Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गोरखामा बैंक खुल्न नदिइने, गाडीमा जिल्लाबाहिर जान प्रतिबन्ध

३१ वैशाख, गोरखा । गोरखामा बिहीबारदेखि लकडाउनलाई थप कडा पारिएको छ । विहीबारदेखि बैंक तथा वित्तीय संस्था, बिमा र सहकारी कार्यालयको सेवा बन्द गर्ने र सवारी साधनलाई जिल्ला भित्रन र बाहिर जान बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा वुधबार बसेको सर्वपक्षीय बैठकले जिल्ला भित्रिने र बाहिरिने सवारी साधनमा पनि कडाइ गर्ने निर्णय भएको प्रमुख […]

गुल्मी पाँच दिन सिल 

३१ वैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को […]

सिरहामा आरडीटी किट अभाव

३१ वैशाख, सिरहा । प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ । जिल्लामा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट अभावपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । सिरहासँग जोडिएका […]

नारायणी अस्पतालका नियमित सेवा सञ्चालन हुने

३१ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका सम्पूर्ण सेवाहरु नियमित सञ्चालन हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नारायणी अस्पतालका नियमित सेवाहरु सुचारु गर्न निर्देशन दिएको हो । नारायणी अस्पतालमा उपचाररत रहेका कोरोना संक्रमितलाई डिस्चार्ज गरेपछि अन्य तोकिएको अस्पतालमा उपचार गराउने व्यवस्था मिलाउन समेत बैठकले निर्देशन दिएको छ । अस्पतालको नाममा ६ बुँदे पत्र […]

‘पोखरा प्रयोगशालाले कोरोनाको परीक्षण गर्न मानेन’

३१ वैशाख, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ठीक अघिल्तिर बिहानै एउटा बस रोकिएको छ । बसमा ४ जना छन् । बिहानैदेखि भोकै बसेका उनीहरु बिस्कुट र पानीले आँत भिजाउँदै चित्त बुझाइरहेका छन् । घरिघरि प्रयोशालाबाट कोही निस्किन्छन् कि भनेर पनि आँखा डुलाइरहन्छन् । तर प्रयोगशालाका कर्मचारीले उनीहरुलाई वास्ता गरिरहेका छैनन् । बेलाबेला जाँच नगरेरै […]

प्राधिकरणका इलेक्ट्रिसियनविरुद्ध भ्रष्टाचारको मुद्दा

३१ वैशाख, काठमाडौं । शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा नेपाल विद्युत प्राधिकरण हेटौंडाका इलेक्ट्रिसियन विश्वनाथ पुडासैनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सेवा प्रवेशको क्रममा उनले श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाबाट कक्षा–८ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो […]

यार्सापीडित राहत कोष स्थापना गर्न माग

३१ वैशाख, काठमाडौं । आर्थिक उपाजर्नको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन भएका कर्णालीका नागरिकका लागि यार्सापीडित राहत कोष स्थापना गर्न माग गरिएको छ । कोरोना भाइरसका कारण कर्णालीमा यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध लगाइएपछि नागरिकलाई आर्थिक सङ्कट पर्ने भन्दै पूर्वतयारीका लागि तीनै तहको सरकारसँग सांसदले यार्सापीडित राहत कोष स्थापना गर्न माग गरेका हुन् । कर्णाली प्रदेशअन्तर्गत पर्ने […]

धवलागिरी अस्पतालमा डायलासिसको औषधि अभाव

३१ वैशाख, बागलुङ । धवलागिरी अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ । औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ । अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन् । ‘डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ,’ अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो ।’ उनले प्रदेश […]

बुधबार थप २ जनामा कोरोना संक्रमण

३१ वैशाख, काठमाडौं । बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना […]

शुक्रबार काठमाडौं आइपुग्दैछ सेनाको स्वास्थ्य सामग्री

३१ वैशाख, काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुग्ने भएको छ । हवाई मार्गबाट स्वास्थ्य सामग्री ल्याउन ढिलाइ भइरहेका बेला स्थलमार्गबाट शुक्रबार सामान काठमाडौं आइपुग्न लागेको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले २२ वैशाखमा चीनको ग्वान्झाओबाट हिँडेको कन्टेनर शुक्रबार काठमाडौं आइपुग्ने अनलाइनखबरलाई बताए । उनले भने, ‘पहिलो कन्टेनर शुक्रबार आएपछि […]

सरकारले बोलायो सर्वदलीय बैठक

३१ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

गण्डकी प्रदेश : ग्रिन जोन कि भयावहको पर्खाइमा ?

