समाचार
६ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली […]
६ कात्तिक, काठमाडौं । दशैं बिदामा घर फर्किएका विद्यार्थी सवार भे१ख ३१६७ नम्बर बस २७ असोजमा मुगुको छायानाथ रारा नगरपालिका-७, पिनाटपने खोलामा खस्दा ३३ जनाको मृत्यु भयो । फूलपातीका दिन नेपालगञ्जको सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढीतिर जाँदै गरेको बस भिरालो कच्ची बाटोबाट २०० मिटर तल खस्दा २४ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा निधन भयो […]
६ कात्तिक, विराटनगर । सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष को हो भन्ने विषयमा विवाद देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनभन्दा अगाडिका अध्यक्षलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत […]
६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताए । ‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो […]
६ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका हुन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् । भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, […]
६ कात्तिक, काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका अभियुक्तले सफाइ पाएको निष्कर्षसहित तीन प्रहरी अधिकारी कारबाहीमा पर्ने भएका छन् । भ्याल्ली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एक दुर्गाबहादुर बुढाथोकीले सफाइ पाएपछि छानविनका लागि गठित समितिले तीन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका […]
६ कार्तिक, बुटवल । गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साढे दुई अर्ब रुपैयाँ मूल्यको १८ सय किलोग्राम तौलको बुद्ध मूर्ति राखिने भएको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो । फाउण्डेसनले म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याएको हो । उक्त […]
६ कात्तिक, बनेपा । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको टिप्पणी गरेकी छन् । उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् । नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले विना योजना र अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा […]
६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेकाे टिप्पणी गरेका छन् । शनिबार कैलालीमा आयोजित कार्यक्रममा पौडेलले पार्टी विधान र मुलुकको संविधानअनुसार पार्टीको हालको केन्द्रीय कार्यसमितिले वैधानिकता गुमाइसकेको बताएका हुन् । पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको र असाधारण अवस्थामा १ वर्ष […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिन भनेर १० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको बताएका छन् । आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताए । ‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा […]
६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै […]
६ कात्तिक, देउखुरी । दाङको लमहीमा शनिबार गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नंको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय […]
६ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए । ‘…आदेशको पालना गर्यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने […]
६ कात्तिक, कठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको बताएको छ । अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक […]
६ असोज, चितवन । दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, […]
६ कात्तिक, विराटनगर । विराटनगरको महेन्द्र चोकमा रहेको मोबाइल पसलमा चोरी भएको छ । शुक्रबार राति विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेजमा दोस्रो पटक चोरी भएको हो । पसलमा सञ्चालक मधुकुमार राईका अनुसार २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । […]
५ कात्तिक शुक्रबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक किसिमको तनाव थियो । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको विरोधमा इन्जिनियरहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुको प्रदर्शनलगत्तै जनमत पार्टीका कार्यकर्ताले पक्राउको विरोधमा विरोधमा जिल्ला प्रहरी कार्यालय घेराउ गरे । यी दुई विषयमा रिपोर्टिङ गरेर […]
६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि भइरहेको प्रतिस्पर्धालाई हार र जीतको विषय बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् । शनिबार नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्वसहमहामन्त्री केसीले गुटगत […]
६ कात्तिक, सुर्खेत । नेकपा (एमाले) सुर्खेतको वडा र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ । एमाले जिल्ला कमिटी सुर्खेतले प्राविधिक कारण देखाउँदै अधिवेशन तीन दिन पछि सारेको हो । एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । तर सुर्खेतमा भने कात्तिक ९ गते मात्रै वडाधिवेशन हुने एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । […]
६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअलरुपमा उद्घाटन […]
६ कात्तिक, धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन् । सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा विभिन्न स्थानमा आयोजना गरिने कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार धनगढी आएका नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाले संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए । धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भने, ‘अर्ली […]
from समाचार – Online Khabar https://ift.tt/3nlLGme
via IFTTT






















