Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जितलाई कोरोना संक्रमण

२९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा हाल युएईको दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । रन्जितले कुराकानी गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताए । कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिए पनि […]

चीनले दियो ४० हजार थान पीसीआर किट

२९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । सोमबार […]

पूर्वसचिव द्वारिका ढुंगेललगायत ५० जना माइतीघरबाट पक्राउ

२९ वैशाख, काठमाडौं । लिपुलेक मिचेर भारतले सडक निर्माण गरेको विरोधस्वरूप प्रदर्शनमा उत्रिएका पूर्वप्रशासकलगायत ५० जना माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वसचिव द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा नियन्त्रक सुकदेव भट्टराईलगायत छन् । उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ । भारतले नेपालको लिपुलेक मिचेर सडक निर्माण गरेको विषय प्रकाशमा आएपछि विरोधका […]

काठमाडौंका होटल र कोठामा चोरी, महिला, बालबालिकालगायत ११ समातिए

२९ वैशाख, काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरी वृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी […]

कांग्रेसको सुझाव : अहिले ठूलो बजेट नल्याऔं, साउनपछि पूरक अनुमान ल्याऔं

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आउँदो जेठ १५ गते सीमित बजेट मात्र ल्याउन सरकारलाई सुझाव दिएको छ । अहिले नै ठूलो आकारको बजेट ल्याउँदा कोरोना महामारीको प्रभाव नेपालमा र विश्व अर्थतन्त्रमा कति पर्छ अनुमान गर्न नसकिने हुनाले अहिले सीमित बजेट ल्याउँदा उपयुक्त हुने सुझाव दिएको हो । प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग […]

चितवनबाट पैदल सप्तरी पुगेका थिए संक्रमित युवक

२९ वैशाख, राजविराज । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर आएको पाइएको छ । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको […]

विदेशमा अप्ठ्यारोमा परेकालाई उद्धार गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता

२९ वैशाख, काठमाडौं । विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् । आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार […]

काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

२९ वैशाख, काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘पक्राउ पर्नेहरुको स्क्रिनिङ गरिरहेका छौं ।’ ज्ञवालीका […]

परराष्ट्रमन्त्रीज्यू भाषणमात्र होइन रिजल्ट चाहियो : सा‌ंसद गुरुङ

२९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भाषण भन्दा काममा ध्यान दिन आग्रह गरेकी छन् । मन्त्रीले काम भन्दा बढ्ता भाषण गर्दै हिँडेको आरोप लगाउँदै उनले यस्तो बताएकी हुन् । ‘भाषण मात्रै दिने भए राजीनामा दिएर हामीसँगै आएर बोल्नुस् । होइन भने रिजल्ट दिन पर्‍यो’ गुरुङले सोमबार प्रतिनिधिसभा अन्तर्गतको […]

गाउँ फर्किएका युवा सडक स्तरोन्नतिमा सक्रिय

२९ वैशाख, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीका युवा आफ्नो क्षेत्रका सडक बाह्रै महिना सञ्चालनमा ल्याउने गरी स्तरोन्नतिमा जुटेका हुन् । आठ वर्षअघि ट्र्याक खोलेर अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक खण्डको खार्मीस्थित […]

सप्तरीमा पनि भेटिए कोरोना संक्रमित

२९ वैशाख, काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका […]

सरकारले भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

२९ वैशाख, काठमाडौं । परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ । साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक […]

कालापानी नजिकै हेलिकप्टरबाट सशस्त्र प्रहरी पुर्‍याउँदैछ सरकार

२९ वैशाख, काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी  नजिकैको छाङरुमा सशस्त्र प्रहरीको […]

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

२९ वैशाख, फिदिम । पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले […]

नेपालको भूमि मिचिएकोप्रति डीएलएको भर्त्सना

२९ वैशाख, काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले भारतले नेपाली भूमि लिपुलेकलगायत क्षेत्र मिचेर सडक निर्माण गरेको कार्यको निन्दा र भर्त्सना गरेको छ । सुगौली सन्धिले नै उक्त भूभाग नेपालको हो भनी स्वीकारेको विषयमा भारतले एक पक्षीय रुपमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै हस्तक्षेप गरी नेपाली भूमिमा सडक निर्माण गर्नु भारतको हेपाहा […]

लिपुलेकमा सरकारको रणनीति : भारतसँग छिनोफानोपछि चीनसँग वार्ता

२९ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि लिपुलेकमा सीमा विवाद फेरि बल्झिएको छ । यो पटक दक्षिणी छिमेकी भारतसँगै उत्तरी छिमेकी चीनमाथि पनि प्रश्न उठेको छ । सन् २०१५ मा भारत र चीनले नेपाललाई थाहै नदिई लिपुलेकलाई द्विदेशीय व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए । त्यसबेला नेपालले दुवै देशलाई कूटनीतिक नोट […]

भारतसँग वार्ता गर्न सर्वदलीय टोली बनाऔं : सुजाता कोइराला

२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा समस्या समाधानका लागि सर्वदलीय वार्ता टोली गठन गर्न सरकारलाई सुझाव दिएकी छन् । सर्वदलीय वार्ता टोली बनाएपछि सबै दल एक ठाउँमा रहेको सन्देश जाने र भारतसँग कुरा गर्न सहज हुने उनको भनाइ छ । पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी सांसद कोइरालाले सोमबार प्रतिनिधि सभाको […]

अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना

२९ वैशाख, काठमाडौं । जारी बदली र वर्षाको श्रृंखलाले अझै केही दिन निरन्तरता पाउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विगत केही दिनदेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय रहेकाले यो अवस्था कायम रहने मौसमविद्को भनाइ छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव […]

भारतले नमाने ईपीजी प्रतिवेदन नेपाललाई बुझाऊ : साझा पार्टी

२९ वैशाख, काठमाडौं । साझा पार्टीले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतका प्रधानमन्त्रीले बुझ्न अस्वीकार गरे नेपालका प्रधानमन्त्रीलाई बुझाउनुपर्ने बताएको छ । सोमबार विज्ञप्ति जारी गरी साझा पार्टीले यदि भारतले उक्त प्रतिवेदन बुझ्न अझै पनि ढिलाइ गर्ने हो भने सो प्रतिवेदन सक्दो छिटो नेपाल सरकारलाई बुझाइनुपर्ने र सार्वजनिक गर्नुपर्ने माग गरेको हो । […]

संक्रमितको संख्या बढेसँगै चीनको नयाँ सहरमा लकडाउन

२९ वैशाख, काठङ्गाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै चीनले शुलान सहरमा लकडाउन घोषणा गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो क्षेत्रमा कोरोना भाइरसका ११ नयाँ संक्रमित भेटिएका छन् । यी सबै संक्रमितमा एक कपडा धुने महिलाबाट कोरोना भाइरसको संक्रमण सरेको हो । ४५ वर्षकी यी महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा […]

सहकारीहरुको गुनासो-कालीमाटीमा छिर्नै पाइएन, दिनमा ३ लाख लिटर दूध खेर गयो

२९ वैशाख, काठमाडौं । लकडाउनका कारण किसानले उत्पादन गरेको बिक्री गर्न नसकिएको साना किसान सहकारी संगठनहरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले किसानले उत्पादन गरेको वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकेको गुनासो गरे । उनले कालिमाटी तरकारी बजारमा विहान […]



from समाचार – Online Khabar https://ift.tt/3bh8awA
via IFTTT
Powered by Blogger.