Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संसदमा आजबाट प्रिबजेट छलफल सुरु हुँदै

२८ वैशाख, काठमाडौं । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ । नीति तथा […]

भारतप्रति सरकारको दलाली खुलारुपमा प्रकट भयो : विप्लव समूह

२८ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको विप्लव समूहको निष्कर्ष छ । भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट […]

नेपालले गुमाउन सक्छ वार्षिक २५ हजार खर्चालु पर्यटक

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि शुक्रबार नयाँ सडक खोल्यो । धार्चुला-लिपुलेक लिङ्क रोड नाम दिइएको यो सडक भारतको उत्तराखण्डस्थित पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्छ । यसले भारतीयहरूलाई नेपालको बाटोहुँदै कैलाश मानसरोवर यात्रा गराउने पर्यटन व्यवसायीमा चिन्ता बढाएको छ । अहिले नेपालबाट प्रत्येक […]

भारतले नेपाली भूमि मिचेको कि मिच्न दिइएको ?

२७ वैशाख, काठमाडौं । ‘मान्छेहरूले नक्सा सच्याउनुपर्‍यो भनेका छन् । नक्सा त प्रेसमा छाप्दा हुन्छ । नक्सा छाप्ने कुरा होइन, भूमि फिर्ता लिने कुरा हो । यो सरकारले भूमि फिर्ता लिन्छ ।’- केपी शर्मा ओली भारतले नेपाली भूभाग आफ्नो नक्सामा पारेकोमा आपत्ति जनाउनेहरूलाई ६ महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ हो यो । […]

ओली–प्रचण्ड संयुक्त वक्तव्य : भारतले सार्वभौमसत्तामा आँच पुऱ्यायाे

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा शनिबार साँझ जारी विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले शनिबार जारी गरेको […]

भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । […]

नेपाललाई भारतको जवाफ- लिपुलेकको सडक भारतीय भूमिमै बनाएका हौं

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएको चासोमा जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । तर, भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको […]

शनिबार थपिए ८ कोरोना संक्रमित

२७ वैशाख, काठमाडौं । शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् । यससँगै नेपालका कुल संक्रमितको संख्या ११० पुगेको छ । उनीहरुमध्ये २८ जना निको भएर घर फर्किएका छन् । पहिले श्रीमान, अहिले श्रीमती […]

भारतले क्वारेन्टाइनबाट निकाल्यो, सीमामा एसएसबीले कुटे

२७ वैशाख, कैलाली । भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् । उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँबाट भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले कुटेर लखेटेको डडेल्धुराका पर्शुराम नगरपालिका-१० कुर्मुल्लेका […]

नेकपा स्थायी कमिटी बैठक जेठ १५ अघि ‘असम्भव’

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार भेटवार्ता भइरहेको छ । शनिबार पनि दुई अध्यक्षबीच छलफल भएको छ । तर, स्थायी कमिटीको बैठक बोलाउन सहमति जुटेको छैन । नेकपा नेताहरुका अनुसार अब जेठ १५ मा बजेट ल्याएपछि मात्र बैठक बस्ने सम्भावना […]

रेमिट्यान्स : सबै देशबाट भित्रिन्छ ८७९ अर्ब, भारतले नेपालबाटै लैजान्छ ३६३ अर्ब

२७ वैशाख, काठमाडौं । सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर गुमाएर फर्किने करिब दुई लाख ८० हजार श्रमिक तुरुन्तै नेपाल आउने वैदेशिक रोजगार बोर्डको अनुमान छ । यसरी विदेशबाट […]

संसदमा शिवमायाले पेश गरेको ‘अध्यादेश’बारे शीतलनिवास बेखबर

२७ वैशाख, काठमाडौं । राष्ट्रपतिले खारेज गरिसकेका दुई विवादास्पद अध्यादेशहरु सरकारले शुक्रबार दुबै सदनमा प्रस्तुत गर्‍यो । अझ एक कदम अगाडि बढेर कानूनमन्त्री डा. शिवमाया तुम्वाहाम्फेले राष्ट्रपतिबाट जारी नै नभएको तेस्रो कथित अध्यादेश पनि संसदमा प्रस्तुत गरिन् । कानूनमन्त्री तुम्बाहाङफेले शुक्रबार दुबै संसदमा प्रस्तुत गरेको कथित अध्यादेशको नाम हो- ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको […]

दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै भारत

२७ वैशाख, रौतहट । लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । […]

चिनियाँ सहयोगको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

२७ वैशाख, काठमाडौं । चीनले नेपाललाई दिएको कोरोना भाइरसको उपचार तथा परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । पहिलो लटको सामान शनिबार काठमाडौं आइपुगेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जानकारी दिएकी छन् । उनले ट्वीट गर्दै टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका सामाग्री आएको जानकारी दिएकी हुन् । चीनले चैत […]

जातीय विभेदमा कार्यकर्ता थुनिने, सांसद रिहाइ माग्ने

विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य मन्त्रालयले कोरोनाका विरामीको संख्या गनिरहेको बेला जातीय विभेदको घटनाबारेको ग्राफ केलाउनु आफैंमा दुखद विषय हो । तर, पीडितले उजुरी दिएको पाँच दिनमा बल्ल–तल्ल प्रहरीले जाहेरी दर्ता गर्छ । अनि प्रदेश सभा सदस्यले सारा काम छाडेर हतार–हतार विभेदका दोषीलाई आफ्नो पार्टीको नेता भन्दै निसर्त रिहाइको मागसहित प्रेस विज्ञप्ति जारी गर्छन् […]

जितपुरमा नेपाली सेनाले बनाउन थाल्यो एकीकरण स्मृति उद्यान

२७ वैशाख, वीरगञ्ज । नेपाली सेनाले नेपाल एकीकरणको क्रममा अँग्रेजसँग भएको युद्धको स्मरणमा पार्क निर्माण गर्ने भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा केन्द्र सरकार र प्रदेश २ सरकारको सहयोगमा नेपाली सेनाले एकीकरण स्मृति उद्यान बनाउने भएको हो । पार्कको शनिबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरे । पार्क वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा […]

दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो

२७ वैशाख, दार्चुला । कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् । गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् । अस्पतालमा कार्यरत डाक्टर रोशन भगत चौरासिया र गौमा धामी अध्ययन बिदाबाट फर्किएका छैनन् । उनीहरुको समायोजनका बेला […]

क्वारेन्टाइनमा जुम्ल्याहा जन्म

२७ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी  एक महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन् । भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो । सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर […]

प्रदेश प्रयोगशालामा आयो एक हजार किट

२७ वैशाख, बुटवल । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका लागि कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आइपुगेको छ । किट अभावमा प्रयोगशालामा बैसाख २२ गतेदेखि कोरोना परीक्षण रोकिएको थियो । ‘किट सकिएको एक सातापछि एक हजार थान आइपुगेको छ’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले अनलाइनखबरसँग भने, ‘किट आएपछि रोकिएको परीक्षण सुचारु हुन्छ […]

आइतबारदेखि उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू

२७ वैशाख, काठमाडौं । भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार […]

आर्थिक पत्रकारसँग सांसदको गुनासो– खेदेको खेदै गर्नुभयो

२७ वैशाख, काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रममा छुट्टयाइएको बजेटको विषयलाई लिएर पत्रकारले खेदेको खेदै गरेको भन्दै सांसदहरुले गुनासो गरेका छन् । शनिबार प्रतिनिधि सभाको अर्थ समितिमा भएको आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्ने छलफलमा बोल्दै समितिका सदस्य सांसदहरूले पत्रकारसँग गुनासो गरेका हुन् । स्थानीय विकास साझेदारी कार्यक्रमलाई सांसद विकास कोष भनेर पनि बद्नाम […]



from समाचार – Online Khabar https://ift.tt/35PV4Wa
via IFTTT
Powered by Blogger.