ध गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा उजुरी दिएकी छन् । माझी […]
२९ वैशाख, पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो । चार फुट उचाइ र २० फुट […]
२९ वैशाख, वीरगञ्ज । पत्रकार तिवारी यादवमाथि प्रहरीले दुव्र्यबहार गरेको विरोधमा वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आह्वानमा वीरगञ्जको घण्टाघरमा भेला भएर पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन् । लकडाउन जारी रहेकै अवस्थामा सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म उनीहरुले घण्टाघर चोकमा उभिएर विरोध जनाएका थिए । वीरगञ्जमा प्रहरी ज्यादती बढेको […]
२९ वैशाख, बुटवल । रुपन्देहीका राजनीतिक दलहरुले नेपाल भारत सीमामा तथा विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउन माग गरेका छन् । उनीहरुले आधिकारिक बाटो खोलेर सीमामा अलपत्र नागरिकलाई स्वदेश ल्याउन र स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्न सरकारसंग माग गरेका हुन् । सोमबार भैरहवामा सम्पन्न सर्वदलीय बैठकले अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश नल्याएर सरकारले जिम्मेवारी पूरा […]
२० वैशाख, काठमाडौं । नेपाली भूमि अतिक्रमणविरुद्ध मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर शान्ति समाजले प्रदर्शन गरेको हो । बुटवलस्थित अस्पताल लाइनमा […]
२९ वैशाख, काठमाडौ । अर्वपति उद्योगी तथा सांसद विनोद चौधरीले कोरोनाका कारण निजी क्षेत्रसहित समग्र अर्थतन्त्र बिरामी भएको बताएका छन् । उनले सांकेतिक रुपमा निजी क्षेत्रलाई गोठको दुहुनो गाईको रुपमा ब्याख्या गरे । सांसदमा बजेटको सिद्धान्त तथा प्रथमिकतामाथिको छललफमा भाग लिँदै भने,’अहिले गोठको लैनो गाई बिरामी छ । उपचार भएन भने भोलि विहान-बेलुका दूध दुहुन […]
२९ वैशाख, कपिलवस्तु । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा सोमबार बिहानसम्म १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । जिल्लामा भारतबाट आएका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । कोभिड–१९ को संक्रमण पुष्टि भएका सबै लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए । भारतले लकडाउन खुकुलो बनाएसँगै […]
२९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा हाल युएईको दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । रन्जितले कुराकानी गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताए । कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिए पनि […]
२९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । सोमबार […]
२९ वैशाख, काठमाडौं । लिपुलेक मिचेर भारतले सडक निर्माण गरेको विरोधस्वरूप प्रदर्शनमा उत्रिएका पूर्वप्रशासकलगायत ५० जना माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वसचिव द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा नियन्त्रक सुकदेव भट्टराईलगायत छन् । उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ । भारतले नेपालको लिपुलेक मिचेर सडक निर्माण गरेको विषय प्रकाशमा आएपछि विरोधका […]
२९ वैशाख, काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरी वृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी […]
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आउँदो जेठ १५ गते सीमित बजेट मात्र ल्याउन सरकारलाई सुझाव दिएको छ । अहिले नै ठूलो आकारको बजेट ल्याउँदा कोरोना महामारीको प्रभाव नेपालमा र विश्व अर्थतन्त्रमा कति पर्छ अनुमान गर्न नसकिने हुनाले अहिले सीमित बजेट ल्याउँदा उपयुक्त हुने सुझाव दिएको हो । प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग […]
२९ वैशाख, राजविराज । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर आएको पाइएको छ । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको […]
२९ वैशाख, काठमाडौं । विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् । आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार […]
२९ वैशाख, काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘पक्राउ पर्नेहरुको स्क्रिनिङ गरिरहेका छौं ।’ ज्ञवालीका […]
२९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भाषण भन्दा काममा ध्यान दिन आग्रह गरेकी छन् । मन्त्रीले काम भन्दा बढ्ता भाषण गर्दै हिँडेको आरोप लगाउँदै उनले यस्तो बताएकी हुन् । ‘भाषण मात्रै दिने भए राजीनामा दिएर हामीसँगै आएर बोल्नुस् । होइन भने रिजल्ट दिन पर्यो’ गुरुङले सोमबार प्रतिनिधिसभा अन्तर्गतको […]
from समाचार – Online Khabar https://ift.tt/2YQyT0j
via IFTTT






















