Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपालमा आमाको मृत्यु, तीनै छोरा भारतमा रोकिए

१ जेठ, काठमाडौं । दैलेख महाबु गाउँपालिका–२, मान्म गाउँका सोनु विश्वकर्माले दिवंगत आमाको काजक्रियाका लागि नेपाल आउने वातावरण बनाइदिन अनुरोध गरेका छन् । लकडाउनपछि भारतमै रोकिएका सोनु आमा गोरी विकको मृत्यृपछि नेपाल फर्कन चाहेका छन् । तर, उनलाई नेपाल–भारतको सिमानामा रोकिएको छ । सीमामा रोकिएपछि उनले आमाको काजक्रियाका लागि नेपाल आउने व्यवस्था गरिदिन आग्रह गरेका […]

शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना परीक्षण

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । अस्पतालको न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना भएकी नाक कान […]

कालीमाटी तरकारी बजारमा कोरोना परीक्षण

१ जेठ, काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोरोना संक्रमण परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालीमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नको परीक्षण गरिएको हो । बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ […]

उदयपुरका बिरामीलाई निजी अस्पतालमा नो इन्ट्री !

१ जेठ, विराटनगर । जिल्लामा ३२ जना कोरोना संक्रमित भेटिएपछि उदयपुरका विरामीले विराटनगरका निजी अस्पतालमा उपचार पाउनै मुश्किल परेको छ । अस्पतालले ठेगाना सोध्दा उदयपुर घर बताउनेहरुलाई प्रवेश दिनै छाडेको छ । अस्पतालभित्र प्रवेश गरिसकेको भए पनि उपचार नगरी निकाल्ने गरेका छन् । बुधबार पनि नोबल मेडिकल कलेजले उदयपुरको गाइघाट घर भएकी ६० वर्षकी पुनिता […]

साथीसँगै बसेर मदिरापान, विवादपछि हत्या

१ जेठ, जनकपुरधाम । गत वैशाख २८ गते मृत फेला महोत्तरीको गौशाला नगरपालिका– ४, विर्ताका दिलीप ठाकुरको आफ्नै साथीबाट हत्या भएको खुलेको छ । ठाकुरलाई उनकै साथी अरुण साहले हत्या गरेको खुलेको हो । ४६ वर्षीय ठाकुर र २५ वर्षीय साह २८ गते बिहानै रक्सी पिएर घुम्न निस्केका थिए । सो क्रममा दुवैबीच विवाद भएको […]

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

१ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । ब्राजिलले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सात सय ४९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ब्राजिलमा आठ सय ८१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । दक्षिणी गोलार्धमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित […]

खाद्यान्नको पासले कपडा ढुवानी गर्ने ट्रक नियन्त्रणमा

१ जेठ कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा खाद्यन्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको ट्रकलाई बिहीबार बिहान प्रहरीले नियन्त्रण मा लिएको छ । वीरगञ्जदेखि कैलालीसम्मका लागि फेन्सी तथा लत्ताकपडा ढुवानी गरिरहेको ना६ख ४३५१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रण लिएको हो । सुखडमा रहेको ट्राफीक चेक पोष्टमा सोधपुछ गरी इन्ट्री गर्दा सवारी चालकले खाद्यन्न […]

नवलपरासी पूर्वमा पनि भेटिए कोरोना संक्रमित

१ जेठ, काठमाडौं । नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको […]

भिसा अवधि नाघेका विदेशीले तीन महिनाभित्र यूएई छाड्नुपर्ने

१ जेठ काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा  उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन […]

कोरोना भाइरसको अन्त्य नहुन पनि सक्छ : डब्ल्यूएचओ

१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो । खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने उनको भनाइ छ । अहिलेसम्म कोरोना भाइरसका […]

कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण

१ जेठ, काठमाडौं । वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए । अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका […]

