Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एमसीसी संसदको यही अधिवेशनबाट पारित गराउने सरकारको तयारी

३ जेठ, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदको चालु अधिवेशनबाट पारित गर्ने संकेत गरेको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा एमसीसी अनुदानबाट सम्पन्न गरिने आयोजना समेटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमको २११ औं बुँदामा भनिएको छ ‘लप्सीफेदी–राटमाटे, […]

साइकल चलाएर १० दिनमा दिल्लीबाट नेपाल

३ जेठ, काठमाडौं । पर्साको पटेर्वासुगौलीका तीन युवक साइकल चढेर भारतको दिल्लीबाट १० दिनमा गाउँ आइपुगेका छन् । वैशाख २६ गतेदेखि उनीहरु गाउँपालिकाले विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । सुगौली पटेर्वा–५ का ३२ वर्षीय लहबर मियाँ दर्जी, २९ वर्षीय हर्विन मियाँ दर्जी र ३८ वर्षीय सत्यनारायण चौधरी भारतबाट आएर सिधै क्वारेन्टाइनमा गएका हुन् । दिल्लीको […]

बारामा पनि प्रहरीलाई देखियो कोरोना भाइरस

३ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उनमा कोरोना संक्रमण पाइएको टेकु अस्पतालले पुष्टि गरेको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले ४ बजे स्वास्थ्य मन्त्रालयले पनि सार्वजनिक गर्दैछ ।’ बाराका एसपी कृष्ण पंगेनीले पनि आफूहरुलाई त्यसबारे जानकारी […]

जानकी मन्दिरको सम्पत्ति मासिँदै

३ जेठ, जनकपुरधाम । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा ०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा सन्दर्भमा जानकी मन्दिरको नाममा जनकपुरमा […]

रुकुमपश्चिममा आगलागी हुँदा १ जनाको मृत्यु

३ जेठ, रुकुम । रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार घरमा स्टोर गरेर […]

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

३ जेठ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कायम रहेको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मध्याह्नपछि देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

अघिल्लो सातामात्र भारतबाट आएका थिए कपिलवस्तुका तीनै जना कोरोना संक्रमित

३ जेठ, काठमाडौं । कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका […]

बुण्डेशलिगा सुरु हुँदा नेपाली खेलाडीहरु उत्साहित

३ जेठ काठमाडौं । मैदानमा खेल हेर्न दर्शक हुने छैनन् । प्रशिक्षक र बेन्चमा बस्ने खेलाडीले मास्क लगाउनेछन् । खेल सुरु हुनुअघि ह्याडसेक हुने छैन । खेलाडीबीच अंकमाल हुने छैन । मैदानमा थुक्न पाइने छैन तर फुटबल हुनेछ । कोरोनाभाइरस कोभिड-१९ को महामारीले दुई महिना रोकिएको बुण्डेशलिगा शनिवार पुन: सुरु हुँदा यस्तै फरकपन देख्न पाइनेछ […]

६३५ मेगावाटको दुधकोसी आयोजनामा डेढ खर्बभन्दा बढी लगानी जुटाइँदै

३ जेठ, काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल थालेको छ । सरकारले शुक्रबार मात्रै निित तथा कार्यक्रममार्फत यो आयोजनाको निर्माण सुरु गर्ने घोषणण् गरेको छ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत आयोजनामा लगानीका लागि इच्छुक एसियाली […]

सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता

३ जेठ, काठमाडौं । उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए । ती महिला ९ दिनअघि […]

सर्लाहीकी संक्रमित युवती काठमाडौंकै बासिन्दा

३ जेठ, जनकपुधराम । सर्लाहीमा देखापरेको नयाँ संक्रमित काठमाडौंकै बासिन्दा भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको रामनगरकी १८ बर्षीया युवती संक्रमित भएकी छन् । तर, संक्रमित युवती काठमाडौंकै बासिन्दा हुन् । लामो समयदेखि उनका परिवार काठमाडौं बस्दै आएको पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर […]

‘निजी क्षेत्रले सरकारसँग भिख होइन, अधिकार मागेको हो’

निजी क्षेत्रले अहिलेको भन्दा अझ धेरै समस्या खेप्ने दिन आइरहेको छ । अहिले २०/२५ प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालन भइरहेका छन् । सरकारले ४२ प्रकारका उद्योग खुलाउने निर्णय गरेपछि खुलेका उद्योगहरूको उत्पादन कहाँ बिक्री गर्ने भन्ने पनि समस्या छ । सरकारले कार्यान्वयनको पाटो नहेरी निर्णय गर्छ । उद्योगहरू खोल्न त पर्ने नै हो । राष्ट्रियतापछि सोच्नुपर्ने […]

प्रदेश २ का सबै ८ जिल्लामा भेटिए कोरोना संक्रमित

३ जेठ, जनकपुरधाम । शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश २ को पर्सा जिल्लामा कोरोना संक्रमणको अत्यधिक बिरामी […]

नेकपाको दुई वर्ष : पार्टीको नामबाहेक एउटै भन्ने के छ र ?

