Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

१८ साउन, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार […]

चोरी भएको छिन्नमस्ता देवीको मुकुट भेटियो

१८ साउन, सप्तरी । मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् । आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । उनका अनुसार मुकुट बोकेका […]

नेपालको अन्तर्राष्ट्रिय व्यापार : यस्ता छन् प्रमुख १० आयात-निर्यातका वस्तु

१८ साउन, काठमाडौं । नेपालमा वाषिर्क ३० हजार मेट्रिकटन हाराहारी मात्रै उत्पादन हुने भटमासको तेल नेपालको प्रमुख निर्यातक वस्तु बनेको छ । नेपाली ब्यापारीले ब्राजिल, बंगलादेश र क्यानडा लगायत मुलुकबाट आयात गरेर साफ्टा सुबिधा अन्तर्गत भारतमा निर्यात बढाएपछि स्वदेशमा उत्पादन नभए पनि भटमासको तेल नेपालको एक नम्बर निर्यात वस्तु बनेको हो । आर्थिक वर्ष ०७६/७७ […]

मकवानपुरमा विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

१८ साउन, बागमती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ । वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल […]

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । शर्माले […]

एन्फाका सहायक महासचिव वसन्त अर्यालले पनि छाडे पद

१८ साउन, काठमाडौं । पछिल्लो समय नेपाली फुटबल अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादका कारण तातिएको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा प्रकरण अनl प्रशिक्षक र एन्फा उपाध्यक्ष पंकज नेम्वाङको विवादले अहिले फुटबल माहोल तातिएको छ । यसै सन्दर्भमा एन्फाका सहायक महासचिव ववसन्तराज अर्यालले पदबाट अलग हुने निर्णय गरेका छन् । अर्यालले आइतबार […]

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

१८ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ […]

दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयले बनायो समिति

१७ साउन, काठमाडौं । गृह मन्त्रालयले दार्चुलमा तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र […]

अस्पतालमा बढ्न थाले बिरामी, दोस्रो लहर उत्कर्षकै झल्को

१७ साउन, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ । अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै […]

कांग्रेस सांसदको ढिपी : म संयोजक, कार्यकाल १८ महिना !

१७ साउन, काठमाडौं । संसदीय समितिहरुले कुनै पनि विषयमा अध्ययन गर्न उपसमिति बनाउनु सामान्य हो । समितिमा छलफलमा आएका र क्षेत्रधिकारभित्र पर्ने कुनै विषयमा अध्ययन गर्नुपर्ने भयो भने उपसमितिहरु बनाउने परम्परा छ । आइतबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा भने फरक दृश्य देखियो । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले उपसमिति बनाउन मात्र माग राखेनन्, नाम, […]

देशभरका अस्पतालहरूमा अक्सिजनको हिसाबकिताब

घटना–१ : २८ वैशाख २०७८ मा राति अक्सिजन अभाव हुँदा रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भयो । सिलिण्डरमा भरेर ल्याइने अक्सिजन समयमा नआइपुग्दा आकस्मिक कक्ष र एचडीयूमा उपचाररत विरामीले ज्यान गुमाएका थिए । त्यही अस्पतालमा २९ गते थप ७ जनाले आक्सिजन अभावमै ज्यान गुमाए । घटना–२ : ३० वैशाखमा […]

बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव

१७ साउन, काठमाडौं । बाढी प्रभावित मेलम्ची क्षेत्रमा पुगेका विज्ञहरुको टोलीले नदी आसपासको क्षेत्र मानववस्तीका लागि अयोग्य भएको निश्कर्ष निकालेका छन् । यद्यपि स्रोतसम्म नपुगेकाले हेलम्बु गाउँपालिकाका साथै मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याउने गरी मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता नलागेको बताएको छ । १ असारको राति बढी आएको मेलम्ची नदीमा आइतबार फेरि लेदोसहितको बाढी […]

एमाले एकताको ब्रिफिङसँगै वडातिर फर्कँदै माओवादी केन्द्र

१७ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह नेकपा एमालेतिर जाने विश्लेषण सुनाएको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेपाल समूह सरकारमा नआउने र एमालेतिर जाने विश्लेषण सुनाए । बैठकले […]

