Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एमालेको केन्द्रीय कमिटी बैठक शुरु

२५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ । एमालेको सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो । सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश […]

कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

२५ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा […]

काभ्रेपलाञ्चोकको दुई गाउँपालिकामा कोही विरामी परे हवाई उद्धार गर्नुपर्ने बाध्यता

२५ साउन, काठमाडौं । खानीखोला गाउँपालिका-४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई गत हप्ता उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइयो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता बनेको हो । घरमा औषधि ल्याएर खाँदा शरीरलाई आराम नमिले पनि उनका आफन्तले रु ७० हजार […]

राजविराजमा मास्क अभियान : हुनेले दिन्छन्, नहुनेले लैजान्छन्

२५ साउन, काठमाडौं । सप्तरी सदरमुकाम राजविराजको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबुल लाग्ने गरेको छ । ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेञ्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन् । टेबुलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔं, नहुनेले मास्क लगाएर जाऔं’ लेखिएको छ । कार्टुनसँगै छेउमा स्यानिटाइजरको बोतल […]

बालविवाह अन्त्यका लागि बाँकेका स्थानीय तहको चासो

२५ साउन, राँझा । बाँकेमा बालविवाह अन्त्यका लागि स्थानीय तहहरुले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् । कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी […]

घुम्न आउने होइन त तालपोखरा ?

२५ साउन, पाल्पा । कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो । चारैतिर फराकिलो तर प्रयोगविहीन यो पोखरी पर्यटकीय गन्तव्यस्थल बन्ला भन्ने कसैलाई लागेको थिएन । अहिले त्यो स्थलको स्वरुप नै फेरिएको छ । एक दशकपछि आज यहाँ कोही आयो भने […]

बल्ल दोस्रो डोज पाइयो !

२५ साउन, काठमाडौं । पाँच महिनापछि जेष्ठ नागरिकले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज पाएका छन् । गत फागुन तेस्रो साता कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज दिन सुरु गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । जापान र भुटानबाट एस्ट्राजेनेकाको खोप […]

लोकसेवा आयोगको परीक्षा नरोकिने

२५ साउन, काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले […]

काठमाडौं महानगरपालिकाका सबै वडामा एउटा पार्क : मेयर शाक्य

२५ साउन,  काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताएका छन् । वडा नम्बर–५ को हाँडीगाउँमा आज नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताए । ‘कठमाडौँ महानगरपालिकाले एक वडा एक पार्कको नीति लिएको छ,’ शाक्यले भने, ‘नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप […]

सेनामा कमाण्ड हस्तान्तरण : शर्मालाई कामु प्रधानसेनापतिको जिम्मा

२५ साउन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ-बुझारत गरेका हुन् । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेका छन् । सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो […]

एमालेमा विधान संशोधन प्रस्ताव : अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित

२५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो, जसमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ । ‘अध्यक्ष […]

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]

सांसद पद गुमाएका जसपाका ३ नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन पूर्वसांसदले दिएको रिटमा  सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीले निष्कासन गरेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च गएका थिए । तर सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको […]

सुनको मूल्य चार महिनायताकै सस्तो

२५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि  तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर […]

अविश्वास प्रस्तावविरुद्ध लुम्बिनीका एमाले सांसदले दिए सर्वोच्चमा रिट

२५ साउन, बुटवल । लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारुढ दल नेकपा एमालेका सांसद सर्वोच्च अदालत गएका छन् । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्ता पक्षका सांसदहरु रिट लिएर सर्वोच्च गएको पुष्टी गरे । ‘संविधानको धारा १६८(१) अनुसार नियुक्त मुख्यमन्त्रीविरुद्ध दुई बर्षसम्म अविश्वासको […]

वीरगञ्जमा पहिलोमा भन्दा दोस्रो लहरमा चार गुणा बढी संक्रमितको मृत्यु

२५ साउन, वीरगञ्ज । कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रोमा वीरगञ्जका अस्पतालमा ४ गुणा बढी मानिसको मृत्यु भएको छ । पहिलो लहरमा ८६ जनाको मृत्यु भएकोमा दोस्रो लहरमा ३ सय ४३ जनाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरण अनुसार पहिलो लहरमा पर्साका ५५ र अरु जिल्लाका ३१ जनाको मृत्यु भएको […]

सडक सफा नगर्दा सिन्धुपाल्चोकमा यातायातका साधन चल्न सकेनन्

२५ साउन, सिन्धुपाल्चोक । करिब ९ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् । साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करीब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ । बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बू, बरुवा, शेर्माथाङ र मेलम्ची […]

‘नेपालमा लगानीका थुप्रै अवसर छन्’

नेपालका लागि फ्रान्सका राजदूत फंस्वा-जाभिए लेजे आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यसै हप्ता स्वदेश फर्कंदैछन् । सन् १९४९ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रवत् सम्बन्ध रहँदै आएको छ । दुवै मुलुकले एकअर्काको देशमा सन् १९६७ मा राजदूतावास स्थापना गरेका हुन् । नेपालको विकासमा फ्रान्सले लामो समयदेखि सहयोग गर्दै आएको छ । यद्यपि पछिल्लो […]

आमासँगै बालबालिका पनि संक्रमित

२५ साउन, बागलुङ । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित […]

सेती खोच र पाताले छाँगो ठेक्का : लाभ कि महाविपत्तिको पर्खाइ ?

२५ साउन, पोखरा । दुई वर्षअघि सरकारले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण रिसोर्ट लगायतको जग्गा थप २५ वर्षका लागि यती होल्डिङ्सलाई लिजमा दियो । ट्रष्टकै ताहाचलको जग्गा पनि यतीलाई ३० वर्षका लागि सुम्पियो । ऐन नै संशोधन गराएर पनि देशका विभिन्न ठाउँका सरकारी जग्गा सस्तोमा हत्याउन यती समूह सफल छ । यतिबेला पोखरामा व्यापारिक समूहले […]

सुनको सिक्री लुटपाट गरेको आरोपमा युवक पक्राउ

२५ साउन, काठमाडौं। प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् । सुवेदीले बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीको दाबी छ […]



from समाचार – Online Khabar https://ift.tt/3lMJftQ
via IFTTT
Powered by Blogger.