समाचार
१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा पछिल्लो पटक आएको बाढीबारे अध्ययन गर्न विज्ञहरुको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अधिकारीहरुको टोली सिन्धुपाल्चोक जान लागेको हो । केन्द्रका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘अध्ययनका लागि विज्ञहरुको टोली सिन्धुपाल्चोक जाने अप्रुभ भइसक्यो । टोली आजै त्यसतर्फ प्रस्थान […]
१७ साउन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय […]
१७ साउन, काठमाडौं । सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो । यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै […]
१७ साउन, काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ । गाईघाट-फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक […]
१७ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनमा रहेका विद्यार्थीहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आइतबार आज विश्वविद्यालयका सम्पूर्ण सवारी साधान अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक […]
१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो । गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले […]
१७ साउन, काठमाडौं । पछिल्लो साता सेयर बजारमा ‘चमक’ देखिएको छ । साताको एक दिन झिनो अंकले सेयर कारोबार मापनमा नेप्से परिसूचक घटे पनिअधिकांश दिन बढ्यो । पछिल्लो २ सातायता नेप्से परिसूचक बढेर सेयर बजारमा पटक-पटक नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार नै नेप्से परिसूचक तीन हजार ५९ अंकमा पुगेर उच्च […]
१७ साउन, काठमाडौं । पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर कमिटी चयन भइसक्थ्यो भने केन्द्रीय महाधिवेशनको गर्मागमी चलिरहेको हुन्थ्यो । तर कांग्रेस क्रियाशील विवादमै अल्झिएको छ । छानविनका लागि छुट्टै समिति बनाएर काम गर्दा पनि १३ वटा निर्वाचन क्षेत्रको विवाद अझै टुंगिएको छैन । […]
१७ साउन, गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा-मालढुङ्गा र मालढुङ्गा- बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी […]
१७ साउन, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको […]
१७ साउन, काठमाडौं । अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो । आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । […]
१७ साउन, सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले शनिबार भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन् । गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश […]
१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा […]
१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को […]
१६ साउन, काठमाडौं । शनिबार सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका दोस्रो तहका नेताहरुको निष्कर्ष छ, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि वरिष्ठ नेता माधवकुमार नेपालको अविश्वास कायमै छ । पार्टीमा एकताका लागि २७ असारमा १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलमा सहभागी अधिकांश नेताहरु सहभागी बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग भएको छलफलबारे […]
१६ साउन, काठमाडौं । बारबरा फाउण्डेसनले विभिन्न संस्था र व्यक्तिलाई कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरेको छ । शनिबार काठमाडौंकाे राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा विभिन्न संस्था र व्यक्तिलाई सम्मान प्रदान गरियाे । फाउण्डेसनकै कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले कोभिड–१९ विशिष्ट सम्मानका लागि एक करोड रुपैयाँ उपलब्ध गराएका थिए । सोही रकमबाट […]
१६ साउन, धनगढी । शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको बताउँछन् । पढ्नुहोस् उनको भनाइ जस्ताको तस्तै : महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो […]
१६ साउन, झापा । झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न […]
१६ साउन, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताले गर्ने अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पु¥याउने उद्देश्यले समझदारी भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ । समझदारी पत्रअनुसार […]
‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे । उनले टाउको निहुर्याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’ मनमा डर, लाज र ग्लानि एकमुष्ट भरियो । उनलाई नाच्न त खुब रहर लागेको थियो तर नाच्ने कसरी ? न ज्यानले भाका टिप्छ, न लय समात्छ । कहिल्यै नाचेको भए […]
१६ साउन, दाङ । रुकुमपूर्वको महत आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो । दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत । थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य […]
from समाचार – Online Khabar https://ift.tt/3xjOkfb
via IFTTT