समाचार
२९ वैशाख, काठमाडौं । विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् । आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार […]
२९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भाषण भन्दा काममा ध्यान दिन आग्रह गरेकी छन् । मन्त्रीले काम भन्दा बढ्ता भाषण गर्दै हिँडेको आरोप लगाउँदै उनले यस्तो बताएकी हुन् । ‘भाषण मात्रै दिने भए राजीनामा दिएर हामीसँगै आएर बोल्नुस् । होइन भने रिजल्ट दिन पर्यो’ गुरुङले सोमबार प्रतिनिधिसभा अन्तर्गतको […]
२९ वैशाख, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीका युवा आफ्नो क्षेत्रका सडक बाह्रै महिना सञ्चालनमा ल्याउने गरी स्तरोन्नतिमा जुटेका हुन् । आठ वर्षअघि ट्र्याक खोलेर अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक खण्डको खार्मीस्थित […]
२९ वैशाख, काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको […]
२९ वैशाख, फिदिम । पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले […]
२९ वैशाख, काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले भारतले नेपाली भूमि लिपुलेकलगायत क्षेत्र मिचेर सडक निर्माण गरेको कार्यको निन्दा र भर्त्सना गरेको छ । सुगौली सन्धिले नै उक्त भूभाग नेपालको हो भनी स्वीकारेको विषयमा भारतले एक पक्षीय रुपमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै हस्तक्षेप गरी नेपाली भूमिमा सडक निर्माण गर्नु भारतको हेपाहा […]
२९ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि लिपुलेकमा सीमा विवाद फेरि बल्झिएको छ । यो पटक दक्षिणी छिमेकी भारतसँगै उत्तरी छिमेकी चीनमाथि पनि प्रश्न उठेको छ । सन् २०१५ मा भारत र चीनले नेपाललाई थाहै नदिई लिपुलेकलाई द्विदेशीय व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए । त्यसबेला नेपालले दुवै देशलाई कूटनीतिक नोट […]
२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा समस्या समाधानका लागि सर्वदलीय वार्ता टोली गठन गर्न सरकारलाई सुझाव दिएकी छन् । सर्वदलीय वार्ता टोली बनाएपछि सबै दल एक ठाउँमा रहेको सन्देश जाने र भारतसँग कुरा गर्न सहज हुने उनको भनाइ छ । पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी सांसद कोइरालाले सोमबार प्रतिनिधि सभाको […]
२९ वैशाख, काठमाडौं । जारी बदली र वर्षाको श्रृंखलाले अझै केही दिन निरन्तरता पाउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विगत केही दिनदेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय रहेकाले यो अवस्था कायम रहने मौसमविद्को भनाइ छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव […]
२९ वैशाख, काठमाडौं । साझा पार्टीले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतका प्रधानमन्त्रीले बुझ्न अस्वीकार गरे नेपालका प्रधानमन्त्रीलाई बुझाउनुपर्ने बताएको छ । सोमबार विज्ञप्ति जारी गरी साझा पार्टीले यदि भारतले उक्त प्रतिवेदन बुझ्न अझै पनि ढिलाइ गर्ने हो भने सो प्रतिवेदन सक्दो छिटो नेपाल सरकारलाई बुझाइनुपर्ने र सार्वजनिक गर्नुपर्ने माग गरेको हो । […]
चीनलाई जोड्ने गरी भारतले नेपालको दार्चुला जिल्ला हुँदै निर्माण गरेको सडक र कोरोना भाइरसको महामारीका बाबजुद केन्द्रीय स्तरको महत्वका साथ उक्त सडकको उदघाटन गरिनु नेपालको अस्मिता र स्वतन्त्रताका लागि आइपरेको सबैभन्दा ठूलो चुनौती हो । सुगौली सन्धिपछि नेपालको इतिहासमा देशको सिमाना जोगाउने सबालमा देखापरेको सबैभन्दा कठिन अवस्था पनि यही हो । यो अवस्था दार्चुला जिल्लाको […]
२९ वैशाख, काठङ्गाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै चीनले शुलान सहरमा लकडाउन घोषणा गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो क्षेत्रमा कोरोना भाइरसका ११ नयाँ संक्रमित भेटिएका छन् । यी सबै संक्रमितमा एक कपडा धुने महिलाबाट कोरोना भाइरसको संक्रमण सरेको हो । ४५ वर्षकी यी महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा […]
२९ वैशाख, काठमाडौं । लकडाउनका कारण किसानले उत्पादन गरेको बिक्री गर्न नसकिएको साना किसान सहकारी संगठनहरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले किसानले उत्पादन गरेको वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकेको गुनासो गरे । उनले कालिमाटी तरकारी बजारमा विहान […]
२९ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग होइन भनेर नबोलेको प्रष्टीकरण दिएकी छन् । बरु ती भूभाग नेपालका हुन् भन्ने सबुत प्रमाण जुटाएर आफू बसेको उनले बताइन् । ‘मैले कहिल्यै र कहीँ पनि लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेको छैन,’ सोमबार […]
२९ वैशाख, काठमाडौं । कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्त कार्यशैलीप्रति व्यंग्य गर्दै संसदमा कविता सुनाएका छन् । भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा नसुनेको तर कविता सिर्जना गरेर बसेको भन्दै थापाले प्रधानमन्त्रीलाई समर्पित गर्दै ‘म त भाग्यमानी’ शीर्षकको बाल कविता सुनाएका हुन् । यसअघि गत वर्ष फागुनमा पनि […]
२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड–१९) का चार हजार दुई सय १३ नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा समग्र संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना […]
२९ वैशाख, काठमाडौं । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ । साथै, त्यसलाई यथास्थितिमा राख्न पनि नेपालले माग गरेको छ । जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गर्दै सीमा समस्याबारे कोरोना […]
२९ वैशाख, जनकपुरधाम । धनुषाको शहीद नगरपालिका-९ बिर्ता निवासी सौंखी सदालाई उनकै छोरा नथुनीले खन्ती (माटो खन्ने घरेलु हतियार) प्रहार गरी वैशाख ७ गते राति हत्या गरे । २९ वर्षीय नथुनीले ५५ वर्षीय पिता सौंखीसँग रकम मागेका थिए । सोही विषयमा विवाद हुँदा नथुनीले सौंखीको टाउकोमा खन्ती प्रहार गरेका थिए । एकै पटकको प्रहारबाट उनको […]
२९ वैशाख, काठमाडौं । भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए । ‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा […]
२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् । ‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको […]
२९ वैशाख, बुटवल । कपिलवस्तुमा सोमबार फेला परेका १० जना कोरोना संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ । लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् । कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य […]
from समाचार – Online Khabar https://ift.tt/3co9RcS
via IFTTT





















