Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मोरङको गोठगाउँमा बनाइयो स्थायी क्वारेन्टाइन, आप्रवासी कामदारलाई राख्ने ठाउँ पनि बन्दै

२९ वैशाख, विराटनगर । मोरङको सुन्दरहरैचा-९ स्थित पूर्वाञ्चल विश्वविद्यालयको हाताभित्र १३५ जनालाई राख्न मिल्ने क्वारेन्टाइन तयार पारिएको छ । प्रदेश १ सरकारले विदेशबाट स्वदेश फर्किने आप्रवासी कामदारहरुलाई एक महिनासम्म राख्न मिल्ने ‘होल्डिङ एरिया’ निर्माणको तयारी पनि अघि बढाएको छ । प्रदेश १ मा अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको निष्कर्षसहित क्वारेन्टाइनस्थल निर्माण गरी तयारी […]

महोत्तरीमा हत्या गरिएको अवस्थामा शव फेला

२९ वैशाख, जनकपुरधाम । महोत्तरीमा एक जनाको हत्या भएको छ । गौशाला नगरपालिका-४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको प्रहरीले जनाएको छ । ४५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेको हुनसक्ने  प्रहरीको भनाइ छ । आइतबार बिहान आफन्तको घर गएका ठाकुरको […]

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

२९ वैशाख, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका-१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए । बुबा मिनबहादुरको उपचारका […]

प्लटिङका बाँझो जग्गामा खेती सुरु

२९ वैशाख, चितवन । चितवनमा प्लटिङका कारण सयौं हेक्टर जमिन बाँझो बनेको छ । अनुत्पादक रुपमा बसेको जमिनलाई खेती योग्य बनाउने नीति स्थानीय तहहरुले लिन थालेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्रका भूमिहीन सुकुम्वासीहरुलाई बाँझो जमिनमा खेती गरेर उब्जाउ गर्ने नीति लिएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील […]

विश्वभर ४१ लाख बढी कोरोना संक्रमित, मृतकको संख्या २ लाख ८२ हजार बढी

२९ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ […]

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

२९ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको […]

गाउँपालिकाको एम्बुलेन्समा भारतीय नागरिक नेपाल भित्र्याउनेलाई कारबाही

२९ वैशाख, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् । एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३ बस्ने २७ वर्षीय अनिल पटेल कारबाहीमा परेका हुन् । करोना संक्रमण नियन्त्रण र रोकथामका लागि देशभर लकडाउन चलिरहेको समयमा एम्बुलेन्समा यात्रु बोकी ओसारपसार […]

कालापानीमा तत्काल उच्चस्तरीय अनुगमन गर्न प्रदेश सरकारको माग

२९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् । मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमि मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला […]

नेपाली भूमि अतिक्रमणमा भारतलाई चीनको समर्थन ?

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खस्याङले १ जेठ २०७२ मा लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवत जावत गर्ने केन्द्र बनाउन १ जेठ २०७२ मा सहमति गरे । बेइजिङमा उनीहरूले ४१ बुँदे संयुक्त वक्तव्य जारी गर्दा नेपालमा ७.८ म्याग्निच्युडको विनासकारी भूकम्प गएको एक महिना पनि पूरा भएको थिएन […]

राज्य व्यवस्था समितिले भन्यो – लिपुलेकमा सडक बनाउनु खेदपूर्ण

२८ वैशाख, काठमाडौं । संसदीय समितिले भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमाले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताइन् । […]

‘भारतीय सीमा नाका, टेस्ट र ट्रेसिङमा गल्ती भएकै हो’

२८ वैशाख, काठमाडौं । नेपालमा पहिलो कोरोना संक्रमणको (कोभिड-१९) केस देखिएको ५८ दिनपछि चैत १० गते दोस्रो केस भेटियो । पहिलो केस कोरोनाको इपिसेन्टर मानिएको चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा देखिएको थियो भने दोस्रो संक्रमित युवती फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनीसँगै कतार एयरवेजको क्युआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुई जनामा […]

