Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा, वायु प्रदूषण केही कम हुने

१८ चैत, काठमाडौं । बुुुधबार साँझ परेको पानीले वायु प्रदूषणको मारमा रहेका काठमाडौं उपत्यकाबासीलाई राहत दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ । ‘पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले  कतै धेरै र कतै हल्ला वर्षा भएको हो’ […]

सिसडोल क्षेत्रमा पूर्वाधार विकास गर्न ६ करोड दिने मेयर शाक्यको प्रस्ताव

१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने प्रसताव गरेको छ । मंगलबार सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिसँग राष्ट्रिय सभागृहमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्ष तीन-तीन करोड व्यवस्था गर्ने प्रस्ताव गरेका […]

कांग्रेसको प्रश्न : सुरक्षा खतराका कारण प्रधानमन्त्री संसद नआएका हुन् ?

१८ चैत, काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सुरक्षा खतरा, सांसद रेशम चौधरीको रिहाइ, म्यानमारमा भएको आन्दोलनलगायतका विषमया आवाज उठेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा खतरा भएर संसदमा नआएको हो भनी प्रश्न गरेका छन् । केही दिनअघि प्रधानमन्त्रीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक […]

स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको पत्र

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ । २०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न […]

शिक्षण संस्था बन्द गर्ने सरकारी निर्णय स्वेच्छिक कि वाध्यकारी ?

१८ चैत, काठमाडौं । उपत्यका बाहिरका धेरै स्थानीय तहले आफ्नो क्षेत्रमा वायु प्रदूषण नभएको भन्दै विद्यालय बन्द सञ्चालन गरिरहेका छन् । गत मंगलबारदेखि वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो । हेटौंडा उपमहानगरपालिकामा केही निजी विद्यालयहरु खुलेका छन् […]

भोकमरी समस्यामा नेपालको प्रगति सुधारोन्मुख

१८ चैत, काठमाडौं । भोकमरीमा नेपालको प्रगति सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । विश्वव्यापी भोकमरी सूचांक (जीएचआई) ले तयार गरेको ‘विश्वव्यापी भोकमरी सूचांक प्रतिवेदन २०२०’ ले नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट मध्यम अवस्थामा आएको देखाएको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक प्रतिवेदनअनुसार विश्व भोकमरी सूची सन् २०२० मा १०७ मुलुकमध्ये नेपाल ७३ औं […]

‘बरु अर्को पार्टी खोले हुन्छ, समानान्तर गतिविधि गर्न पाइँदैन’

१८ चैत, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह […]

मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल माग

१८ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशका मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल (वरियताक्रम) मा राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । बुधबार महान्यायाधिवक्ता रमेश बडाललाई ६ बुँदे मागपत्र बुझाउँदै प्रदेशका मुख्य न्यायाधिवक्ताको वरियता सुधारका लागि गृह मन्त्रालयमा पहल गरिदिन आग्रह गरेका हुन् । यसअघि सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको प्रोटोकल राज्यमन्त्रीसरह रहे […]

किन बलियो छ म्यानमारको सेना ?

म्यानमारमा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ । फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएयता त्यहाँ ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । त्यहाँ भइरहेको मानवता विरोधी अपराध रोक्न सेनामाथि अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने आवाज उठिरहेको छ । तर, भारत र चीनलाई आफ्नो छिमेकमा भइरहेको नरसंहारले खासै छोए जस्तो देखिंदैन । प्रजातान्त्रिक मुलुक भारतले […]

डढेलो नियन्त्रण : न कुनै कार्ययोजना, न समन्वय

१८ चैत, काठमाडौं । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो […]

अपाङ्गमैत्री कानून बनाउने कर्णालीका सांसदहरुको प्रतिबद्धता

१८ चैत, सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले अपाङ्गमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । कार्यक्रममा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले प्रदेशले बनाउने कानूनहरु अपाङ्गमैत्री बनाउन प्रतिबद्धता जनाइन् । ‘प्रदेश सभाले बनाउने नीति र कानूनमा अपाङ्गताका मुद्धाहरु […]

बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक सम्पन्‍न

१८ चैत, काठमाडौँ । बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक बुधबार सम्पन्न भएको छ । भर्जुअल माध्यम मार्फत सम्पन्न सो बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलको सहभागिता थियो । बिहिबार हुने परराष्ट्रमन्त्रीहरुको बैठकको तयारीको लागि सो वैठकको अयोजना गरिएको छ । सो बैठकमा बिमस्टेको शिखर सम्मेलनको मिति, बिमस्टेक स्वतन्त्र ब्यापार सम्झौता लगायतका विषयमा छलफल भएको […]

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक   

१८ चैत, काठमाडौं । वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ । नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो । त्यसैगरी एक सातासम्म रातको समयबाहेक […]

१४ समूहका ११३ जनाले लिए हिमाल आरोहण अनुमति, सबैभन्दा बढी सगरमाथामा

१८ चैत, काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न बुधबारसम्म १४ समूहले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस अवधिमा १४ समूहका १ सय १३ जना आरोहीले अनुमति लिएका हुन् । उनीमध्ये ३४ जना महिला रहेका छन् । विभागका अनुसार अहिलेसम्म सगरमाथा, नुप्त्से, मनास्लु, अन्नपूर्ण, ल्होत्से, टुकुचे र धौलागिरि हिमालका लागि आरोहण […]

बालिकालाई यौन दुर्व्यवहारको आरोपमा १ जना पक्राउ

१८ चैत, वीरगञ्ज । पर्सामा १० वर्षकी बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । माघ २५ गते बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ छपकैयाका ४५ वर्षका भुनेश राउत कुर्मी पक्राउ परेका हुन् । मुलुकी अपराध संहिता २०७४ ले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा […]

लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्ने मन्त्रीको योजना

१८ चैत, विराटनगर । प्रदेश १ की नवनियुक्त सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने योजना अघि सारेकी छन् । शुक्रबार मन्त्रीको कार्यभार सम्हालेकी मन्त्री राईले कोदोको रक्सीलाई ब्यान्ड नभई ब्राण्डिङ गर्ने बताएकी हुन् । कानुनी रुपमा लोकल मदिरा बिक्री गर्न प्रतिबन्ध छ । कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री गर्न कानुनी र व्यावहारिक पक्षको […]

कोरोना भत्ता उपलब्ध गराउन माग राख्दै सामान्य प्रशासनमन्त्रीलाई ज्ञापनपत्र

१८ चैत, काठमाडौं । स्वास्थ्यकर्मीहरुको कोरोना जोखिम भत्ता शीघ्र उपलब्ध गराउन माग राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स नेपालको प्रतिनिधि टोलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाई भेटेर बुधबार ज्ञापनपत्र बुझाएको हो । कोभिड-१९ महामारी फैलिएको एक वर्ष बितिसक्दा समेत सरकारले चिकित्सक तथा […]

डोटीका विद्यालय कतै खुला, कतै बन्द

१८ चैत्र, डोटी । मंगलवारदेखि चार दिनका लागि विद्यालय बन्द गर्ने संघीय सरकारको निर्णय डोटीमा पूर्ण रुपमा कार्यान्वयन भएन । काठमाडौँ उपत्यका र देशका अन्य केही भागमा प्रदूषण फैलिएको कारण देखाउँदै संघीय सरकारको शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै डोटीका शिखर नगरपालिकाले प्रशासनले विज्ञप्ति निकालेर विद्यालय नियमित सञ्चालन गर्न […]

चोरी गरेको आरोपमा हत्या, मामा भाञ्जा पक्राउ

१८ चैत, जनकपुरधाम । चैत ११ गते टाउको काटिएको अवस्थामा मृत फेला परेका सुशील यादवको हत्या चोरी गरेको आरोपमा भएको खुलेको छ । यादवले सामान चोरेको आरोप लगाएर छिमेकीले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए । मलगंवा नगरपालिका– १० का २५ वर्षका यादवको शव टाउको काटिएको अवस्थामा चैत ११ गते […]

मप विश्वविद्यालयमा कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश

१८ चैत, सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा लिएको थियो । तर, उक्त प्रवेश परीक्षा विवादित भएपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा नै […]

जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्छ : बिजुक्छे

१८ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । जनप्रतिनिधिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनताले सुख पाउने उनको भनाइ थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग बुधबार भएको भेटमा उनले महानगरपालिकाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा चासो राखेका थिए । प्राचीन र ऐतिहासिक सहर […]



from समाचार – Online Khabar https://ift.tt/39zBUXE
via IFTTT
Powered by Blogger.