Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयले बनायो समिति

१७ साउन, काठमाडौं । गृह मन्त्रालयले दार्चुलमा तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र […]

कांग्रेस संसदको ढिपी : म संयोजक, कार्यकाल १८ महिना !

१७ साउन, काठमाडौं । संसदीय समितिहरुले कुनै पनि विषयमा अध्ययन गर्न उपसमिति बनाउनु सामान्य हो । समितिमा छलफलमा आएका र क्षेत्रधिकारभित्र पर्ने कुनै विषयमा अध्ययन गर्नुपर्ने भयो भने उपसमितिहरु बनाउने परम्परा छ । आइतबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा भने फरक दृश्य देखियो । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले उपसमिति बनाउन मात्र माग राखेनन्, नाम, […]

बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव

१७ साउन, काठमाडौं । बाढी प्रभावित मेलम्ची क्षेत्रमा पुगेका विज्ञहरुको टोलीले नदी आसपासको क्षेत्र मानववस्तीका लागि अयोग्य भएको निश्कर्ष निकालेका छन् । यद्यपि स्रोतसम्म नपुगेकाले हेलम्बु गाउँपालिकाका साथै मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याउने गरी मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता नलागेको बताएको छ । १ असारको राति बढी आएको मेलम्ची नदीमा आइतबार फेरि लेदोसहितको बाढी […]

एमाले एकताको ब्रिफिङसँगै वडातिर फर्कँदै माओवादी केन्द्र

१७ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह नेकपा एमालेतिर जाने विश्लेषण सुनाएको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेपाल समूह सरकारमा नआउने र एमालेतिर जाने विश्लेषण सुनाए । बैठकले […]

प्रकाशमानसँग गोपालमानको प्रस्ताव : नेतापुत्रको समूहमा मलाई पनि थप्नुस्

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले तीन ‘नेतापुत्र’को समूहमा आफूलाई पनि समेट्न प्रस्ताव गरेका छन् । आसन्न १४ औं महाधिवेशनमा नेतृत्वका आकांक्षी श्रेष्ठले पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग तीन नेता पुत्रको समूहमा आफूलाई पनि समेट्न आग्रह गरेका हुन् । आइतबार नेता सिंहसँगको भेटमा पूर्व उपसभापति समेत रहेका श्रेष्ठले भने, ‘तपाईंहरु तीन जना नेताहरुमा एक […]

वीरगञ्जको भवानी अस्पतालमा तोडफोड, चिकित्सक र नर्समाथि आक्रमण

१७ साउन, वीरगञ्ज । जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ । मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड पनि फालिदिएका छन् । प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र […]

नजिकिंदै अमेरिका र भारत : नेपाललाई कस्तो प्रभाव पर्ला ?

१७ साउन, काठमाडौं । जुलाई २७–२८ मा भारत भ्रमण गरेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गरे । भेटघाट दुईपक्षीय विषयसँगै अफगानिस्तानको पछिल्लो अवस्था, क्षेत्रीय विषय र साझा सुरक्षा लगायतका विषयमा केन्द्रित थियो । कोरोना महामारीकै बीच केही महीनायता […]

नासपातीले राम्रो बजार पाएपछि डोटीका किसान खुशी

साउन १७, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ की बिन्दु खड्का खुशी देखिन्छिन् । बारीमा लटरम्म फलेको नासपाती बिक्री हुने भएपछि उनी बोरामा भन्दै सडकमा ओसार्दै छिन् । ‘१०/१२ रुख नासपाती छन्, लटरम्मै फलेका छन्,’ उनी भन्छिन्, ‘विगतका वर्षहरुमा आफूले खाने, आफन्तलाई दिने गर्थ्यौं, कति त रुखमै बाँदरले खान्थ्यो ।’ यसपाली नासपाती बेचिने भएपछि उनले टिपेर […]

ओलीले भने : दमन शुरु भइसक्यो, मान्छेहरु निष्कासन हुन थालिसके

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन शुरु भएको बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो देशमा विकास र सुशासनका लागि कम्युनिष्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताए । ‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । […]