कमलले जिते विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण

१ जेठ, काठमाडौं । नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । विश्वमा अहिले कोभिड-१९ महामारील गर्दा लकडाउनको अवस्था भएको बेला अनलाइनबाटै भएको उक्त प्रतिस्पर्धामा नेपालका कमलले ३० वर्षमुनिको विधामा स्वर्ण जितेका हुन् । कमलले गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि तेक्वान्दोको पुम्सेमै स्वर्ण […]

शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा रहेका पाँच जना […]

‘५० लाख युवालाई तत्काल रोजगारीमा नलगाए भोकमरी निम्तिन्छ’

नेपाल सरकारका सहसचिव डा. मानबहादुर विकेले अमेरिकाको ब्रान्डाइज युनिभर्सिटीबाट खाद्य सुरक्षामा पोस्ट डक्टरेट गरेका छन् । ‘इराडिकेटिङ हङ्गरः रिविल्डिङ फुड रेजिम’ नामक पुस्तकका लेखक समेत रहेका उनीसँग कोभिड– १९ महामारीपछि नेपालको खाद्य सुरक्षाबारे अनलाइनखबरका विश्वास खड्काथोकीले गरेको कुराकानी: कोभिड– १९ को कारण विश्व श्रम बजार ठप्प छ । भोकमरीको दृष्टिले आगामी महिनाहरू कस्तो रहला ? […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू सेवा सुरु

१ जेठ, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आईसीयु सेवा सुरु भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार आईसीयू उदघाटन गरे । प्रदेशसभा चुनाब जितेर मुख्यमन्त्री भएपछि पहिलोपटक प्रतिष्ठानमा पुगेका मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकास र हितका लागि सबै सहयोग गर्न तयार रहेको बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई […]

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

१ जेठ, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । एसपी गंगा पन्तले एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिएको जानकारी दिइन् । तीमध्ये एक जनालाई हिँडिरहेको अवस्थामा र […]

लकडाउनका बीच पनि चल्दैछन् खाद्य उद्योगहरु

१ जेठ, काठमाडौं । कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन गरिएको बुधबार ५३ दिन पुगेको छ । कोरोना संक्रमण नियन्त्रण भन्दा पनि थप जटिल बन्दै जाँदा अर्थतन्त्रमा गहिरो प्रभाव देखिन थालेको छ । लकडाउनसँगै उद्योग कलकारखाना पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । सरकारले लकडाउन अवधिमा पनि खाद्यन्न र अतिआवश्यक सामाग्री उत्पादन र बिक्रि गर्ने उद्योग […]

भारतमा कोरोना : २४ घण्टामा १३४ को मृत्यु, ३ हजार ७२२ संक्रमित

१ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार पाँच सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७८ हजार तीन पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा तीन हजार […]

एक नेपाली बराबर ४० हजार रुपैयाँ सार्वजनिक ऋण

१ जेठ, काठमाडौं । नेपालको सार्वजनिक ऋण १२ खर्ब नजिक पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक (चैत मसान्त)सम्म नेपालले लिएको ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो ऋणलाई बुधबारसम्म केन्द्रीय तथ्यांक विभागकाे तथ्यांकअनुसार नेपालको जनसंख्या दुई करोड ९९ लाख ५३ हजार दुई सय ९० जनाले भाग लगाउँदा एक […]

स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमितको संख्या

१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिवश दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र […]

प्रदेश २ र वागमती प्रदेशको मुख्य नाका चुरियामाईमा कडाइ

१ जेठ, काठमाडौं । प्रदेश २ र वागमती प्रदेश आउ-जाउ गर्ने प्रमुख नाका मकवानपुरको चुरियामाई क्षेत्रमा चेक जाँच कडा बनाइएको छ । नाका सुरक्षाकर्मीहरू राखेर अत्यावश्यक सेवाका गाडीहरूलाई मात्र प्रवेश गर्न दिइएको छ । मकवानपुरका एसपी सुशील सिंह राठौरले प्रदेश २ मा कोरोना संक्रमित व्यक्तिहरू धेरै भेटिएकाले निगरानी जाँच कडा पारिएको बताए । ‘मकवानपुर प्रदेश […]



from समाचार – Online Khabar https://ift.tt/2T1aRw8
via IFTTT
Powered by Blogger.