३१ वैशाख, पोखरा । कामका लागि भारतको कर्नाटक पुगेका एक युवक १२ दिन लगाएर मंगलबार पोखरा आइपुगे । भारतमा कति ठाउँमा हिँडे, कतै प्रहरीलाई पैसा दिँदै गाडी चढे र उनी नेपाल छिरे । नेपाल छिरेपछि उनी तरकारी बोक्ने गाडी चढेर पोखरा भित्रिए । युवक फर्किएको स्थानीयबासीले थाहा पाए र प्रहरीलाई खबर गरे । प्रहरी पुग्दानपुग्दै […]

विदेशमा रहेका नेपालीको कसरी उद्धार गर्ने ? यस्तो छ कांग्रेसको रोडम्याप

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी र यसको रोकथामका लागि गरिरहेको लकडाउनका कारण भारत तथा श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरूको समस्या बढ्दो छ । उनीहरूलाई उद्धार गर्न सरकारमाथि दबाब बढिरहेको छ । यूएईलगायतका देशले नेपालमै ल्याएर छाडिदिन्छौं भन्न थालेका छन् भने भारतमा रहेकाहरू सीमा नाकामा आउन थालेका छन् । प्रमुख विपक्षी नेपाली […]

गाउँपालिका अध्यक्षको विज्ञप्ति : बर्दियाको कोरोना संक्रमित दाङको अस्पतालमा नल्याऊ

३१ वैशाख, बुटवल । दाङको शान्तिनगर गाउँपालिकाले बर्दियाका कोरोना संक्रमित बिरामीलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउन नपाइने भनी विज्ञप्ति जारी गरेपछि त्यसले तरंग ल्याएको छ । शान्तिनगर गाउँपालिका अध्यक्ष कमासिंह डांगीले बर्दियाको कोरोना संक्रमित बिरामी उपचारका लागि दाङ ल्याउन नपाइने भन्दै कोरोना फैलिएमा त्यसको जिम्मेवारी सरोकारवाला पक्षले नै लिनुपर्ने चेतावनी दिएका छन् । ‘… […]

कपिलवस्तुमा थप एक जनामा कोरोना संक्रमण

३१ वैशाख, काठमाडौं । बुधबार कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो । बुधबारै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

बाँकेमा थपिए एक जना कोरोना संक्रमित

३१ वैशाख, काठमाडौं । नेपालमा बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा पुग्यो २ अर्ब ३० करोड

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेटमध्ये दुई अर्ब ३० करोड ३२ लाख रुपैयाँ स्थानीय तहमा पठाइएको छ । सरकारले स्थानीय तहलाई सशर्त अनुदानका रुपमा यो रकम बाँडफाँट गर्छ । स्थानीय तहले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गर्नेगरी यो रकम खर्च गर्नुपर्ने हुन्छ। अर्थ मन्त्रालयका अनुसार श्रम […]

पर्साका ११ कोरोना संक्रमितलाई अझै अस्पताल लगिएन

३१ वैशाख, वीरगञ्ज । पर्साका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई संक्रमण पुष्टि भएको २४ घण्टासम्म पनि अस्पताल नलगिएको पाइएको छ । मंगलबार एकै दिन देशभरमा ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो, जसमध्ये ५७ जना पर्साका छन् । उनीहरु मध्ये केहीलाई नारायणी अस्पताल लगिएको छ । प्रदेश २ का अरु जिल्लाबाट पनि कोरोना संक्रमितलाई नारायणीमा नै […]

भक्तपुरको शंखधर चोक वरपर सिल

३१ वैशाख, काठमाडौं । मंगलबार एक महिलामा संक्रमण भेटिएपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो । सिल गरिएको क्षेत्रमा […]

कहीँ नभएको जात्रा धनगढीमा ! सालको रूखमुनि कालोपत्रे !

३१ वैशाख, धनगढी । शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २०७३ फागुन र चैतमा विज्ञापन गरेर ५० किलोमिटर सडक कालोपत्रे गर्न बोलपत्र आह्वान गर्‍यो । पाँचवटा प्याकेजमा निकालिएको त्यो बोलपत्रको ठेक्का धनगढीकै दुईवटा ठेकेदार कम्पनी रोयल जेभी, केएस जेभीले पाए । रोयल जेभी निर्माण व्यवसायी संघ कैलालीका […]

क्वारेन्टाइनको चटारो : बारबर्दिया नगरपालिकाबाट सिकौं

३१ वैशाख, बर्दिया । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि लकडाउन छिचोल्दै शहरबाट मानिसहरु गाउँ फर्किए । शहरका मानिस गाउँ फर्किँदा उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चटारो स्थानीय तहलाई पर्यो । सरकारले देशभर लकडाउन गरेपछि कतिपय मानिसहरु हिँडेरै भए पनि गाउँ फर्किए । कतिपय स्थानीय तह र जनप्रतिनिधिले अलपत्र परेकाहरुलाई गाडीको व्यवस्था गरेर गाउँ फर्काए । […]



from समाचार – Online Khabar https://ift.tt/2WSJB40
via IFTTT
Powered by Blogger.