समाचार
२ जेठ, काठमाडौं । सरकारले दुई छिमेकी मुलुकलाई औद्योगिक क्षेत्रमा समेत साथ लिने उद्देश्यले अन्तर देशिक आर्थिक क्षेत्र स्थापनाको अवधारणा ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आवको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेकी हुन् । उनका अनुसार सम्भाब्यताका आधारमा यस्तो आर्थिक क्षेत्र स्थापना हुने भएको हो । बन्द तथा रुग्ण उद्योगलाई अधिकतम क्षमतामा […]
२ जेठ, वैशाख । चैतको दोस्रो साता बागलुङमा २ जना कोरोना संक्रमित भेटिए । संक्रमित १९ र ६५ वर्षकी दुवै महिला थिए । वैशाख दोस्रो साता नै उनीहरु निको भएर घर फकिसकेका छन् । कोरोना संक्रमित भेटिँदा सुरुमा कडाइ गरेको बागलुङले कोरोना मुक्त भएसँगै केही खुकुलो हुँदै आएको थियो । तर, बागलुङ त्यतिबेला फेरि त्रसित […]
२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने स्थल नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आउँदा राष्ट्रपतिको आगमनमा प्रयोग गरिँदै आएको बग्गी (रिसल्ला) को रौनक यस पटक देखिएन । कोभिड–१९ को जोखिमलाई न्यून गर्न सामाजिक दूरी कायम गरी कार्यक्रमलाई चुस्त तुल्याउने सन्दर्भमा यस पटक कार्यक्रममा आमन्त्रित व्यक्तिको सङ्ख्या पनि उल्लेखनीयरुपमा […]
२ जेठ, काठमाडौं । सरकारले सहकारी संस्थाहरू गाभ्न प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले सहकारी संस्थाहरूलाई मर्जरमा लैजानका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहकारी संस्थाहरू धेरै भएको र मर्जरका लागि प्रोत्साहन गरिने […]
२ जेठ, काठमाडौं । सरकारले खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा सहरी भेगभित्र कौशीमा र गाउँमा खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने नीति लिने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले खेतका आली तथा कौशीमा दलहनलगायतका […]
२ जेठ, काठमाडौं । ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित सरकारले स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । सबै जमिनको उपयोग गरी कृषि उत्पादन गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटिएको छ । आगामी आवमा […]
२ जेठ, काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको छातामुनी समेट्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रुपमा सञ्चालनको घोषणा गरेकी छन् । सामाजिक सुरक्षालाई योगदानमा आधारित बनाउने, अनौपचारक क्षेत्रका श्रमिम, स्वरोजगार र वैदेशिक रोजगारमा गएका कामदारलाई समेत यस कार्यक्रममा […]
२ जेठ, काठमाडौं । भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको आरोप लगाएका छन् । उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै खनेको दाबीसमेत गरेका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै उनले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका छन् । […]
२ जेठ, काठमाडौं । सरकारले आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आन्तरिक राजस्वलाई प्रमुख आम्दानीको श्रोतको रुपमा लिने बताएकी हुन् ।
२ जेठ, काठमाडौं । सरकारले स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परिचालन गर्ने भएको छ । ‘चिनौं आफ्नो माटो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासको काममा मुलुकभर परिचालन गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् । आगामी तीन वर्षभित्र सबै सामुदायिक शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न बनाउने […]
२ जेठ, काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको बैठकले नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरिएको छ । कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी साधन चल्न बन्द गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । ‘राजमार्गसमेत यही वडामा […]
२ जेठ, काठमाडौं । सरकारले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म ५५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बिमा गरिएको […]
२ जेठ, काठमाडौं । कोरोना महामारीका कारण प्रभावित उद्योगहरूले सहुलियत पाउने भएका छन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावित उद्योगलाई घोषणा गरेकी हुन् । कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरू सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक […]
२ जेठ, बुटवल । जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन पाल्पा जिल्लालाई जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जिल्लालाई जेठ ३ गते शनिबार बिहान ५ बजेदेखि ५ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो । छिमेकी जिल्ला रुपन्देहीमा २८ जनामा कोरोना भाइरसको […]
२ जेठ, काठमाडौं । सरकारले लकडाउनका कारण नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने भएको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय भएको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार जापान जान चाहने करिब ६ हजार छन् । ‘तालिम र अध्ययनलगायतका सिलसिलामा जापान रहेका तर अहिले नेपाल आएर […]
२ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ । हेर्नुहोस् राष्ट्रपति […]
२ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि शङखधर चोकमा कोरोना संक्रमित साथीसँगै बसेकी नर्सको रिपोर्ट नेगेटिभ आएको छ । २९ गते मोरङबाट आएर नर्ससँगै बसेकी आरोग्य फाउण्डेशनमा कार्यरत युवतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती युवतीलाई कोरोना पुष्टि भएपछि नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल […]
२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमहरुको लागि १९ वटा नयाँ कार्यक्रम प्रस्ताव गरेको छ । ती १९ वटा कार्यक्रमको सञ्चालनको लागि आगामी आर्थिक वर्ष २८ अर्ब ३१ करोड ८२ लाख बजेट अनुमान गरेको छ । अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड […]
२ जेठ, नेपालगञ्ज । बाँकेमा शुक्रबार थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने भएको छ । नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु केही पहिले भारतबाट आएका थिए । ‘नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने । उनकाअनुसार उनीहरु फरक […]
२ जेठ, दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनको दमौली अस्पताल ल्याउँदै […]
२ जेठ, काठमाडौं । भारतले नेपाली भूभाग अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि दुई देशको सीमा विवाद फेरि चर्किको छ । र, नेपाली भूमि अतिक्रमणको विरोधमा लकडाउनकै अवधिमा पनि सडक प्रदर्शन भए, संसदमा आवाज उठेको छ । सरकारले कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न सकिने बताइरहँदा कतिपयले भने अब काँडेतार लगाउनुको विकल्प छैन । सत्तारुढ नेपाल कम्युनिस्ट […]
from समाचार – Online Khabar https://ift.tt/3fRAOYD
via IFTTT

















