Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सत्ता साझेदार दलको कार्यदल बैठक सुरु

१८ साउन, काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बैठक बसेको हो । सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल हुने र […]

लुम्बिनीमा कोरोना संक्रमण बढ्यो, प्रति १०० जनामा ३० संक्रमित

१८ साउन, बुटवल । पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित विरामी बढेका हुन् । बजार र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरु बताउँछन् । संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । ‘अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको छ,’ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले भने । आजको बैठकबाट सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउने माओवादीको […]

गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला प्रस्थान गर्दै

१८ साउन, काठमाडौं । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज (सोमबार) दार्चुला जाँदै छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो । टोली सोमबार काठमाडौंबाट […]

‘नेहरू, तिब्बत र चाइना’ सम्बन्धको नेपाल ‘कनेक्सन’

१७ साउन, काठमाडौं । जुलाईको तेस्रो साता चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरे । सन् १९९० यता चीनका कुनै पनि राष्ट्रपतिले यस क्षेत्रको भ्रमण गरेका थिएनन् । उनको तिब्बत भ्रमणलाई लिएर यतिवेला अन्तर्राष्ट्रिय तहमा विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एक अमेरिकी सांसदले त उनको भ्रमण भारतका लागि ‘थ्रेट’ भएको टिप्पणी समेत गरेका छन् […]

पटक-पटक आरक्षणको सुविधा दावी गर्न मिल्दैन : सर्वोच्च अदालत

१८ साउन, काठमाडौं । सर्वोच्च अदालतले एकपटक आरक्षणको कोटाबाट सुविधा दिएको अवस्थामा हरेक पटक त्यही सुविधा दावी गर्नु संविधानसम्मत नहुने भनी व्याख्या गरेको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडीएमएस) तहमा आरक्षण नपाएको दावी गर्दै एक प्रतिस्पर्धीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले हरेक तहमा आरक्षणको दावी गर्नु संविधानको भावनाको प्रतिकूल हुने भनी निर्णय गरेको हो । […]

विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

१८ साउन, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार […]

चोरी भएको छिन्नमस्ता देवीको मुकुट भेटियो

१८ साउन, सप्तरी । मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् । आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । उनका अनुसार मुकुट बोकेका […]

नेपालको अन्तर्राष्ट्रिय व्यापार : यस्ता छन् प्रमुख १० आयात-निर्यातका वस्तु

१८ साउन, काठमाडौं । नेपालमा वाषिर्क ३० हजार मेट्रिकटन हाराहारी मात्रै उत्पादन हुने भटमासको तेल नेपालको प्रमुख निर्यातक वस्तु बनेको छ । नेपाली ब्यापारीले ब्राजिल, बंगलादेश र क्यानडा लगायत मुलुकबाट आयात गरेर साफ्टा सुबिधा अन्तर्गत भारतमा निर्यात बढाएपछि स्वदेशमा उत्पादन नभए पनि भटमासको तेल नेपालको एक नम्बर निर्यात वस्तु बनेको हो । आर्थिक वर्ष ०७६/७७ […]

मकवानपुरमा विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

१८ साउन, बागमती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ । वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल […]

अखाद्य प्रमाणित झण्डै दुई लाख किलो नौनी घ्यू सरकारी कम्पनीले बेच्यो जनतालाई

१८ साउन, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युन गुणस्तरको भनेर प्रमाणित गरेको झण्डै दुई लाख किलो बटर दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई बिक्री गरेको खुलेको छ । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको थियो । संस्थानको बालाजु […]

वसन्त ऋतुमा ४४ मुलुकका आरोहीले टेकेका थिए सगरमाथा चुचुरो, सबैभन्दा बढी नेपाली

१८ साउन, काठमाडौं । गत वसन्त ऋतुमा कुल ४५९ जना आरोही/सहयोगीले सगरमाथाको चुचुरो चुमेका थिए । पर्यटन विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसरी सगरमाथा पुग्ने आरोहीहरु विभिन्न ४४ वटा मुलुकका थिए । यसमध्ये सबैभन्दा बढी आरोही नेपाली छन् । नेपाली आरोहीहरु भने सहयोगी आरोहीका रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । नेपालबाहेक विश्वभरका ४३ मुलुकका […]

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । शर्माले […]

एन्फाका सहायक महासचिव वसन्त अर्यालले पनि छाडे पद

१८ साउन, काठमाडौं । पछिल्लो समय नेपाली फुटबल अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादका कारण तातिएको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा प्रकरण अनl प्रशिक्षक र एन्फा उपाध्यक्ष पंकज नेम्वाङको विवादले अहिले फुटबल माहोल तातिएको छ । यसै सन्दर्भमा एन्फाका सहायक महासचिव ववसन्तराज अर्यालले पदबाट अलग हुने निर्णय गरेका छन् । अर्यालले आइतबार […]

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

१८ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ […]

दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयले बनायो समिति

१७ साउन, काठमाडौं । गृह मन्त्रालयले दार्चुलमा तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र […]

अस्पतालमा बढ्न थाले बिरामी, दोस्रो लहर उत्कर्षकै झल्को

१७ साउन, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ । अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै […]

कांग्रेस सांसदको ढिपी : म संयोजक, कार्यकाल १८ महिना !

१७ साउन, काठमाडौं । संसदीय समितिहरुले कुनै पनि विषयमा अध्ययन गर्न उपसमिति बनाउनु सामान्य हो । समितिमा छलफलमा आएका र क्षेत्रधिकारभित्र पर्ने कुनै विषयमा अध्ययन गर्नुपर्ने भयो भने उपसमितिहरु बनाउने परम्परा छ । आइतबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा भने फरक दृश्य देखियो । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले उपसमिति बनाउन मात्र माग राखेनन्, नाम, […]

देशभरका अस्पतालहरूमा अक्सिजनको हिसाबकिताब

घटना–१ : २८ वैशाख २०७८ मा राति अक्सिजन अभाव हुँदा रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भयो । सिलिण्डरमा भरेर ल्याइने अक्सिजन समयमा नआइपुग्दा आकस्मिक कक्ष र एचडीयूमा उपचाररत विरामीले ज्यान गुमाएका थिए । त्यही अस्पतालमा २९ गते थप ७ जनाले आक्सिजन अभावमै ज्यान गुमाए । घटना–२ : ३० वैशाखमा […]

बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव

१७ साउन, काठमाडौं । बाढी प्रभावित मेलम्ची क्षेत्रमा पुगेका विज्ञहरुको टोलीले नदी आसपासको क्षेत्र मानववस्तीका लागि अयोग्य भएको निश्कर्ष निकालेका छन् । यद्यपि स्रोतसम्म नपुगेकाले हेलम्बु गाउँपालिकाका साथै मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याउने गरी मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता नलागेको बताएको छ । १ असारको राति बढी आएको मेलम्ची नदीमा आइतबार फेरि लेदोसहितको बाढी […]

एमाले एकताको ब्रिफिङसँगै वडातिर फर्कँदै माओवादी केन्द्र

१७ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह नेकपा एमालेतिर जाने विश्लेषण सुनाएको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेपाल समूह सरकारमा नआउने र एमालेतिर जाने विश्लेषण सुनाए । बैठकले […]



from समाचार – Online Khabar https://ift.tt/2WKpMzr
via IFTTT
Powered by Blogger.