Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विपद्‍मा यसरी काम आउँछन् शहरका पोखरी (भिडियो)

२५ साउन, काठमाडौं । गत शनिबार बिहान बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा भएको आगलागी नियन्त्रण गर्नुपर्‍यो’ भन्दै सिम्रिक एयरमा फोन आयो । उद्योगमा लागेको भीषण आगो वारुणयन्त्रले मात्र नियन्त्रण गर्न नसक्ने देखिएपछि हेलिकप्टर कम्पनीसँग सहयोगको याचना गरिएको थियो । सिम्रिक एयरका कार्यकारी निर्देशक समेत रहेका क्याप्टेन सिद्धार्थजंग गुरुङ आफैं हेलिकप्टर लिएर बालाजुकै माछापोखरीको पानी […]

खोप केन्द्रमा भीडभाड : सरकारको व्यवस्थापकीय कमजोरी

२५ साउन, काठमाडौं । कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकहरुले ५ महिनापछि दोस्रो डोज पाएका छन् । भुटान र जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप नेपाल आएपछि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकले दोस्रो डोज पाएका हुन् । तर खोप लगाउन सहज छैन । अधिकांश खोप केन्द्रहरुमा लामो लाइन लाग्ने गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री […]

बल्ल दोस्रो डोज पाइयो !

२५ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकले सोमबार दोस्रो डोज खोप पाएका छन् । गत फागुन तेस्रो साता कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप दिन शुरु गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । जापान र […]

कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पताल पुगे

२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेता केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रचण्ड सोमबार साँझ थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेका हुन् । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पनि कुरा गरेको अस्पतालले जनाएको छ । माओवादी केन्द्रका युवा नेता केसीलाई घाँटीमा […]

अविश्वास प्रस्तावविरुद्ध लुम्बिनीका एमाले सांसदले दिए सर्वोच्चमा रिट

२५ साउन, बुटवल । लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारुढ दल नेकपा एमालेका सांसद सर्वोच्च अदालत गएका छन् । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्ता पक्षका सांसदहरु रिट लिएर सर्वोच्च गएको पुष्टी गरे । ‘संविधानको धारा १६८(१) अनुसार नियुक्त मुख्यमन्त्रीविरुद्ध दुई बर्षसम्म अविश्वासको […]

जसपाले १६ नेतालाई कार्यकारिणी समितिबाट हटायो, ठाकुरको अध्यक्ष पद गयो

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ […]

दाङमा बाढीले बगाउँदा आमा-छोराको मृत्यु

२५ साउन, दाङ । दाङको ग्वार खोलाले बगाउँदा आमा-छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुवै […]

भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने […]

पौडेल पक्षका जिल्ला सभापति बैठकमा विशेष महाधिवेशनको चर्चा

२५ साउन काठमाडौं । निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ । संविधानले दिएको समयभित्र महाधिवेशन गराउन नेतृत्व असफल भएको दावी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रुष्ट बनेको छ । भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे छलफल गर्न पौडेल पक्षीय जिल्ला […]

लिदी पहिरो पीडितलाई एक वर्षपछि बल्ल अस्थायी टहरा, गुजाराको चिन्ता

२५ साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२, लिदीमा ३० साउन २०७७ मा गएको पहिरोले नेमा छिरिङ दोङको परिवारका तीन सदस्यलाई मात्र लगेन, १५ रोपनी घरखेत पनि सखाप पार्‍यो । श्रीमती धनमाया, छोरा रोनिस र आमा बाङ्जी लामा दोङलाई पहिरोले लगेपछि उनी विक्षिप्त बनेका थिए । न घरखेत बाँकी थियो, न परिवार नै । तर ३० जनाको […]

प्रक्रिया छोट्याएर समयमै महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष

२५ साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भदौ १६–१९ सम्म तोकिएको महाधिवेशन नहुने चर्चाकाबीच पौडेल समूहले प्रक्रिया टुंग्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निर्णय गरेको हो । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय केन्द्रीय समिति बैठकले तोकिएको समयमै नियमित महाधिवेशन […]

