Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा जाँदै

७ कात्तिक, काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको निरीक्षणमा जाँदैछन् । प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने […]

सर्लाहीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु   

७ कात्तिक, मलङ्गवा । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईश्वरपुर नगरपालिका-१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका-७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य […]

कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

७ कात्तिक, सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेको हो । ‘शुक्रबारदेखि शुरु भएको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ, प्रदेश सरकारबारे सबैको साझा बुझाइ छ । […]

‘विवादास्पद फैसला छानबिन गर्न समिति बनाऔं’

रञ्जन कोइराला जोडिएको मुद्दामा विवादास्पद फैसलापछि कानून व्यवसायीहरुले शुरु गरेको न्यायपालिका शुद्धीकरण अभियानले बहस बहिस्कारदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्नेसम्मको माग अघि सार्ने संकेत देखाएको छ । ६ कात्तिक, काठमाडौं । न्यायपालिका शुद्धीकरण अभियान शुरु गरेका कानून व्यवसायीहरुले सर्वोच्च अदालतबाट हालै भएका विवादास्पद फैसला र आदेशको छानविन गर्न न्यायाधीशको नेतृत्वमा वरिष्ठ अधिवक्ता रहेको अध्ययन समिति गठन […]

सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते

६ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली […]

दुर्घटना रोक्ने जिम्मेवारी कसको ? ट्राफिकलाई देखाउने अरु पन्छिने

६ कात्तिक, काठमाडौं । दशैं बिदामा घर फर्किएका विद्यार्थी सवार भे१ख ३१६७ नम्बर बस २७ असोजमा मुगुको छायानाथ रारा नगरपालिका-७, पिनाटपने खोलामा खस्दा ३३ जनाको मृत्यु भयो । फूलपातीका दिन नेपालगञ्जको सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढीतिर जाँदै गरेको बस भिरालो कच्ची बाटोबाट २०० मिटर तल खस्दा २४ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा निधन भयो […]

‘प्रधानन्यायाधीशका विवादित काम संसदले छानबिन गर्नुपर्छ’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह पूर्वन्यायाधीश फोरम, नेपालका अध्यक्ष छन् । पूर्वन्यायाधीशहरुले खोलेको यो संस्थाले बेलाबेलामा न्याय, कानून र संवैधानिक विषयवस्तुमा आफ्नो धारणा सार्वजनिक गर्छ । न्याय र विधीशास्त्रसम्बन्धी पुस्तकका लेखक समेत रहेका सिंहले नेतृत्व गरेको फोरमले शुक्रबार न्यायिक नेतृत्वको कामकारवाही र क्रियाकलापमाथि कडा शब्दमा टिप्पणी गर्दै प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गर्‍यो । अनि, छानविनका […]

सुनसरीमा एमालेको जिल्ला अध्यक्षमा विवाद

६ कात्तिक, विराटनगर । सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष को हो भन्ने विषयमा विवाद देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनभन्दा अगाडिका अध्यक्षलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत […]

प्रतिगमनको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको छ : ओली

६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताए । ‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो […]

भीमबहादुर विक हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

६ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका हुन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् । भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, […]

अपहरणका आरोपीले सफाइ पाएको प्रकरण : अनुसन्धान अधिकृतलाई कारबाही गर्न सिफारिस

६ कात्तिक, काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका अभियुक्तले सफाइ पाएको निष्कर्षसहित तीन प्रहरी अधिकारी कारबाहीमा पर्ने भएका छन् । भ्याल्ली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एक दुर्गाबहादुर बुढाथोकीले सफाइ पाएपछि छानविनका लागि गठित समितिले तीन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्बको बुद्ध मूर्ति

६ कार्तिक, बुटवल । गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साढे दुई अर्ब रुपैयाँ मूल्यको १८ सय किलोग्राम तौलको बुद्ध मूर्ति राखिने भएको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो । फाउण्डेसनले म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याएको हो । उक्त […]

शक्तिको पछाडि विकास कुद्ने परम्पराले पछाडि पर्‍यौं : मन्त्री झाँक्री

६ कात्तिक, बनेपा । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको टिप्पणी गरेकी छन् । उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् । नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले विना योजना र अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा […]

पार्टी अवैध भइसक्यो, निर्वाचन आयोगको निगाहामा बाँचेको छ : रामचन्द्र पौडेल

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेकाे टिप्पणी गरेका छन् । शनिबार कैलालीमा आयोजित कार्यक्रममा पौडेलले पार्टी विधान र मुलुकको संविधानअनुसार पार्टीको हालको केन्द्रीय कार्यसमितिले वैधानिकता गुमाइसकेको बताएका हुन् । पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको  र असाधारण अवस्थामा १ वर्ष […]

ओलीको टिप्पणी : भीम रावलले सकिन भनेर राजीनामा दिनुभो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिन भनेर १० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको बताएका छन् । आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताए । ‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा […]

थप ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै […]

दाङको लमहीमा दुर्घटना हुँदा नौ जना घाइते

६ कात्तिक, देउखुरी । दाङको लमहीमा शनिबार गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नंको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय […]

१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छ : माधव नेपाल

६ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए । ‘…आदेशको पालना गर्‍यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने […]

प्रधानन्यायाधीशको राजीनामा माग्नेबारे छलफल भएको छैन : अध्यक्ष श्रेष्ठ

६ कात्तिक, कठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको बताएको छ । अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक […]

भर्चुअल विधिबाट एसियन भैँसी सम्मेलन

६ असोज, चितवन । दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, […]

विराटनगरको एक मोबाइल पसलमा दोस्रो पटक चोरी

६ कात्तिक, विराटनगर । विराटनगरको महेन्द्र चोकमा रहेको मोबाइल पसलमा चोरी भएको छ । शुक्रबार राति विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेजमा दोस्रो पटक चोरी भएको हो । पसलमा सञ्चालक मधुकुमार राईका अनुसार २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । […]



from समाचार – Online Khabar https://ift.tt/2ZhXxcp
via IFTTT
Powered by Blogger.