कम्युनिष्ट कलहको दुष्चक्रमा देश, नागरिक एजेन्डा अलपत्र 

१७ साउन, काठमाडौं । राजनीतिक दल र नेताहरू छिटोछिटो बैठक बसिरहेका छन् । विभिन्न तह र स्तरमा बैठकदेखि बैठकसम्म चलिरहेका हुन्छन् । बैठकको ‘तारेख’ धान्ने दौडमा रहेका नेताहरु सधैं हतारमा देखिन्छन् । एकपछि अर्को बैठकमा दलका नेतृत्व अत्यधिक व्यस्त हुन्छन् । तर यसरी दिनदिनै बस्ने बैठकका एजेन्डा र कार्यसूचीमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने एजेन्डाहरु नगन्य […]

जिल्ला र उच्च अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने

१७ साउन, काठमाडौं । जिल्ला र उच्च अदालतमा आगामी मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने भएको छ । न्यायालयमा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको सुझाव अनुसार जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न पत्राचार गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश […]

नागरिक उडड्यनको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ७ सदस्यीय उपसमिति गठन

१७ साउन काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उडड्यनको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायको सम्बन्धमा अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आइतबार बसेको बैठकले दिव्यमणि राजभण्डारीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो । नागरिक उडड्यन सम्बन्धी समस्या र समाधान उपसमिति नाम दिइएको उक्त उपसमितिलाई नागरिक उडड्यन […]

कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा : गृहमन्त्री खाँण

१७ साउन काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकार आवश्यक तयारीमा जुटिसकेको बताए । आइतबार गृहमन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै गृहमन्त्री खाँणले कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेको उल्लेख गर्दै भने, ‘त्यसका लागि सरकारका सबै निकायबीच सहकार्य […]

बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित

१७ साउन, काठमाडौं। यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब […]

एकता वार्ता चलिरहँदा एमालेमा महाधिवेशनको प्रस्ताव

१७ साउन, काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ । आइतबार तुलसीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकले भदौ २७-२८ मा विधान अधिवेशनको निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । बैठकले ३ […]

ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीयसहित तीनजना पक्राउ

१७ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भइ हाल काठमाडौं चाबहिल बस्‍दै आएका ३१ वर्षीय सौरभ कुमार, पिपरा गाउँपालिका-३ महोत्तरी घर भइ काठमाडौं चाबहिल बस्‍दै आएका ४० वर्षीय डा. रावेत रञ्‍जन कुमार ठाकुर र बैतेश्वर गाउपालिका-६ स्थायी […]

भारतबाट आएको हात्तीले धानबाली नष्ट

१७ साउन, झापा । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्‍याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका-४ का शंकर लुइँटेलले बताए । उनका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीयवासी सन्तोष न्यौपाने र […]

चीनले कोरोना खोप सहकार्यबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, नेपाललाई पनि निम्तो

१७ साउन, काठमाडौं । चीनले कोरोनाविरुद्धको खोप सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आगामी अगष्ट ५ मा चीनले कोरोना भाइरस खोपसम्बन्धी अन्तर्राष्ट्रिय फोरमको पहिलो बैठक गर्ने भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको पहलमा हुन लागेको उक्त सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरिएको छ । भर्चुअल माध्यममा हुने सम्मेलनको विषयवस्तु ‘कोरोना खोपमा अन्तर्राष्ट्रिय सहकार्य […]

मेलम्चीका बाढीपीडित फेरि विस्थापित

१७ साउन, सिन्धुपाल्चोक । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । हेलम्बु-१ का आशा लामाले भने, ‘बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ […]

लुम्बिनीका तत्कालीन प्रदेश सांसदको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

१७ साउन, काठमाडौं । सर्वोच्च अदालतले दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले निष्कासन गरेपछि प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका थिए । आफूहरुले दल त्याग नगरेको भन्दै उनीहरुले नेकपा माओवादी केन्द्र, निर्वाचन आयोग, लुम्बिनी प्रदेशसभा […]

अफगानिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो, दर्जनौं बेपत्ता

१७ साउन, काठमाडौं । अफगानिस्तानमा गत साता आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । बाढीमा परी अझै दर्जनौं मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानको ट्रोल्ड प्रान्तस्थित कामदेश जिल्लामा गत बुधबार आएको बाढीमा परी हराएकाहरुको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । अफगानिस्तानको नेशनल डिजास्टर म्यानेजमेन्ट […]



from समाचार – Online Khabar https://ift.tt/3C4Ewt6
via IFTTT
Powered by Blogger.