Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एटीएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ

१७ साउन, दाङ । घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटीएम मेसिन तोडफोडमा संलग्न दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनीहरूले यही […]

सुनचाँदी खरिद-बिक्रीमा अब डिजिटल भुक्तानी

काठमाडौं । सुन चाँदी खरिद तथा बिक्रीमा अबदेखि डिजिटल प्रणालीमा आधारित भुक्तानी गर्न सकिने भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालवीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएपछि डिजिटल भुक्तानी सम्भव भएको हो । आइतबार महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् […]

खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा बालिकाको मृत्यु

१७ साउन, साउन । खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो । सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राभेल सडकमा परेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप […]

दार्चुला घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

१७ साउन, काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुलामा नेपाली युवा जयसिंह धामी तर्दै गर्दा भारतीय प्रहरीले तुइनको डोरी काटिदिएको घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको निर्णय सुनाउदै समिति सभापति पबित्रा निरौला खरेलले भनिन्, ‘दर्चुलामा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइनको डोरि काटिदिएको भन्ने आएको छ यसबाट तत्काल छानबिन गर्न समिति संबंधित […]

ए डिभिजन लिग कात्तिक २९ देखि, विजेताले ७५ लाख पाउने

१७ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको झण्डै दुई महिना पछि सरेको छ । यसअघि असोज ३ देखि हुने तय भएको प्रतियोगिता अब कात्तिक २९ अर्थात नोभेम्बर १५ देखि हुने भएको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरुबीच भएको छलफलले प्रतियोगिता पछाडि सार्ने निर्णय गरेको हो । आउँदो अक्टोबरमा साफ च्याम्पियनसिप […]

थप २,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु

१७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त […]

पब्जीले बिगार्दैछ कि सम्भावनाको नयाँ संसार देखाउँदैछ ?

उहिलै म सानै छँदा गाउँमा कसैकोमा टिभी थिएन तर हाम्रोमा थियो । गाउँभरिका केटाकेटी हाम्रोमा टिभी हेर्न आउँथे । टिभी हेर्न आउने केटाकेटीहरू टिभीमा जत्तिकै मूलढोकामा नजर राख्थे । कारण हुन्थ्यो, केहीबेरमा नै तिनका बा–आमा आफ्ना केटाकेटीहरूलाई खोज्दै हाम्रै घरमा आइपुग्ने सम्भावना ज्यादा हुन्थ्यो । बाआमा मूल दैलोबाट भित्र छिर्नेबित्तिकै केही जुक्ति लाएर केटाकेटीहरू फुत्किन्थे […]

बाढीले क्षतिग्रस्त पुल र सडक तत्काल निर्माण गर्न विकास समितिको निर्देशन

१७ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले यसै वर्षको बाढीले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट-दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाएर यथाशीघ्र […]

एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम सहभागी

१७ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । यसअघिका केही बैठकमा गौतम अनुपस्थित थिए । यो बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण लगायत एजेण्डा रहेको […]

भाषा परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन निर्देशन

१७ साउन, काठमाडौं । संसदीय समितिले कोरियाली भाषा परीक्षा पास गरेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक […]

‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने सरकारको तयारी

१७ साउन, काठमाडौं । सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी छ । जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको […]

कर्णाली डुंगा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

१७ साउन, सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ, तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए । ‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास्थलदेखि तीन सय मिटर तल […]

वर्षेनी बढ्दै प्राकृतिक विपत्तिका घटना  

१७ साउन, काठमाडौं । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्यांक हेर्दा २०७२ सालसम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकोमा पछिल्ला केही वर्ष (२०७५–२०७७)मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए । बाढीका कारण हुने मानवीय क्षति घटे पनि […]

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

१७ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘… नेपाली सेनाका […]

झिनो अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब माथिको कारोबार

१७ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव ०५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले बढेको छ । कारोबार रकम भने १२ अर्ब रुपैयाँ नाघेको […]

सरकारलाई माओवादी केन्द्रको आग्रह : भारतसँग गम्भीर आपत्ति जनाऊ

१७ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ । माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सँगै भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको […]

पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु

१७ साउन, काठमाडौं । पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो । आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार […]

वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप

१७ साउन, काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र  कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए । झडपमा ४ जना घाइते भएका छन् । सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई […]

साउन ३० भित्र वडा कमिटी बनाउन माओवादीको निर्देशन

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । साथै ३० साउनभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले […]

बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले लगाए कोरोना खोप

१७ साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अंकित पौडेलले जानकारी दिए । नगरबासीमध्ये कोभिशिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् । यसैगरी जोन्सन एण्ड […]

१३ वर्षीया छोरी करणी गरेको अभियोगमा बाबु पक्राउ

१७ साउन, अर्घाखाँची । १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]



from समाचार – Online Khabar https://ift.tt/3fjoEsN
via IFTTT
Powered by Blogger.