Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्रीलाई सीमा अतिक्रमणको सूचना नदिने को–को हुन् ?

१ जेठ, काठमाडौं । पार्टी एकताको सन्दर्भ पारेर दुई वर्ष पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एउटा बिरुवा रोपे– जिङ्गो बिलोबा । ३ जेठ २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण गर्नुअघि रोपिएको यो बिरुवाको आफ्नै कथा छ । संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्ध अन्त्य गर्नेगरी आणविक बम (फ्याट म्यान) खसालेपछि जापानको नागासाकीमा पानी परेन […]

नेपालमा साढे २२ हजार पीसीआर परीक्षण

१ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षणका लागि नेपालमा पीसीआर विधिबाट अहिलेसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ सहित अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पीसीआर परीक्षण भएका छन् । सरकारले परीक्षणको दायरा बढाउँदै लगेको मन्त्रालयका प्रवक्ता […]

लकडाउनमा मन्दिरको दान पेटिका र मूर्ति चोरी, तीन पक्राउ

१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सिंगो देशभर लकडाउन लागू भएको दुई महिना हुन लाग्यो । मानिसहरुलाई हिँडडुल गर्न समेत नदिएको यो समयमा चोरीका घटना भने रोकिएको छैन । विगतको तुलनामा चोरी हुने क्रम कम देखिए पनि उपत्यकाभित्र रातको समयमा चोरी भइरहेको पाइएको छ । लकडाउनका वेला गोकर्णेश्वर–८ स्थित गणेश मन्दिरको […]

भारतस्थित मामाघरबाट आएका थिए पर्साका १५ महिने संक्रमित बालक

१ जेठ, काठमाडौं । पर्सामा बुधबार राति पुष्टि भएका तीन जना कोरोना संक्रमितमध्ये एक जना १५ वर्षीय बालक रहेको पाइएको छ । उनी भारतको पश्चिम चम्पारणको सुगौलीस्थित मामाघरबाट वैशाख १७ गते आमासँगै कालिकामाई गाउँपालिका १ स्थित मुड्लीमा आफ्नो घर आएका थिए । भारतबाट आएको थाहा पाएपछि त्यसको भोलिपल्ट वैशाख १८ गतेको दिन गाउँपालिकाले आमा–छोरालाई नै […]

उपत्यका आउने पास दिँदा स्थानीय तहलाई पूर्व जानकारी दिनुपर्ने माग

१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुले लुकिछिपी वा सवारी पास बनाएर आउनेहरुका कारण उपत्यकाबासी असुरक्षित बनेको गुनासो गरेका छन् । उनीहरुले बिहीबार गृह सचिव महेश्वर न्यौपानेलगायतलाई भेटेर उपत्यका आउने सवारी पास दिँदा सम्बन्धित स्थानीय तहलाई पनि जानकारी गराउन माग गरेका छन् । पछिल्लो समय काठमाडौंको मच्छेगाउँ र भक्तपुरमा कोरोना संक्रमित भेटिएका छन् । उनीहरु […]

अहिले काँडेतार लगाउँदा नेपालको ४० हजार हेक्टर भूभाग गुम्न सक्ने

१ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले संसदीय समितिको एउटा बैठकमा नेपाल-भारत सीमानामा काँडेतार वा पर्खाल लगाउन सुझाव दिए । यस्तो सुझाव दिने उनी एक्ला होइनन् । तर परराष्ट्र मामिलाका जानकारहरू भने यतिबेला काँडेतार लगाउनु नेपालकै लागि घातक हुने बताउँछन् । एक पूर्व परराष्ट्र मन्त्री भन्छन्, ‘नेपालले भारतसँग […]

गण्डकीका मन्त्री भन्छन्- नेपालीलाई सीमामा परीक्षण गरेर ल्याउनुपर्छ

१ जेठ, पोखरा । बागलुङका दुई जनामा कोरोना संक्रमण देखिएर निको भएपछि बिहीबार गण्डकी प्रदेशमा फेरि एक जना संक्रमित थपिए । बिहीबार नवलपरासी पूर्वको देवचुली नगरपालिकामा ४९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमा फेरि त्रास बढेको छ । भारतदेखि तरकारी, फलफूल र खाद्यान्नको गाडीमा लुकेर आउने क्रम लकडाउन सुरु भएदेखि नै रोकिएको थिएन । […]

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । शुक्रबार […]

उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध !

१ जेठ, काठमाडौं । ललिपपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’ साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने […]

छाङरुमा १६० जनाको फौज राख्ने तयारी, भवनको नक्सांकन थालियो

१ जेठ, काठमाडौं । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६0 जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य […]

१० महिनामा २८ प्रतिशत मात्रै विकास खर्च, राजस्वको असुली ५५ प्रतिशतमा सीमित

१ जेठ, काठमाडौं । आर्थिक वर्षको प्रारम्भिक दिनबाटै विकास निर्माणलाई प्राथमिकता नदिँदा पुँजीगत (विकास) खर्चमा प्रत्यक्ष नकारात्मक प्रभाव देखिएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को ८ महिनासम्म विकास निर्माणको कामले गति नलिएका कारण कोरोनाको महामारीपछि विकास खर्च पनि नराम्रोसँग प्रभावित भएको हो । बेलैमा ठेक्कापट्टा लगाएर काम नथाल्ने प्रवृत्तिले आर्थिक वर्षको अन्तिमसम्म पनि विकास […]

गुल्मीमा पैदल हिँडेर आउन पनि रोक

१ जेठ, गुल्मी । गुल्मी जिल्ला प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी बढाइएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का बिरामी बढेसँगै जिल्लालाई ५ दिनसम्म सिल गरिएको छ । यस्तो अवस्थामा पैदल यात्रा गरेर पनि जिल्ला प्रवेश गर्न नदिन मुख्य नाकामा सुरक्षाकर्मी निगरानी बढाइएको हो । पाल्पाको सीमा रिडी, अर्घाखाँचीको सीमा रेसुङ्गा नगरपालिकाको नेटा, प्युठानको सीमा […]

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान

१ जेठ, गोरखा । बाँझो जग्गामा खेती गर्न चाहने बारपाक सुलिकोट गाउँपालिकाका किसानहरूले अनुदान रकम पाउने भएका छन् । जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ । ‘दुई वर्ष वा सोभन्दा बढी समयदेखि बाँझो रहेको खेतीयोग्य जमिन उपयोग गर्न अनुदान कार्यक्रम ल्याएका हौ,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘खेतीयोग्य […]

रुसमा संक्रमित संख्या दुई लाख ५० हजार नाघ्यो

१ वैशाख, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई लाख ५० हजार नाघेको छ । रुसले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५२ हजार नाघेको छ । यद्यपि नयाँ संक्रमितको […]

संसदीय समितिको निर्देशन : स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्था गर

१ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो । पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन […]

निषेधाज्ञा तोड्दै कपिलवस्तुमा प्रदर्शन, प्रहरीचौकीमा तालाबन्दी

१ जेठ, कपिलवस्तु । स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै कपिलवस्तुमा महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४, गजेहडा चौकी घेराउ गरेका हुन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् । स्थानीयवासी १७ वर्ष […]

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले कोभिड-१९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण […]

अस्पताल भरिएपछि वीरगञ्जका १६ संक्रमित विद्यालयमा

१ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन […]

आगामी बजेटमा ऊर्जा : खपत वृद्धि र विद्युत् निर्यातको आधार वर्ष

१ जेठ, काठमाडौं । नेपाल लोडसेडिङको भुमरीबाट निस्किएको छ । अब मागअनुसार बिजुली दिन सकिन्छ कि सकिँदैन भन्नेमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण अधिकारीले चिन्ता गरिरहनुपर्ने अवस्था छैन । बरु अब ऊर्जा क्षेत्रमा देशभित्रै अधिकतम बिजुली खपत गराउनुपर्ने, नयाँ आयोजनाहरू बनाउँदै बिजुलीको उत्पादन बढाउनुपर्ने, ठूला जलविद्युत आयोजनामा थप लगानी आकषिर्त गर्नुपर्ने, नेपालको विद्युतलाई विदेशी […]

नेपालमा आमाको मृत्यु, तीनै छोरा भारतमा रोकिए

१ जेठ, काठमाडौं । दैलेख महाबु गाउँपालिका–२, मान्म गाउँका सोनु विश्वकर्माले दिवंगत आमाको काजक्रियाका लागि नेपाल आउने वातावरण बनाइदिन अनुरोध गरेका छन् । लकडाउनपछि भारतमै रोकिएका सोनु आमा गोरी विकको मृत्यृपछि नेपाल फर्कन चाहेका छन् । तर, उनलाई नेपाल–भारतको सिमानामा रोकिएको छ । सीमामा रोकिएपछि उनले आमाको काजक्रियाका लागि नेपाल आउने व्यवस्था गरिदिन आग्रह गरेका […]

शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना परीक्षण

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । अस्पतालको न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना भएकी नाक कान […]



from समाचार – Online Khabar https://ift.tt/2WSq6so
via IFTTT
Powered by Blogger.