समाचार
१७ साउन, काठमाडौं । पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो । आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार […]
१७ साउन, काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए । झडपमा ४ जना घाइते भएका छन् । सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई […]
१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । साथै ३० साउनभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले […]
१७ साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अंकित पौडेलले जानकारी दिए । नगरबासीमध्ये कोभिशिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् । यसैगरी जोन्सन एण्ड […]
१७ साउन, अर्घाखाँची । १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]
१७ साउन, काठमाडौं । म्याद गुज्रिएको कस्मेटिक सामाग्रीमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको सूचनाका आधारमा प्रहरीले सानो भर्याङस्थित एक गोदाममा छापा हानेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले विशेष सूचनाका आधारमा कस्मेटिक सामानको गोदाममा छापा हानेको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए । ‘भ्यालिस्न, रुम स्प्रे, विभिन्न क्रिम लगायतका सामग्रीमा नयाँ लेबलिङ गरेर […]
१७ साउन, राँझा । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुने क्रम बढ्दो छ । साथै राजमार्गको दुवैतर्फ अवरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाको जोखिममा पर्ने गरेका […]
१६ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा देखिएको सेयर खरिद विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान शुरु गरेको छ । बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको अनुमति दिएवापत ‘गोल्डेन सेयर’ लिएको आरोप लागेपछि अख्तियारले यस विषयमा अनुसन्धान शुरु गरेको हो । नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ […]
१७ साउन, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ । साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको हो । आइतबार बिहान बसेको माओवादी स्थायी कमिटीको बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बाँके, १७ साउन। भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको […]
१७ साउन, काठमाडौं । ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी धनुषाको मिथिला नगरपालिकाका २१ वर्षीय विकल […]
१७ साउन, काठमाडौं । सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ । अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न […]
१७ साउन, मनाङ । सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ । पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी […]
१७ साउन, गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदुर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने […]
१७ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो । नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ […]
१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा पछिल्लो पटक आएको बाढीबारे अध्ययन गर्न विज्ञहरुको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘अध्ययनका लागि विज्ञहरुको टोली सिन्धुपाल्चोक जाने अप्रुभ भइसक्यो । टोली आजै त्यसतर्फ प्रस्थान […]
१७ साउन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय […]
१७ साउन, काठमाडौं । सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो । यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै […]
१७ साउन, काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ । गाईघाट-फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक […]
‘लाल-बुझक्कड’ प्रामाणिक पात्र हैनन् । ‘लाल-बुझक्कड’ का कविता र कथाहरू कसरी, कहाँबाट, कहिले बने, प्रष्ट छैन । तर जनश्रुतिमा भने उनी प्रामाणिक राजा-महाराजा, सन्त, कवि र कथाकार भन्दा कम लोकपि्रय र स्थापित छैनन् । भनिन्छ लाल-बुझक्कड प्राचीन भारत वर्षको कुनै गाउँका प्रधानपञ्च थिए । आम जनसमुदाय अनपढ र अशिक्षित भएको समय थियो, त्यो । जनता […]
१७ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनमा रहेका विद्यार्थीहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आइतबार आज विश्वविद्यालयका सम्पूर्ण सवारी साधान अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक […]
from समाचार – Online Khabar https://ift.tt/3xhBjmf
via IFTTT