Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

निर्वाचन आयोगलाई संसदको जवाफ : १४ सांसदको दल त्यागसम्बन्धी सूचना विचाराधीन छ

८ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले ४ सांसदलाई पदमुक्त गर्न कपा एमालेले दिएको सूचना विचाराधीन रहेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले २ भदौमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि आयोगमा निवेदन दिएका […]

नेप्से सीईओको राजीनामाले धितोपत्र बोर्डका अध्यक्ष दबावमा

८ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद मंगलबार विदामा थिए । रुघाखोकी लागेको भन्दै कार्यालय नगएका उनले दिउसो १ बजे नेप्सेका केही अधिकारीहरुलाई टेलिफोन गरेर आफ्नो कार्यकालमा भए गरेका कामहरु तयार गर्न निर्देशन दिए । सीईओ साउदले नेप्सका कम्पनी सचिव मुराहरी पराजुली लगायतका […]

संघमा समायोजन हुन नपाएका शाखा अधिकृतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

८ भदौ, काठमाडौं । संघमा दरबन्दी खाली हुँदाहुँदै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका शाखा अधिकृतलाई संघीय निजामती सेवाकै पदमा मिलान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । समायोजनका क्रममा संघ रोजेका तर दरबन्दी खाली नभएको भन्दै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका प्रशासन समूहका शाखा अधिकृतहरुले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार चुडालको […]

धनुषामा गुडिरहेको मोटरसाइकलबाट उछिट्टिएर झरेकी महिलाको माइक्रोबसले किचेर मृत्यु

८ भदौ, जनकपुरधाम । धुनषामा गुडिरहेको मोटरसाइकलबाट उछिटिएर सडकमा खसेकी एक महिलाको माइक्रोबसले किचेर मृत्यु भएको छ । मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलमा पछाडि सवार महिला उछिटिएर सडकमा लडेलगत्तै माइक्रोबसले कुल्चिँदा घटनास्थलमै मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकलबाट लडेकी सप्तरीको राजविराज नगरपालिका–१२ की २९ वर्षीया ममता […]

लागूऔषध राखेर फसाइएका पत्रकारको बयान : मैले एउटा बोलें, प्रहरीले अर्कै टाइप गर्‍यो

“मेरो घर इच्छानाथ नगरपालिकामा पर्छ, सदरमुकाम गौरमा बसेर पत्रकारिता गर्छु । घटना हुनु एक दिनअघि मात्रै आमाबुवालाई भेटेर फर्किएको थिएँ । ‘रौतहट एक्सप्रेस’को कार्यालयमा बसिरहेका बेला ग्रीन सिग्नल होटलका सञ्चालकले फोन गरे । ‘होटल खोलेको दुई–तीन महीना भइसक्यो, प्रचार भएको छैन, विज्ञापन गरिदिनुपर्‍यो, आउनु न’ फोनमा मलाई भनियो । मैले आधा घन्टापछि आउँछु भनें । […]

म्याद सकिएका खाद्य वस्तु नयाँ मिति राखेर बजारमा

८ भदौ, काठमाडौं । म्याद सकिएको पास्ता, बिस्कुट, चकलेटलगायत १२ प्रकारका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गरेको भेटिएको छ । मंगलबार बालाजुको अगद नेपाल भेन्चर प्रालीको गोदाममा म्याद सकिएको वस्तुमा नयाँ उपभोग्य मिति राखिरहेको अवस्थामा मेसिनसहित एक जनालाई नियन्त्रणमा लिइएको वाणिज्य विभागले जनाएको छ । वाणिज्य विभाग र प्रहरीले संयुक्त रुपमा गरेको अनुगमनमा […]

मोटर बाटो नभएको जग्गा धितो राखेर ऋण पाइने

८ भदौ, काठमाडौं । अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो […]

खोकनाको पोखरीमा पाठी खोज्ने जात्रा (फोटो फिचर)

८ भदौ, काठमाडौं । ललितपुरको खोकनामा मंगलबार पोखरीमा पाठीको बली दिइएको छ । १२ औं शताब्दीदेखि प्रचलनमा रहेको यो परम्पराअनुसार पोखरीमा जिउँदै पाठीलाई डुबाएर बली दिइन्छ । त्यसपछि स्थानीय युवाको समूहले पोखरीमा उक्त पाठीको खोजी गरेर ल्याई प्रसादको रुपमा बाँड्छन् । स्थानीयका अनुसार पोखरीमा डुबाइएको पाठी टिप्न टोलटोलबीच प्रतिस्पर्धा नै हुन्छ । हेर्नुहोस् पोखरीमा डुबाएको पाठी […]

मंगलबार अफगानिस्तानबाट फर्किए ११२ नेपाली

८ भदौ, काठमाडौं । अफगानिस्तानबाट मंगलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार गरिएको हो । योसँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिकको उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ […]

