समाचार
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । शुक्रबार […]
१ जेठ, काठमाडौं । आर्थिक वर्षको प्रारम्भिक दिनबाटै विकास निर्माणलाई प्राथमिकता नदिँदा पुँजीगत (विकास) खर्चमा प्रत्यक्ष नकारात्मक प्रभाव देखिएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को ८ महिनासम्म विकास निर्माणको कामले गति नलिएका कारण कोरोनाको महामारीपछि विकास खर्च पनि नराम्रोसँग प्रभावित भएको हो । बेलैमा ठेक्कापट्टा लगाएर काम नथाल्ने प्रवृत्तिले आर्थिक वर्षको अन्तिमसम्म पनि विकास […]
१ जेठ, गुल्मी । गुल्मी जिल्ला प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी बढाइएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का बिरामी बढेसँगै जिल्लालाई ५ दिनसम्म सिल गरिएको छ । यस्तो अवस्थामा पैदल यात्रा गरेर पनि जिल्ला प्रवेश गर्न नदिन मुख्य नाकामा सुरक्षाकर्मी निगरानी बढाइएको हो । पाल्पाको सीमा रिडी, अर्घाखाँचीको सीमा रेसुङ्गा नगरपालिकाको नेटा, प्युठानको सीमा […]
१ जेठ, गोरखा । बाँझो जग्गामा खेती गर्न चाहने बारपाक सुलिकोट गाउँपालिकाका किसानहरूले अनुदान रकम पाउने भएका छन् । जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ । ‘दुई वर्ष वा सोभन्दा बढी समयदेखि बाँझो रहेको खेतीयोग्य जमिन उपयोग गर्न अनुदान कार्यक्रम ल्याएका हौ,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘खेतीयोग्य […]
१ वैशाख, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई लाख ५० हजार नाघेको छ । रुसले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५२ हजार नाघेको छ । यद्यपि नयाँ संक्रमितको […]
१ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो । पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन […]
१ जेठ, कपिलवस्तु । स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै कपिलवस्तुमा महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४, गजेहडा चौकी घेराउ गरेका हुन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् । स्थानीयवासी १७ वर्ष […]
१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले कोभिड-१९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण […]
१ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन […]
१ जेठ, काठमाडौं । नेपाल लोडसेडिङको भुमरीबाट निस्किएको छ । अब मागअनुसार बिजुली दिन सकिन्छ कि सकिँदैन भन्नेमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण अधिकारीले चिन्ता गरिरहनुपर्ने अवस्था छैन । बरु अब ऊर्जा क्षेत्रमा देशभित्रै अधिकतम बिजुली खपत गराउनुपर्ने, नयाँ आयोजनाहरू बनाउँदै बिजुलीको उत्पादन बढाउनुपर्ने, ठूला जलविद्युत आयोजनामा थप लगानी आकषिर्त गर्नुपर्ने, नेपालको विद्युतलाई विदेशी […]
१ जेठ, काठमाडौं । दैलेख महाबु गाउँपालिका–२, मान्म गाउँका सोनु विश्वकर्माले दिवंगत आमाको काजक्रियाका लागि नेपाल आउने वातावरण बनाइदिन अनुरोध गरेका छन् । लकडाउनपछि भारतमै रोकिएका सोनु आमा गोरी विकको मृत्यृपछि नेपाल फर्कन चाहेका छन् । तर, उनलाई नेपाल–भारतको सिमानामा रोकिएको छ । सीमामा रोकिएपछि उनले आमाको काजक्रियाका लागि नेपाल आउने व्यवस्था गरिदिन आग्रह गरेका […]
१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । अस्पतालको न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना भएकी नाक कान […]
१ जेठ, काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोरोना संक्रमण परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालीमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको परीक्षण गरिएको हो । बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ […]
१ जेठ, विराटनगर । जिल्लामा ३२ जना कोरोना संक्रमित भेटिएपछि उदयपुरका विरामीले विराटनगरका निजी अस्पतालमा उपचार पाउनै मुश्किल परेको छ । अस्पतालले ठेगाना सोध्दा उदयपुर घर बताउनेहरुलाई प्रवेश दिनै छाडेको छ । अस्पतालभित्र प्रवेश गरिसकेको भए पनि उपचार नगरी निकाल्ने गरेका छन् । बुधबार पनि नोबल मेडिकल कलेजले उदयपुरको गाइघाट घर भएकी ६० वर्षकी पुनिता […]
१ जेठ, जनकपुरधाम । गत वैशाख २८ गते मृत फेला महोत्तरीको गौशाला नगरपालिका– ४, विर्ताका दिलीप ठाकुरको आफ्नै साथीबाट हत्या भएको खुलेको छ । ठाकुरलाई उनकै साथी अरुण साहले हत्या गरेको खुलेको हो । ४६ वर्षीय ठाकुर र २५ वर्षीय साह २८ गते बिहानै रक्सी पिएर घुम्न निस्केका थिए । सो क्रममा दुवैबीच विवाद भएको […]
१ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । ब्राजिलले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सात सय ४९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ब्राजिलमा आठ सय ८१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । दक्षिणी गोलार्धमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित […]
१ जेठ कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा खाद्यन्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको ट्रकलाई बिहीबार बिहान प्रहरीले नियन्त्रण मा लिएको छ । वीरगञ्जदेखि कैलालीसम्मका लागि फेन्सी तथा लत्ताकपडा ढुवानी गरिरहेको ना६ख ४३५१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रण लिएको हो । सुखडमा रहेको ट्राफीक चेक पोष्टमा सोधपुछ गरी इन्ट्री गर्दा सवारी चालकले खाद्यन्न […]
१ जेठ, काठमाडौं । नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको […]
१ जेठ काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन […]
१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो । खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने उनको भनाइ छ । अहिलेसम्म कोरोना भाइरसका […]
१ जेठ, काठमाडौं । वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए । अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका […]
from समाचार – Online Khabar https://ift.tt/3btKfdy
via IFTTT





