काठमाडौंमा लकडाउन खुलेको हो ? (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ । आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो । सरकारले […]

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ : प्रचण्ड

२८ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]

आयुषको हत्या होइन, दुर्घटनामा मृत्यु : प्रहरी

२८ वैशाख, विराटनगर । नहरको डिलमा मृत अवस्थामा फेला परेका १८ वर्षका आयुष गिरीको मृत्यु सवारी दुर्घटनाबाट भएको प्रहरीले बताएको छ । बिहीबार बिहान सुनसरी मोरङ सिञ्चाई आयोजनाको बेलबारी– ७ खण्डमा मृत भेटिएका आयुषको हत्या नभएको प्रहरीले निश्कर्ष निकालेको हो । प्रहरीले दुर्घटनामा संलग्न भएको आरोपमा को २ त १२२५ नम्बरको ट्याक्टर र ट्याक्टर चालक […]

पत्रकार तिवारी यादव रिहा, मोबाइल फिर्ता दिएन

२८ वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्जका पत्रकार तिवारी यादवलाई रिहा गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं २ समितिसहित पत्रकारसम्वद्ध संघसंस्थाले दबाव दिएपछि उनी रिहा भएका हुन् । वीरगञ्जको लिंकरोडस्थित नारायणी एफएम स्टेशनको प्रवेशद्वार अगाडिबाट आइतबार दिउँसो २ बजेतिर पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो । एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवको मोटरसाइकल […]

प्रहरी कुट्ने चार चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति

२८ वैशाख, काठमाडौं । प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । काठमाडौँंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा शुक्रबार उनीहरुले प्रहरीलाई […]

परराष्ट्रमन्त्रीको स्वीकारोक्ति : लिपुलेकमा भारतले सडक बनाएको जानकारी थियो

२८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका […]

नयाँ बजेटको प्राथमिकता : महामारी पीडितलाई प्याकेज, कृषिमा क्रान्ति !

२८ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्रमा देखापरेको शिथिलता अन्त्यगरी आर्थिक गतिविधि अगाडि बढाउने गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । अर्थतन्त्रलाई थप गतिशील बनाउन रोजगारी […]

लिपुलेकबारे संसदीय समितिको बैठकै बैठक, परराष्ट्रमन्त्री तानातान !

२१ वैशाख, काठमाडौं । आइतबार प्रतिनिधिसभाका अन्तराष्ट्रिय सम्बन्ध समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसे । राज्य व्यवस्था समितिको बैठक बिहान सवा ८ बजे बोलाइएको थियो, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान साढे ८ बजे । एजेण्डा एउटै थियो– लिपुलेक क्षेत्रमा भारतद्धारा निर्मित सडक । दुबै समितिले यस विषयमा छलफल गर्नका लागि तीन जना […]

लिपुलेकमा सडक खनेको विरोधमा गोरखामा नेविसंघको राके जुलुस

२८ वैशाख, गोरखा । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गोरखामा राँके जुलुस निकालेको छ । आइतबार साँझ बिसौनी मोडको भित्री बाटोबाट घ्याम्पेशाल चोक हुँदै हरमटारी चोकसम्म जुलुस निकालेको हो । जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, […]

९ दिन हिँडेर पोखरा पुग्यो, १९ दिनदेखि प्रतीक्षालयमा बास !

२८ वैशाख, पोखरा । एउटा गुलाबी झुल टाँगिएको छ । झुलमा आधा घाम परेको छ, आधा छाया । घाम सर्दैसर्दै सन्तोष मानन्धर (३६) को निधारमा पर्छ । उनी केही पर सर्न खोज्छन् । वैशाखको पोल्ने घामले उनीहरूलाई पछ्याउन छोड्दैन । पोल्ने घाम, चिस्याउने रातभन्दा बढी गुनासो आफ्नै गरिबीसँग छ र गरिबहरूको पक्षमा कहिल्यै नउभिएको यो […]



from समाचार – Online Khabar https://ift.tt/3boQ8Zg
via IFTTT
Powered by Blogger.