समाचार
२५ साउन, वीरगञ्ज । कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रोमा वीरगञ्जका अस्पतालमा ४ गुणा बढी मानिसको मृत्यु भएको छ । पहिलो लहरमा ८६ जनाको मृत्यु भएकोमा दोस्रो लहरमा ३ सय ४३ जनाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरण अनुसार पहिलो लहरमा पर्साका ५५ र अरु जिल्लाका ३१ जनाको मृत्यु भएको […]
२५ साउन, सिन्धुपाल्चोक । करिब ९ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् । साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करीब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ । बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बू, बरुवा, शेर्माथाङ र मेलम्ची […]
२५ साउन, बागलुङ । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित […]
२५ साउन, काठमाडौं। प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् । सुवेदीले बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीको दाबी छ […]
२५ साउन, धनगढी । श्रीमान् श्रीमती दुवै जना सशस्त्र प्रहरी । जवानबाट सेवा प्रवेश गरेको दुवैको पृष्ठभूमि । संगठनमा काम गर्ने दौरानमा प्रहरी सहायक निरीक्षक (असई)को तयारी पनि सँगसँगै अगाडि बढाए, अनि संघर्ष र लगनशीलताले संगठनभित्रै सर्वोत्कृष्ट बन्न सफल भए दुवै जना । यो कथा हो, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का मनोज बोगटी र उनकी श्रीमती […]
२५ साउन, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेका छन् । उनीहरुलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट जीवित भैंसेगोहोरो सहित आइतबार […]
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ । ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी […]
२५ साउन, काठमाडौं । अफगानिस्तानमा गत शुक्रबारयता चरमपन्थी संगठन तालिबानले पाँच प्रान्तीय राजधानीमाथि कब्जा जमाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पछिल्ला केही महिनामा अधिकांश ग्रामीण क्षेत्रमा कब्जा जमाएको तालिबानले अहिले भने सहरी क्षेत्रमा आक्रमण गरिरहेको छ । आइतबार तालिबानले अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेका कन्दुज, सार ए पुल र तालोकान सहरलाई आफ्नो कब्जामा लिएको हो […]
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो । बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी दिए । आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । भेलामा आगामी महाधिवेशन, सरकारका काम […]
२५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले चितवनले वैशाख १५ गतेदेखि जारी निषेधाज्ञालाई साउन ३२ गतेसम्म निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै साउन ३२ गते राति १२ बजेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएको हो । निषेधाज्ञा जिल्लाभर लागू हुने छ । जिल्लामा कोरोना संक्रमणको जोखिम अझैसम्म पनि उच्च रहेको, डेल्टा भेरिएन्टसमेत […]
माओवादी आन्दोलनभित्र वैचारिक नेताको छवि बनाएका राम कार्की आफ्नै नेतृत्वसँग आलोचनात्मक रूपमा प्रस्तुत हुन खोज्छन् । नेपालमा माओवादी आन्दोलनको पुनर्गठनका लागि पार्टीले आत्मालोचना गर्दै नयाँ नीति र कार्यक्रमसँगै त्यसलाई बोक्न सक्ने नयाँ नेतृत्व अगाडि आउनुपर्नेमा जोड दिन्छन् । यद्यपि उनी माओवादी आन्दोलनको पुनर्गठन प्रचण्डकै नेतृत्वमा मात्र सम्भव हुने तर्क पनि गर्छन् । नेकपा माओवादी केन्द्रका […]
२०६४ सालको पहिलो संविधानसभा निर्वाचन परिणामले नेकपा (माओवादी) लाई देशकै सबैभन्दा ठूलो पार्टी बनाइदिएको थियो । माओवादीले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सीट जितेको थियो । माओवादीले समानुपातिकतर्फ मात्रै २९.२८ प्रतिशत मत पाएको थियो । १० वर्षको सशस्त्र जनयुद्धबाट बृहत् शान्ति सम्झौता र अन्तरिम व्यवस्थापिका संसद हुँदै आएको माओवादीले पहिलो संविधानसभा निर्वाचनमा प्राप्त गरेको उल्लेखनीय […]
२५ साउन, काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको पाँच महीनापछि नेकपा माओवादी केन्द्र संगठन निर्माणको रणनीतिक प्रस्ताव सहित अगाडि बढेको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर पुनर्स्थापित माओवादीले पार्टी संरचनालाई समावेशी र युवामैत्री बनाउने नीति लिएको देखिन्छ । त्यसका निम्ति पार्टीका सबै संरचनामा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र ४० […]
२५ साउन, काठमाडौं । कोरोनाको कारण लामो समय बन्द रहेको चन्द्रागिरि हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरि हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोरोनाभाइरस […]
२५ साउन, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को हकप्रद सेयरका लागि आवेदन दिने समय थप भएको छ । गत ५ साउनदेखि यस कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भएको थियो । निर्धारित समयमा आईपीओका लागि पर्याप्त आवेदन नपरेपछि समय थप गरिएको हो । हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते सेयर दाखिला […]
२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले आज पनि नवलपरासी र बर्दियामा भेला राखेको छ । निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ । […]
२५ साउन, काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला […]
२५ साउन, काठमाडौं । पूर्वनिर्धारित मिति भदौ १६ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने पक्काजस्तै भएपछि कांग्रेस वैधता जोगाउने उपायको खोजीमा जुटेको छ । पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा गर्नुपर्ने र महाधिवेशन हुन नसक्ने विशेष परिस्थितिमा थप ६ महीना म्याद थप्न सकिने व्यवस्था छ । १९ फागुनमा पाँच वर्षे अवधि गुजारेको कांग्रेसले थपिएको ६ […]
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र […]
२५ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेता जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने शंका व्यक्त गरेका छन् । आइतबार राति ट्विट गर्दै भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है […]
कोभिड-१९ को महामारी चल्न थालेको एक वर्ष नाघिसक्यो, महामारी समय-समयमा बढ्ने र भाइरसको नयाँ भेरियन्ट देखा पर्ने गरेकाले अवस्था जटिल हुँदै गइरहेको छ । यथाशीघ्र महामारी नियन्त्रण गरी आर्थिक वृद्धि पुनर्बहाली गर्नु अन्तर्राष्ट्रिय समुदायको पहिलो कर्तवय र विश्वका विभिन्न देशहरूको साझा आकांक्षा हो । महामारीको राजनीतिक सीमा हुँदैन, भाइरसले सम्पूर्ण मानव जातिलाई आक्रमण गरिरहेको छ […]
from समाचार – Online Khabar https://ift.tt/2VupeO1
via IFTTT






















