समाचार
२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गर्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने ती नेताले जानकारी दिए […]
२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो । उपराष्ट्रपतिसहित कार्यालयमा रहेका सरकारी कर्मचारी, […]
२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् । १५ लाख […]
२ जेठ, सप्तरी । सप्तरीका एक जना वडा अध्यक्षले भारतमा अध्ययनरत आफ्ना छोरालाई घर ल्याएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम साहका छोरा भारतको नयाँ दिल्लीमा इन्जिनियरिङ अध्ययनरत थिए । उनी बुधबार राति घर आएका छन् । अरुलाई सीमाबाट छिर्न रोक लगाइए पनि वडा अध्यक्षका छोरा कसरी घर आइपुगे भनी स्थानीयले […]
१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दक्षिण एसियामा आगामी ६ महिनामा दैनिक दुई हजार चार सय बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफले चेतावनी दिएको छ । युनिसेफले यो आकलन जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको विश्लेषणको आधारमा तयार पारेको हो । युनिसेफका अनुसार महामारीको कारण स्वास्थ्य कमजोर हुँदै जाने हो भने […]
१ जेठ, काठमाडौं । लकडाउनको समयमा प्रशासनले जारी गरेको पास बोकेर उपत्यका छिरेका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जना चन्द्रागिरि नगरपालिकाका छन् भने अर्की महिला (२५) भक्तपुरकी हुन् । अर्का संक्रमित पूर्वगृहमन्त्री भीमबहादुर रावलको सुरक्षा टोलीका सदस्यले आफू उपत्यका छाडेर कतै नगएको बताउँछन् । त्यसैले उनको संक्रमणको स्रोत खोज्न […]
१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनमोर्चालाई उपसभामुख पद प्रस्ताव गरेको छ । प्रतिनिधिसभामा राजमोको तर्फबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसद दुर्गा पौडेललाई नेकपाले उपसभामुख पद प्रस्ताव गरेको हो । राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर आफ्नो पार्टीकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद दुर्गा पौडेललाई उपसभामुख पदको प्रस्ताव आएको बताएका हुन् […]
१ जेठ, बुटवल । कोरोना संक्रमणको जोखिमबाट बच्न रुपन्देहीको तिलोत्तमा नगरपालिका र गैडहवा गाउँपालिकाले मुख्य राजमार्गबाहेक सहायक सडक र नाकाबाट आवतजावतमा रोक लगाएका छन् । रुपन्देहीमा २८ जनामा कोरोना संक्रमण भएसंगै तिलोत्तमाले सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सिक्स लेन सडकबाहेक अन्य सहायक सडक र नाका लकडाउन अवधिभरका लागि सिल गरी अनुमतिविना आवतजावतमा रोक लगाएको छ । तिलोत्तमा […]
१ जेठ, काठमाडौं । प्रदेश २ मा कोरोना संक्रमितको उपचार गर्ने मुख्य थलोको रुपमा वीरगञ्ज बन्दै आएको छ । पर्सा मात्र होइन, बारा, रौतहटका साथै प्रदेश २ का अरु जिल्लनाका कोरोना संक्रमितहरुको पनि नारायणी अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको चाप बढेपछि एउटा सामुदायिक विद्यालयमा समेत सेमी आइसोलेसन वार्ड बनाएर राख्न थालिएको छ । नारायणी […]
१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिने खतरा बढेपछि सरकारले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकाका १० हजार व्यक्तिको परीक्षण गर्ने निर्णय लियो । त्यसअनुसार बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न तीन सय ३४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ भने सात सय जनाको र्यापिड डायग्नोस्टिक टेस्ट […]
१ जेठ, कठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपह्न संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । पछिल्लो ५ वर्षयता सरकारको नीति तथा कार्यक्रममा लगातार प्राथमिकतामा परेको क्षेत्र थियो- पुनर्निर्माण । वैशाख २०७२ को भूकम्पपछि सरकारले पुनर्निर्माणका लागि […]
१ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिना सकिँदा २८ प्रतिशत मात्रै विकास बजेट खर्च भयो । कोरोनाको महामारीले उत्पन्न प्रतिकुल अवस्थाका बीच आगामी वर्षमा विकासका कामलाई गति दिन स्पष्ट चुनौती देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ५५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । यो अवस्थामा बजेट बनाइरहेका अर्थमन्त्री डा. […]
१ जेठ, बुटवल । लकडाउनको मौका छोपेर रुपन्देहीको देवदहमा नदीजन्य पदार्थको चोरी–तस्करी हुने गरेको पाइएको छ । देवदह नगरपालिका ८ टटेरा, बुद्धपार्क नजिक घोडाहा खोलाबाट रातको समयमा तस्करहरूले अवैधरुपमा नदीजन्य पदार्थ निकालेर बिक्री गर्दै गरेको अवस्थामा स्थानीयले रंगेहात फेला पारेका छन् । खोलाबाट निकालिएको गिट्टी–बालुवा वडा नंं ७ का वडाध्यक्ष पदम थापाको घर छेउको सार्वजनिक […]
१ जेठ, काठमाडौं । लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्ध गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु […]
१ जेठ, काठमाडौं । दैनिक २३ करोडभन्दा बढीको व्यापार हुने सुन चाँदी व्यवसाय लकडाउन कारण ५९ दिनदेखि बन्द छ । तर, चैत ८ गतेदेखि सुनको भाउ नै तोक्न बन्द भएको अवस्थामा पनि बजारमा सुनचाँदीको सामान्य कारोबार भने भइरहेको छ । कतिपयले विहेका लागि भाउ नतोकिएको सुन खरिद गरेको गुनासो सुनिएको छ । लकडाउनमा सुनचाँदी व्यवसायको […]
१ जेठ, काठमाडौं । बिहीबार साँझ थप थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि विहीबार एकै दिन ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय […]
१ जेठ, सप्तरी । कोरोना संक्रमित सप्तरीका युवकको सम्पर्कमा आएका २१ जनाको स्वाब परीक्षण नेगेटिभ आएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका– ३ हटैल टोलका १८ बर्षीय युवकमा गत वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका उनका आमा, हजुरआमा […]
१ जेठ, काठमाडौँ । उपत्यका नगरपालिकाहरूले गृहमन्त्री रामबहादुर थापा वादलाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका छन् । मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीनवटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए […]
१ जेठ कैलाली । बोलन्या थलीले बिहीबार सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुक्की बालेर प्रदर्शन गरेको छ। पश्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि उनीहरुले ७ सय ५० टुक्की बालेर सरकारको सांकेतिक विरोध जनाएका हुन् । उनीहरुले पुलमा आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के […]
१ जेठ, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका थप एक जना निको भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २५ वर्षीय जमाती महम्मद अदुबकर सुल्तान निको भएर डिस्चार्ज भएका हुन् । यससँगै प्रदेश १ मा निको हुनेको संख्या १७ पुगेको छ । ५ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उनीसहित […]
१ जेठ, काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झडप भएको छ । कोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झडप भएको हो । भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं प्रत्यक्षदर्शी दलबहादुर तामाङले झडपबाट दुबै पक्षका केही युवा घाइते भएको जानकारी दिए । ‘टिपर […]
from समाचार – Online Khabar https://ift.tt/2XbRQIH
via IFTTT






















