समाचार
३१ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर्याउन ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन […]
३१ वैशाख, पोखरा । क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका भारतको कर्नाटकदेखि पोखरा आएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । १२ दिन लगाएर मंगलबार पोखरा आइपुगेका उनलाई क्वारेन्टाइनमा राख्न प्रहरी लिन आउँदा घरको छतबाट हामफालेर भाग्न खोजेका थिए । २१ वर्षका ती युवकमाकोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु […]
३१ वैशाख, काठमाडौं । नेपाल आयल निगमले करिब १० लाख लिटर हवाई इन्धनलाई मटितेलका रुपमा बेच्न भएको छ । लकडाउनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रि ठप्प भएपछि हवाई इन्धनलाई मटितेलमा ‘डाउन ग्रेड’ गर्न छलफल थालिएको निगमले जनाएको छ । ‘हवाई इन्धन खपत बढ्यो भने भरसक ट्यांकरको इन्धन भण्डारणमै खन्याउने भन्ने हो, तर भण्डारण […]
३१ वैशाख, काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ ले कोरोना परीक्षणविना कसैलाई पनि घरमा नराख्न सम्बन्धित आफ्नो वडाभित्रका सबै घरबेटीहरूलाई निर्देशन दिएको छ। लकडाउनअघि घर गएका र बीचमा विभिन्न तरिकाले उपत्यका छिरेका सबैलाई स्वास्थ्य परीक्षणविना घरमा नराख्न घरधनीहरूलाई वडापालिकाले निर्देशन दिएको हो । ‘विभिन्न तरिकाले उपत्यका छिरेका जो कोहीलाई पनि स्वास्थ्य परीक्षणविना घरमा […]
३१ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले औषधि पसल पनि विहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । बुधबार बसेको नगरस्तरीय बैठकले औषधि पसल, खाद्यान्न पसललगायत अत्यावश्यक वस्तुका पसल पनि विहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो । मेयर मदन सुन्दर श्रेष्ठले विज्ञप्ति निकालेर अत्यावश्यकबाहेक अरु पसल भने अनिवार्य बन्द […]
३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको करिब ३ अर्ब रुपैयाँ स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणमा खर्च गर्न आग्रह गरेको छ । विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारले […]
३१ वैशाख, काठमाडौं । बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना […]
३१ वैशाख, काठमाडौं । नागार्जुन नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिए । उनले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराइएको […]
३१ वैशाख, काठमाडौं । एक महिलामा कोरोना संक्रमण भेटिएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ९ कार्यालयले तरकारी बेच्न पनि प्रतिबन्ध लगाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका ९ […]
३१ वैशाख, काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सीमा विवाद समाधानका लागि विगत ४ महिनामा भएका कामको विवरण सात दिनभित्र दिन निर्देशन दिएको छ । भारतले गत मंसिरमा नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो भूभागमा समेटेको भन्दै नेपालमा विरोध चर्किएको थियो । […]
३१ वैशाख, रौतहट । छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि रौतहटमा स्थानीय प्रशासनले लकडाउनलाई थप कडा बनाएको छ । जिल्लामा अत्यावश्यक औषधि, खाद्यान्न र दूधका पसलबाहेक सबै किसिमको पसल र बजार बन्द गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेको छ । बिरामी, औषधि तथा खाद्यान्न किनमेल गर्नबाहेक अन्य कामका लागि बाहिर निस्किएको भेटिएमा कानून […]
३१ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । विदेशमा अप्ठ्यारामा परेका श्रमिक, पढाइ बन्द भएर बसेका विद्यार्थी, तीर्थयात्रा बन्द भएर अलपत्र परेका नागरिक, आफन्त भेट्न जाँदा रोकिएका नागरिकलाई सरकारले उद्धार गर्नुपर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बुधबार पार्टी कार्यालय सानेपामा आयोजित […]
३१ वैशाख, काठमाडौं । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो । बंगलादेशमा अध्ययनरत ५ सय ६४ विद्यार्थीको अवस्था अझै दयनीय रहेकाले गम्भीर बनिदिन […]
३१ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।
३१ वैशाख, गोरखा । गोरखामा बिहीबारदेखि लकडाउनलाई थप कडा पारिएको छ । विहीबारदेखि बैंक तथा वित्तीय संस्था, बिमा र सहकारी कार्यालयको सेवा बन्द गर्ने र सवारी साधनलाई जिल्ला भित्रन र बाहिर जान बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा वुधबार बसेको सर्वपक्षीय बैठकले जिल्ला भित्रिने र बाहिरिने सवारी साधनमा पनि कडाइ गर्ने निर्णय भएको प्रमुख […]
३१ वैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को […]
३१ वैशाख, सिरहा । प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ । जिल्लामा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट अभावपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । सिरहासँग जोडिएका […]
३१ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका सम्पूर्ण सेवाहरु नियमित सञ्चालन हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नारायणी अस्पतालका नियमित सेवाहरु सुचारु गर्न निर्देशन दिएको हो । नारायणी अस्पतालमा उपचाररत रहेका कोरोना संक्रमितलाई डिस्चार्ज गरेपछि अन्य तोकिएको अस्पतालमा उपचार गराउने व्यवस्था मिलाउन समेत बैठकले निर्देशन दिएको छ । अस्पतालको नाममा ६ बुँदे पत्र […]
३१ वैशाख, बुटवल । कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पताल भरिएको छ । धागो कारखानाको भवनलाई कोरोना विशेष अस्पताल घोषणा गरेर ३६ वटा आइसोलेसन शय्या (बेड) बनाइएको थियो । अहिले सबै बेड कोरोना संक्रमितले भरिएका छन् । रुपन्देहीका १५ र बाँकी कपिलवस्तुका बिरामी भर्ना भएका हुन् […]
३१ वैशाख, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ठीक अघिल्तिर बिहानै एउटा बस रोकिएको छ । बसमा ४ जना छन् । बिहानैदेखि भोकै बसेका उनीहरु बिस्कुट र पानीले आँत भिजाउँदै चित्त बुझाइरहेका छन् । घरिघरि प्रयोशालाबाट कोही निस्किन्छन् कि भनेर पनि आँखा डुलाइरहन्छन् । तर प्रयोगशालाका कर्मचारीले उनीहरुलाई वास्ता गरिरहेका छैनन् । बेलाबेला जाँच नगरेरै […]
३१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ । यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् । उनीहरुले ‘माथि फोन गर्नुस्, बोलाएमात्र जान पाउनुहुन्छ’ भन्दै पत्रकारलाई भित्र पस्न दिएका छैनन् । स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा […]
from समाचार – Online Khabar https://ift.tt/2SYzcCM
via IFTTT





