३ जेठ, काठमाडौं । तत्कालीन एमाले र माओवादी एकता भएको आज दुई वर्ष पूरा भएको छ । २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएको थियो । पार्टी एकताको दुई वर्ष पूरा हुँदा पनि एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । एकता टुंगिएको भनिएको स्थानमा भावनात्मक एकता छैन । विचार प्रधानभन्दा संख्या प्रधान […]

कोरोना संक्रमितले तातोपानी पनि नपाउने आइसोलेसन वार्ड

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)  संक्रमितलाई राख्ने आइसोलेसन वार्डबारे पहिले दुईवटा प्रतिनिधिमूलक घटना हेरौं– घटना एक : वीरगञ्जका सुरेश विडारीमा कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएको छैठौं दिन भयो । यसअघि प्रसूति वार्ड रहेको हलमा बनाइएको आइसोलेसन वार्डमा उनीसहित ८ जनालाई राखिएको छ । सबैका लागि दुईवटा संयुक्त शौचालय छन् । […]

प्रदेश ५ का जिल्लाको सीमा नाकामा १६ सय नेपाली अलपत्र

३ जेठ, बुटवल । स्वदेश फर्किन पाउने प्रतीक्षामा प्रदेश ५ का जिल्लाको भारतसँगको सीमावर्ती क्षेत्रमा १६ सय जना नेपाली रहेको प्रमुख जिल्ला अधिकारीहरुले दावी गरेका छन् । यो संख्या ६ जिल्लाका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेका नेपालीको आधिकारिक तथ्यांक हो । लकडाउनकै बीच भारतले रेल सेवा शुरु गरिसकेकाले घर फर्कने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या […]

कपिलवस्तुमा भेटिए थप ३ जना कोरोना संक्रमित

३ जेठ, काठमाडौं । नेपालमा फेरि कोरानो भाइरस (कोभिड-१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ […]

हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं, तपाईं के गर्दै हुनुहुन्छ ?

माननीय स्वास्थ्यमन्त्रीज्यू, नमस्कार ! म वीरगञ्जका कोरोना संक्रमित दुई पत्रकारमध्येको एक हुँ । अर्का पत्रकारलाई तपाईं व्यक्तिगत रुपमा चिन्नुहुन्छ । उहाँ मन्त्रीज्यूको फोन आयो भनेर मसँग खुसी हुँदै हुनुहुन्थ्यो । म भने खुसी हुन सकेको छैन । मलाई आत्मबल बलियो बनाएर मात्र कोरोना भाइरसलाई जित्न सकिँदैन भन्ने लाग्न थालेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन […]

नेकपा एकताको दुई वर्ष : विचारमा वर्णसंकर मति, संगठनमा सर्वनाशको गति

३ जेठ, काठमाडौं । केही दिनअघि आफूलाई भेट्न पुगेका केही मन्त्रीसँग नेकपा उपाध्यक्ष बामदेव गौतमले भनेका थिए– पार्टी एकता लामो समयसम्म जान्छ भन्ने विश्वास त अब मलाई छैन । तर, पनि  पार्टी फुट्न नदिन पटक–पटक धोका पाए पनि यसपटक फेरि केपी ओलीलाई साथ दिएको हुँ । प्रधानमन्त्री बनाउँछन् भन्ने त मलाई छैन । तत्कालीन नेकपा […]

भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा धेरै, ८५ हजार नाघे

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्याको आधारमा भारतले चीनलाई पछि पारेको छ । भारतमा संक्रमितको संख्या ८५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार नौ सय ४० पुगेको हो । चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार नौ […]

ओली र प्रचण्डले भने : मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ

३ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति […]



from समाचार – Online Khabar https://ift.tt/2ZaIC1B
via IFTTT
Powered by Blogger.