कास्कीमा ३२ हजार जेष्ठ नागरिक कोभिशिल्डको दोस्रो डोजको पर्खाइमा 

२५ साउन, पोखरा । पोखरा रानीपौवाका ७० वर्षीय फत्ते बुढाले फागुनको अन्तिममा कोभिशिल्ड खोप लगाएका थिए । उनलाई खोप लगाइदिएका स्वास्थ्यकर्मीले दोस्रो डोज नलगाउँदासम्म खोपले पूरा काम नगर्ने भएकाले नछुटाउन सुझाव दिएका थिए । नातिनीसँग खोप केन्द्रमा दिनभर लाइन लागेर पहिलो मात्रा लगाएका उनले दोस्रो डोज लगाउन पर्खेको ५ महिना पुग्नै आँट्यो । तर, दोस्रो […]

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२५ साउन, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको जोशीपुर गाउँपालिका–२ का २८ वर्षीय युवकको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनको आइतबार राति उपचारका क्रममा मृत्यु भएको हो । प्रादेशिक अस्पतालमा पछिल्लो समय कोरोनाका गम्भीर संक्रमितको संख्या […]

सेती खोच र पाताले छाँगो ठेक्का : लाभ कि महाविपत्तिको पर्खाइ ?

२५ साउन, पोखरा । दुई वर्षअघि सरकारले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण रिसोर्ट लगायतको जग्गा थप २५ वर्षका लागि यती होल्डिङ्सलाई लिजमा दियो । ट्रष्टकै ताहाचलको जग्गा पनि यतीलाई ३० वर्षका लागि सुम्पियो । ऐन नै संशोधन गराएर पनि देशका विभिन्न ठाउँका सरकारी जग्गा सस्तोमा हत्याउन यती समूह सफल छ । यतिबेला पोखरामा व्यापारिक समूहले […]

कञ्चनपुरमा चिनी बोकेको जीपसहित चालक प्रहरी नियन्त्रणमा

२५ साउन, धनगढी । भन्सार छलेर ल्याउँदै गरेको १५ क्वीन्टल चिनीसहित प्रहरीले जीप र चालकलाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गस्थित कृष्णपुर नगरपालिका–५ गुलरियामा पश्चिमतर्फ आउँदै गरेको से १ च २२०० नम्बरको जीप १५ क्वीन्टल अवैध चिनी बोकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले  […]

बडिमालिका पठाइयो सरकारी डोल

२५ साउन, डोटी । जिल्ला सदरमुकाम सिलगढीबाट सोमबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल पठाइएको छ । जनै पुर्णिमाका दिन लाग्ने मेलाका लागि उक्त डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो । सिलगढीमा रहेको रुद्रध्वज गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि […]

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

२५ साउन, काठमाडौं । तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले राजपा समाजवादी पार्टीको एकीकरण प्रक्रिया नै नमिलेकाले जसपा खारेज गर्नुपर्ने माग गर्दै रिट […]

श्रीमतीमाथि एसिड प्रहार गर्ने व्यक्ति अदालतबाट दोषी ठहर

२५ साउन, जनकपुरधाम । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार संजीवलाई एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिइएको छ । आरतीमाथि एसिड प्रहार गरेकै दिन […]

लोकसेवा आयोगको परीक्षा नरोकिने

२५ साउन, काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले […]

लुम्बिनीमा माओवादी र कांग्रेसबीच ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति

२५ साउन,बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेका विपक्षी गठवन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको छ । विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । तर मुख्यमन्त्रीले विश्वासको मत पाउने […]

सरकारले सोधेको स्पष्टीकरण राजनीतिक, जवाफ दिन्नँ :  गुरु भट्टराई

२५ साउन, काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारलाई स्पष्टीकरण नदिने भएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराईले सरकारले राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले त्यसको समाधान राजनीतिक रुपमै खोजिने बताएका छन् । भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै गत १९ साउनको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा सरकाले […]



from समाचार – Online Khabar https://ift.tt/3s6bJzW
via IFTTT
Powered by Blogger.