प्रकाशमानसँग गोपालमानको प्रस्ताव : नेतापुत्रको समूहमा मलाई पनि थप्नुस्

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले तीन ‘नेतापुत्र’को समूहमा आफूलाई पनि समेट्न प्रस्ताव गरेका छन् । आसन्न १४ औं महाधिवेशनमा नेतृत्वका आकांक्षी श्रेष्ठले पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग तीन नेता पुत्रको समूहमा आफूलाई पनि समेट्न आग्रह गरेका हुन् । आइतबार नेता सिंहसँगको भेटमा पूर्व उपसभापति समेत रहेका श्रेष्ठले भने, ‘तपाईंहरु तीन जना नेताहरुमा एक […]

१० बुँदेले नसमेट्ने माधव नेपालका ५ प्रश्न

१७ साउन, काठमाडौं । शनिबार अखिल फोर्स घोषणा गरिरहँदा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालभन्दा युवा नेतृ रामकुमारी झाँक्री चर्को सुनिइन् । पार्टी एकताको आधार भनेर तयार पारिएको दशबुँदेमा अपूर्णता औंल्याउँदै उनले केही प्रश्न उठाएकी छन् । ‘कम्युनिष्ट आन्दोलन धरासायी किन भयो ? पुस ५ प्रतिगमन हो कि होइन ? यस्ता प्रश्नहरुमा साझा धारणा नबनी […]

वीरगञ्जको भवानी अस्पतालमा तोडफोड, चिकित्सक र नर्समाथि आक्रमण

१७ साउन, वीरगञ्ज । जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ । मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड पनि फालिदिएका छन् । प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र […]

नजिकिंदै अमेरिका र भारत : नेपाललाई कस्तो प्रभाव पर्ला ?

१७ साउन, काठमाडौं । जुलाई २७–२८ मा भारत भ्रमण गरेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गरे । भेटघाट दुईपक्षीय विषयसँगै अफगानिस्तानको पछिल्लो अवस्था, क्षेत्रीय विषय र साझा सुरक्षा लगायतका विषयमा केन्द्रित थियो । कोरोना महामारीकै बीच केही महीनायता […]

नासपातीले राम्रो बजार पाएपछि डोटीका किसान खुशी

साउन १७, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ की बिन्दु खड्का खुशी देखिन्छिन् । बारीमा लटरम्म फलेको नासपाती बिक्री हुने भएपछि उनी बोरामा भन्दै सडकमा ओसार्दै छिन् । ‘१०/१२ रुख नासपाती छन्, लटरम्मै फलेका छन्,’ उनी भन्छिन्, ‘विगतका वर्षहरुमा आफूले खाने, आफन्तलाई दिने गर्थ्यौं, कति त रुखमै बाँदरले खान्थ्यो ।’ यसपाली नासपाती बेचिने भएपछि उनले टिपेर […]

ओलीले भने : दमन शुरु भइसक्यो, मान्छेहरु निष्कासन हुन थालिसके

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन शुरु भएको बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो देशमा विकास र सुशासनका लागि कम्युनिष्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताए । ‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । […]

कम्युनिष्ट कलहको दुष्चक्रमा देश, नागरिक एजेन्डा अलपत्र 

१७ साउन, काठमाडौं । राजनीतिक दल र नेताहरू छिटोछिटो बैठक बसिरहेका छन् । विभिन्न तह र स्तरमा बैठकदेखि बैठकसम्म चलिरहेका हुन्छन् । बैठकको ‘तारेख’ धान्ने दौडमा रहेका नेताहरु सधैं हतारमा देखिन्छन् । एकपछि अर्को बैठकमा दलका नेतृत्व अत्यधिक व्यस्त हुन्छन् । तर यसरी दिनदिनै बस्ने बैठकका एजेन्डा र कार्यसूचीमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने एजेन्डाहरु नगन्य […]

जिल्ला र उच्च अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने

१७ साउन, काठमाडौं । जिल्ला र उच्च अदालतमा आगामी मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने भएको छ । न्यायालयमा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको सुझाव अनुसार जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न पत्राचार गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले साउन १४ गते प्रधानन्यायाधीश […]



from समाचार – Online Khabar https://ift.tt/3jdJ1c1
via IFTTT
Powered by Blogger.