समाचार
२९ वैशाख, काठङ्गाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै चीनले शुलान सहरमा लकडाउन घोषणा गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो क्षेत्रमा कोरोना भाइरसका ११ नयाँ संक्रमित भेटिएका छन् । यी सबै संक्रमितमा एक कपडा धुने महिलाबाट कोरोना भाइरसको संक्रमण सरेको हो । ४५ वर्षकी यी महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा […]
२९ वैशाख, काठमाडौं । लकडाउनका कारण किसानले उत्पादन गरेको बिक्री गर्न नसकिएको साना किसान सहकारी संगठनहरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले किसानले उत्पादन गरेको वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकेको गुनासो गरे । उनले कालिमाटी तरकारी बजारमा विहान […]
२९ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग होइन भनेर नबोलेको प्रष्टीकरण दिएकी छन् । बरु ती भूभाग नेपालका हुन् भन्ने सबुत प्रमाण जुटाएर आफू बसेको उनले बताइन् । ‘मैले कहिल्यै र कहीँ पनि लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेको छैन,’ सोमबार […]
२९ वैशाख, काठमाडौं । कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्त कार्यशैलीप्रति व्यंग्य गर्दै संसदमा कविता सुनाएका छन् । भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा नसुनेको तर कविता सिर्जना गरेर बसेको भन्दै थापाले प्रधानमन्त्रीलाई समर्पित गर्दै ‘म त भाग्यमानी’ शीर्षकको बाल कविता सुनाएका हुन् । यसअघि गत वर्ष फागुनमा पनि […]
२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड–१९) का चार हजार दुई सय १३ नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा समग्र संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना […]
२९ वैशाख, जनकपुरधाम । धनुषाको शहीद नगरपालिका-९ बिर्ता निवासी सौंखी सदालाई उनकै छोरा नथुनीले खन्ती -माटो खन्ने घरेलु हतियार) प्रहार गरी वैशाख ७ गते राति हत्या गरे । २९ वर्षीय नथुनीले ५५ वर्षीय पिता सौंखीसँग रकम मागेका थिए । सौंखीले ‘म तिमीलाई रकम दिन्छु कि तिमी मलाई दिने हो’ भनेपछि दुवैबीच विवाद हुँदा नथुनीले सौंखीको […]
२९ वैशाख, काठमाडौं । भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए । ‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा […]
२९ वैशाख, बुटवल । कपिलवस्तुमा सोमबार फेला परेका १० जना कोरोना संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ । लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् । कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य […]
२९ वैशाख, विराटनगर । मोरङको सुन्दरहरैचा-९ स्थित पूर्वाञ्चल विश्वविद्यालयको हाताभित्र १३५ जनालाई राख्न मिल्ने क्वारेन्टाइन तयार पारिएको छ । प्रदेश १ सरकारले विदेशबाट स्वदेश फर्किने आप्रवासी कामदारहरुलाई एक महिनासम्म राख्न मिल्ने ‘होल्डिङ एरिया’ निर्माणको तयारी पनि अघि बढाएको छ । प्रदेश १ मा अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको निष्कर्षसहित क्वारेन्टाइनस्थल निर्माण गरी तयारी […]
२९ वैशाख, जनकपुरधाम । महोत्तरीमा एक जनाको हत्या भएको छ । गौशाला नगरपालिका-४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको प्रहरीले जनाएको छ । ४५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ । आइतबार बिहान आफन्तको घर गएका ठाकुरको […]
२९ वैशाख, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका-१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए । बुबा मिनबहादुरको उपचारका […]
२९ वैशाख, चितवन । चितवनमा प्लटिङका कारण सयौं हेक्टर जमिन बाँझो बनेको छ । अनुत्पादक रुपमा बसेको जमिनलाई खेती योग्य बनाउने नीति स्थानीय तहहरुले लिन थालेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्रका भूमिहीन सुकुम्वासीहरुलाई बाँझो जमिनमा खेती गरेर उब्जाउ गर्ने नीति लिएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील […]
२९ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ […]
२९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष […]
२९ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको […]
२९ वैशाख, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् । एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३ बस्ने २७ वर्षीय अनिल पटेल कारबाहीमा परेका हुन् । करोना संक्रमण नियन्त्रण र रोकथामका लागि देशभर लकडाउन चलिरहेको समयमा एम्बुलेन्समा यात्रु बोकी ओसारपसार […]
२९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् । मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमि मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला […]
२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खस्याङले १ जेठ २०७२ मा लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवत जावत गर्ने केन्द्र बनाउन १ जेठ २०७२ मा सहमति गरे । बेइजिङमा उनीहरूले ४१ बुँदे संयुक्त वक्तव्य जारी गर्दा नेपालमा ७.८ म्याग्निच्युडको विनासकारी भूकम्प गएको एक महिना पनि पूरा भएको थिएन […]
२८ वैशाख, काठमाडौं । संसदीय समितिले भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमाले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताइन् । […]
२८ वैशाख, काठमाडौं । नेपालमा पहिलो कोरोना संक्रमणको (कोभिड-१९) केस देखिएको ५८ दिनपछि चैत १० गते दोस्रो केस भेटियो । पहिलो केस कोरोनाको इपिसेन्टर मानिएको चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा देखिएको थियो भने दोस्रो संक्रमित युवती फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनीसँगै कतार एयरवेजको क्युआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुई जनामा […]
२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ । आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो । सरकारले […]
from समाचार – Online Khabar https://ift.tt/3fBsVqf
via IFTTT





