एमालेको आह्वान : मूलघरमै फर्किनुस्

८ भदौ, काठमाडौं । नेकपा एमालेले नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेता कार्यकर्तालाई मूलघरमै फर्किन आह्वान गरेको छ । लामो समयदेखि माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ दलमा नगाएका स्थायी कमिटीका १० नेता सहभागी भएको स्थायी कमिटी बैठकले एकताका लागि आह्वान गरेको हो । एमाले विभाजित हुँदा राजनीतिक स्थायित्व, लोकतन्त्र, सम्बृद्धि र समाजिक न्यायकै […]

दोलखामा बेरुजुको चाङ, बैतेश्वर गाउँपालिकामा १२ करोड बेरुजु

८ भदौ, दोलखा । दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय तह रहेको दोलखा जिल्लामा स्थानीय तहहरुले गर्ने खर्चमा वार्षिक रूपमा बेरुजुको सीमा नाघ्दै गएको छ । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदन अनुसार दोलखा जिल्लामा मात्रै रु ३७ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । बेरुजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधिभन्दा […]

जब रेशम चौधरीले भने – मेरो रिहाइको लागि शासकसँग सम्झौता नगर्नुहोला

८ भदौ, काठमाडौं । मंगलबार थारूवान/थरूहट राष्ट्रिय मोर्चा तथा बृहत् नागरिक आन्दोलनले टीकापुर घटना ६ वर्ष पुगेको सन्दर्भमा गरेको विरोध सभालाई सांसद रेशम चोधरीले कारागारबाटै एक सन्देश पठाए । मोर्चामा सल्लाहकार एवं अभियन्ता सुरेन्द्र चौधरीका अनुसार रेशमले बिहानै फोन गरेर जनतालाई आफ्नो कुरा बताउन आग्रह गरेका थिए । सोहीअनुसार सभामा बोल्दै सुरेन्द्रले सांसद रेशमको सन्देश […]

प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

८ भदौ, धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् । बैठकमा सुरक्षा निकायका प्रमुखले प्रदेशको सुरक्षा व्यवस्थाबारे ब्रिफिङ गर्नुका साथै आगामी योजनाबारे […]

एमालेको दशौं महाधिवेशन मंसिर दोस्रो साता

८ भदौ, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने भएको छ । माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ । साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको प्रवक्ता […]

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

८ भदौ, चितवन । माडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका हुन् । मंगलबार दिउँसो खेतमा धान गोड्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको […]

स्रोत नखुलेको झण्डै ८६ लाख रुपैयाँसहित तीन जना पक्राउ

८ भदौ, काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्षमण पौडेल, काठमाडौं-२४ बस्ने रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खडका रहेका छन् । प्रहरीका अनुसार काठमाडौं-२२ खिचापोखरीमा शंकास्पद अवस्थामा पौडेलले बोकेको झोला खानतलासी […]

सर्लाहीबाट नलकटुवा पेस्तोलसहित दुईजना पक्राउ

८ भदौ, जनकपुरधाम । सर्लाही प्रहरीले नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका ६ स्थित प्रहरी बिट नजिकबाट बागमती नगरपालिका ८ बस्ने अरुण लामा र अगबर अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबै २८ बर्षका छन् । नयाँ रोडबाट बरहथवातर्फ जादै गरेको उनीहरू सबार बिआर३० […]

अष्टलक्ष्मी मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो : माधव नेपाल

८ भदौ, काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । तर अब के हुन्छ भन्ने शाक्यमा भर पर्ने उनले बताए । नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । तर उनी नेकपा एकीकृत समाजवादीमा […]

साइबर अपराध मुद्दामा युट्युबर देउजाले पाए सफाइ

८ भदौ, वीरगञ्ज । साइबर अपराध मुद्दामा युट्युबर सन्तोष देउजाले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध मुद्दामा उनलाई मंगलबार सफाइ दिएको हो । न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले आफूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको देउजाले जानकारी दिए । देउजाको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए । देउजा कपुरबोट मिडिया प्रालिद्वारा सञ्चालित […]

मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते, युवक पक्राउ

८ भदौ, धनगढी । बैतडीमा मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते भएकी छन् । सोमबार खोड्पे बजारबाट घर फर्किने क्रममा सुपप्र ०४००१ प०५०१ नम्बरको मोटरसाइकलमा लिफ्ट मागेकी पाटन नगरपालिका-९ किचारकी १७ वर्षीया गोदावरी भट्ट लडेर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले भट्टकै वडाका चालक हरिश महरासँग मोटरसाइकलमा […]

अहिलेको शासन प्रणाली मुलुकले धान्दैन : कमल थापा

८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणालीलाई मुलुकले धान्न नसक्ने बताएका छन् । सनातन मूल्य मान्यता, गौरवशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने उनको दाबी छ । मंगलबार राप्रपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार गर्न आवश्यक भएको बताए । उनले मुलुकलाई स्वाधीन […]



from समाचार – Online Khabar https://ift.tt/3yentSm
via IFTTT
Powered by Blogger.