समाचार
१८ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई ८०० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई उक्त परिमाणको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् । यूएनएफपीएका अनुसार नेपाललाई हस्तान्तरण गरिएको अक्सिजन सिलिण्डर करिब १ करोड १९ लाख (१ […]
१८ साउन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाका विद्यालय सोमबारदेखि खुलेका छन् । नगर शिक्षा समितिको निर्णय अनुसार भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको साउन १५ गते बसेको बैठकले कोरोना संक्रमण घटेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खेल्ने निर्णय गरेको थियो । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि […]
१८ साउन, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए। गतवर्ष रु १२ करोड […]
१८ साउन, सुर्खेत। कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ । प्रदेश सरकारले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई सकस भएको हो । संघीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश सरकारले आफ्नै सङ्गठन संरचना निर्माण गरेको थियो । प्रदेश सरकारले निर्माण गरेको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) मा स्वीकृत दरबन्दीअनुसारका […]
१८ साउन, गलेश्वर । खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गह्रामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गह्रामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ । धानखेतीका लागि […]
१८ साउन, मनाङ । पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई ३० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन् । मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री उनीहरुले राहतस्वरुप उपलब्ध गराएका हुन् । मनाङका चारवटै गाउँपालिकाका लागि उनीहरुले राहत वितरण गरेका छन् […]
१८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । एन्फा केन्द्रीय सदस्य राईले सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।
१८ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो । एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन […]
१८ साउन, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना भन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचार गरेको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिकी अध्यक्ष तथा खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यले मेलम्ची आयोजनाको मुख्य बाँध भन्दा माथिको भौगर्भिक अध्ययन गर्न एडीबीलाई पत्राचार गरेको जानकारी दिए […]
१८ साउन, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाका ३३ शाखा कार्यालयका प्रमुखहरुले सामुहिक राजीनामा दिएका छन् । चालु आर्थिक वर्षमा बढाउनुपर्ने सेवा सुविधा नबढाएको भन्दै शाखा प्रमुखहरुले सोमबार प्रमुख कार्यकारी अधिकृत किरण विष्ट समक्ष सामुहिक राजीनामा दिएका हुन् । गणपति लघुवित्तको ३६ शाखा कार्यालहरु रहेका छन् । ३ वटाबाहेक सबै शाखाका प्रमुखहरुले राजनीामा दिएको कास्कीको […]
१८ साउन, काठमाडौं । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ । यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले […]
१८ साउन, काठमाडौं । असार मसान्तसम्म देशभरका ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज […]
१८ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जान चाहने नागरिकले खोप लगाएको प्रमाणीकरण अब प्रदेश र जिल्लास्तरकै अस्पतालबाट गर्न मिल्ने भएको छ । यसअघि सरकारले खोप लगाएको प्रमाणीकरण काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मात्रै गर्ने व्यवस्था मिलाएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. […]
१८ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियनन लाइफ इन्स्यारेन्स कम्पनीको सेयर खरिदका लागि अर्डरमा बस्न समस्या देखिएको छ । अनलाइनबाट अन्य कम्पनीहरुको किनबेच सहज तरिकाले भए पनि लगानीकर्ताहरुले यी दुई कम्पनीको सेयर अर्डरमा बस्न समस्या झेलिरहेका छन् । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा तोकिएको मूल्यमा अर्डमा बसे पनि […]
१८ साउन, काठमाडौं । गत जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको र ४० जना बेपत्ता भएका छन् । घटनामा ८१ जना घाइते भएका छन् । यो तथ्यांक गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रियसभा बैठकमा प्रस्तुत गरेका हुन् । मन्त्री खाँणका अनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएका छन् […]
१८ साउन, काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै अखिल क्रान्तिकारीले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग […]
१८ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा ५१ वटा स्थानीय तहले समयमै बजेट ल्याउन र सभाबाट पास गर्न सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ मध्ये ५१ वटा स्थानीय तहले १ साउनदेखि नयाँ आर्थिक वर्ष लाग्नु अगावै बजेट पास गर्न नसकेका हुन् । यसमध्ये स्थानीय तहको सभामा बजेट नै […]
१८ साउन, जनकपुरधाम । सिरहा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका-५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंह रहेका छन् । सिंहलाई लहान नगरपालिका-१ बाट लागूऔषधसहित पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । को.२६प १८९ नम्बरको मोटरसाइकलमा सबार सिंहलाई आईतबार राति पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी […]
१८ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसंग माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार निवेदन बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार […]
१८ साउन, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २१ किलो गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान साढे ७ बजे बेवारिसे ट्रकबाट गाँजा बरामद गरेको थियो । मकवानपुरको मनहरीबाट वीरगञ्ज […]
१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् । आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् । उनकाअनुसार चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र […]
from समाचार – Online Khabar https://ift.tt/2TN0KOT
via IFTTT






















