समाचार
३ जेठ, काठमाडौं । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले ५२ पुरुष र ११ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जानकारी दिए । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या […]
३ जेठ, डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ । […]
३ जेठ, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते छन् । लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान लागेको ट्रकले […]
३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमितबारे सूचना दिँदा पटक-पटक गलत तथ्य सार्वजनिक गर्ने गरेको छ । शुक्रबार पनि मन्त्रालयले गलत सूचना सार्वजनिक गर्दा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जदेखि दाङको तुलसीपुर नगरपालिकासम्म त्रासैत्रास सिर्जना भएको छ । साँझ ८ : १५ बजे थपिएका ९ जना संक्रमितमा दाङको गढवा-४, ५ र तुलसीपुर-७ […]
३ जेठ, काठमाडौं । शुक्रबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल छोट्याइने भएको छ । शनिबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रममाथिको छलफल छोटो बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । संसद सचिवालयले दलीय आधारमा बोल्न दिने र सकेसम्म थोरै सदस्यको नाम दिन आग्रह गरिने जनाएको छ । […]
३ जेठ, बुटवल । समाजवादी पार्टीले भारतबाट सामान ल्याउने ट्रक र कन्टेनरका चालक–सहचालकलाई निरोगिताको प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) अनिवार्य गर्न माग गरेको छ । भारतका विभिन्न ठाउँबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चारदेखि पाँच सयजना भारतीय चालक र सहचालक बेलहिया नाका हुँदै नेपाल आउने गरेका छन् । नेपाल प्रवेश गर्ने […]
३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–१३, कालिमाटी तथा त्यस वरपर क्षेत्रको फोहरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई आज राहत वितरण गरिएको छ । महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरुलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन राहतस्वरूप वितरण गरेको हो । नमोः हारती सहकारी र स्थानीयवासीको सहयोगमा भएको उक्त कार्यक्रममा […]
३ जेठ, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदको चालु अधिवेशनबाट पारित गर्ने संकेत गरेको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा एमसीसी अनुदानबाट सम्पन्न गरिने आयोजना समेटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमको २११ औं बुँदामा भनिएको छ ‘लप्सीफेदी–राटमाटे, […]
३ जेठ, काठमाडौं । पर्साको पटेर्वासुगौलीका तीन युवक साइकल चढेर भारतको दिल्लीबाट १० दिनमा गाउँ आइपुगेका छन् । वैशाख २६ गतेदेखि उनीहरु गाउँपालिकाले विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । सुगौली पटेर्वा–५ का ३२ वर्षीय लहबर मियाँ दर्जी, २९ वर्षीय हर्विन मियाँ दर्जी र ३८ वर्षीय सत्यनारायण चौधरी भारतबाट आएर सिधै क्वारेन्टाइनमा गएका हुन् । दिल्लीको […]
३ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उनमा कोरोना संक्रमण पाइएको टेकु अस्पतालले पुष्टि गरेको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले ४ बजे स्वास्थ्य मन्त्रालयले पनि सार्वजनिक गर्दैछ ।’ बाराका एसपी कृष्ण पंगेनीले पनि आफूहरुलाई त्यसबारे जानकारी […]
३ जेठ, जनकपुरधाम । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा ०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा सन्दर्भमा जानकी मन्दिरको नाममा जनकपुरमा […]
३ जेठ, रुकुम । रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार घरमा स्टोर गरेर […]
३ जेठ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कायम रहेको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मध्याह्नपछि देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]
३ जेठ, काठमाडौं । कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका […]
३ जेठ काठमाडौं । मैदानमा खेल हेर्न दर्शक हुने छैनन् । प्रशिक्षक र बेन्चमा बस्ने खेलाडीले मास्क लगाउनेछन् । खेल सुरु हुनुअघि ह्याडसेक हुने छैन । खेलाडीबीच अंकमाल हुने छैन । मैदानमा थुक्न पाइने छैन तर फुटबल हुनेछ । कोरोनाभाइरस कोभिड-१९ को महामारीले दुई महिना रोकिएको बुण्डेशलिगा शनिवार पुन: सुरु हुँदा यस्तै फरकपन देख्न पाइनेछ […]
३ जेठ, काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल थालेको छ । सरकारले शुक्रबार मात्रै निित तथा कार्यक्रममार्फत यो आयोजनाको निर्माण सुरु गर्ने घोषणण् गरेको छ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत आयोजनामा लगानीका लागि इच्छुक एसियाली […]
३ जेठ, काठमाडौं । उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए । ती महिला ९ दिनअघि […]
३ जेठ, जनकपुधराम । सर्लाहीमा देखापरेको नयाँ संक्रमित काठमाडौंकै बासिन्दा भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको रामनगरकी १८ बर्षीया युवती संक्रमित भएकी छन् । तर, संक्रमित युवती काठमाडौंकै बासिन्दा हुन् । लामो समयदेखि उनका परिवार काठमाडौं बस्दै आएको पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर […]
निजी क्षेत्रले अहिलेको भन्दा अझ धेरै समस्या खेप्ने दिन आइरहेको छ । अहिले २०/२५ प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालन भइरहेका छन् । सरकारले ४२ प्रकारका उद्योग खुलाउने निर्णय गरेपछि खुलेका उद्योगहरूको उत्पादन कहाँ बिक्री गर्ने भन्ने पनि समस्या छ । सरकारले कार्यान्वयनको पाटो नहेरी निर्णय गर्छ । उद्योगहरू खोल्न त पर्ने नै हो । राष्ट्रियतापछि सोच्नुपर्ने […]
३ जेठ, जनकपुरधाम । शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश २ को पर्सा जिल्लामा कोरोना संक्रमणको अत्यधिक बिरामी […]
३ जेठ, काठमाडौं । तत्कालीन एमाले र माओवादी एकता भएको आज दुई वर्ष पूरा भएको छ । २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएको थियो । पार्टी एकताको दुई वर्ष पूरा हुँदा पनि एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । एकता टुंगिएको भनिएको स्थानमा भावनात्मक एकता छैन । विचार प्रधानभन्दा संख्या प्रधान […]
from समाचार – Online Khabar https://ift.tt/2Z8kGvT
via IFTTT






















