समाचार
२ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र ४ वटा आधुनिक उपशहर बनाउने भएको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षमै यो काम सुरु गर्ने उनले बताइन् । उनले अब व्यवस्थित शहरीकरणको पूर्वाधार विकास गर्ने पनि बताइन् । त्यसका लागि […]
२ जेठ, काभ्रे । कारोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर काभ्रे जिल्ला प्रशासनले हप्ताको तीन दिन मात्र बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको छ । कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारसम्बन्धी जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरकेो हो । निर्णयमा भनिएको छ, ‘हाल यस […]
२ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय प्रसारणलाइन नपुगेका स्थानीय तहमा सौर्य मिनी ग्रिड बनाउने भएको छ । सरकारले सबैलाई विद्युत सेवाको पहुँच पुर्याउने गरी यस्तो घोषणा गरेको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षमा माथिल्लो तामाकोसी आयोजनाको निर्माण सकाउने […]
२ जेठ, काठमाडौं । सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने बताएकी हुन् । त्यस्तै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने सरकारले घोषणा गरेको छ । आगामी १० वर्षमा कृषिको उत्पादकत्व […]
२ जेठ, काठमाडौं । कोशी, कर्णाली र गण्डकी नदीमा जलयातायातको विकास गरी त्यसलाई भारतीय जलमार्गसँग जोडिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । गण्डकी नदीको उपयुक्त स्थानमा टर्मीनल बनाएर भारतीय जल यातायात सञ्जालसँग जोड्ने र तीन वर्षभित्र जल यातायात सञ्चालनको घोषणा समेत सरकारले गरेको छ ।
२ जेठ, काठमाडौं । वैशाख २०७२ को भूकम्पले भत्काएका संरचना आगामी आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आवको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेकी हुन् । उनका अनुसार ऐतिहासिक सम्पदा धरहरा र रानिपोखरीको पुनर्निर्माणको काम ४० र ७० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकि सबै काम आगामी आवमा सकिने […]
२ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ । हेर्नुहोस् राष्ट्रपति […]
२ जेठ, काठमाडौं । गतवर्ष संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने पदावलीको प्रयोग गरेकी थिइन् । यस वर्ष भने राष्ट्रपतिले आफ्नो सम्वोधन सच्याएकी छिन् । शुक्रबार दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्नेक्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ नभनी ‘यो सरकार’ मात्र भनिन् । राष्ट्रपतिले संसदमा वाचन गर्ने सरकारको नीति […]
२ जेठ, काठमाडौं । सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्ष २०७७/७८ मा संचालनको घोषणा गरेको छ । यसअघि चालु आवमै संचालनको योजना रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल संचालनको लक्ष्यसमेत पछाडी धकेलिएको हो । साथै, पोखरामा निर्माणाधित क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलसमेत आगामी आवमा निर्माण सम्पन्न गरी संचालनमा ल्याइने भएको छ । आगामी आवमा त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा […]
२ जेठ, काठमाडौं । सरकारले चीनसँग सम्झौता भएको ७ वटा बन्दरगाह प्रयोगलाई प्राथमिकता दिने भएको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी बन्दरगाहको प्रयोगमार्फत वैदेशिक ब्यापार बढाउने बताइन् । नेपालका लागि चीनका चार वटा सामुन्दि्रक र तीन वटा स्थल बन्दरगाह […]
२ जेठ, सप्तरी । भारतको दिल्लीबाट आएका सप्तरीका वडाध्यक्षताका छोरालाई क्वारेन्टाइनमा पठाइएको छ । बोदे बर्साइन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जयराम साहका छोरालाई शुक्रबार वडा नम्बर ५ स्थित चन्द्र माविको क्वारेन्टाइनमा राखिएको हो । आफ्नो छोरालाई क्वारेन्टाइनमा राख्न धेरै दुःख भएको वडा अध्यक्ष साहले बताए । उनले क्वारेन्टाइनका कर्मचारीले नै आफ्नो छोरालाई राख्न […]
२ जेठ, काठमाडौं । सरकारले दुई छिमेकी मुलुकलाई औद्योगिक क्षेत्रमा समेत साथ लिने उद्देश्यले अन्तर देशिक आर्थिक क्षेत्र स्थापनाको अवधारणा ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आवको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेकी हुन् । उनका अनुसार सम्भाब्यताका आधारमा यस्तो आर्थिक क्षेत्र स्थापना हुने भएको हो । बन्द तथा रुग्ण उद्योगलाई अधिकतम क्षमतामा […]
२ जेठ, वैशाख । चैतको दोस्रो साता बागलुङमा २ जना कोरोना संक्रमित भेटिए । संक्रमित १९ र ६५ वर्षकी दुवै महिला थिए । वैशाख दोस्रो साता नै उनीहरु निको भएर घर फकिसकेका छन् । कोरोना संक्रमित भेटिँदा सुरुमा कडाइ गरेको बागलुङले कोरोना मुक्त भएसँगै केही खुकुलो हुँदै आएको थियो । तर, बागलुङ त्यतिबेला फेरि त्रसित […]
२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने स्थल नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आउँदा राष्ट्रपतिको आगमनमा प्रयोग गरिँदै आएको बग्गी (रिसल्ला) को रौनक यस पटक देखिएन । कोभिड–१९ को जोखिमलाई न्यून गर्न सामाजिक दूरी कायम गरी कार्यक्रमलाई चुस्त तुल्याउने सन्दर्भमा यस पटक कार्यक्रममा आमन्त्रित व्यक्तिको सङ्ख्या पनि उल्लेखनीयरुपमा […]
२ जेठ, काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण […]
२ जेठ, काठमाडौं । सरकारले सहकारी संस्थाहरू गाभ्न प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले सहकारी संस्थाहरूलाई मर्जरमा लैजानका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहकारी संस्थाहरू धेरै भएको र मर्जरका लागि प्रोत्साहन गरिने […]
२ जेठ, काठमाडौं । सरकारले खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा सहरी भेगभित्र कौशीमा र गाउँमा खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने नीति लिने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले खेतका आली तथा कौशीमा दलहनलगायतका […]
२ जेठ, काठमाडौं । ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित सरकारले स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । सबै जमिनको उपयोग गरी कृषि उत्पादन गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटिएको छ । आगामी आवमा […]
२ जेठ, काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको छातामुनी समेट्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रुपमा सञ्चालनको घोषणा गरेकी छन् । सामाजिक सुरक्षालाई योगदानमा आधारित बनाउने, अनौपचारक क्षेत्रका श्रमिम, स्वरोजगार र वैदेशिक रोजगारमा गएका कामदारलाई समेत यस कार्यक्रममा […]
२ जेठ, काठमाडौं । भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको आरोप लगाएका छन् । उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै खनेको दाबीसमेत गरेका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै उनले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका छन् । […]
२ जेठ, काठमाडौं । सरकारले आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आन्तरिक राजस्वलाई प्रमुख आम्दानीको श्रोतको रुपमा लिने बताएकी हुन् ।
from समाचार – Online Khabar https://ift.tt/2y5HRMr
via IFTTT















